प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १०/१५ पृ. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • के म भाइसित ऋण मागूँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • दिनेबारे बाइबलले के सिकाउँछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • साथीहरूबीच लेनदेन
    ब्यूँझनुहोस्‌!—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १०/१५ पृ. २९

पाठकहरूका प्रश्‍नहरू

“फेरि केहीको आशा नगरेर ऋण देऊ” भनेर येशूले आफ्ना अनुयायीहरूलाई निर्देशन दिनुहुँदा के उहाँले साँवा पनि फिर्ता माग्नु हुँदैन भन्‍न खोजिरहनुभएको थियो?

मोशालाई दिइएको व्यवस्थालाई ध्यानमा राख्दा लूका ६:३५ मा उल्लिखित येशूका शब्दहरू राम्रोसँग बुझ्न सकिन्छ। मोशालाई दिइएको व्यवस्थामा आर्थिक रूपमा दरिद्र तथा मदतको खाँचो परेका सँगी इस्राएलीहरूलाई ब्याज नलिईकन ऋण दिनू भनेर परमेश्‍वरले इस्राएलीहरूलाई आज्ञा दिनुभएको थियो। (प्रस्थान २२:२५; लेवी २५:३५-३७; मत्ती ५:४२) ती ऋणहरू आर्थिक मुनाफा कमाउन वा व्यापारिक कारोबारका लागि थिएनन्‌। बरु, यस किसिमको ब्याज नलिईकन दिइने ऋणहरू गरिबी अथवा दुःखदायी अवस्थालाई राहत प्रदान गर्न दिइन्थ्यो। आखिर, छिमेकीको नाजुक आर्थिक अवस्थाबाट फाइदा उठाउन खोज्नु असाध्यै निर्दयी काम हुने थियो। यद्यपि, ऋण दिने व्यक्‍तिले साँवाचाहिं फिर्ता लिन पाउँथे र कहिलेकाहीं तिनले केही कुरा बन्धकी (धितो) लिन्थे।—व्यवस्था १५:७, ८.

मदत गर्ने व्यक्‍तिले “बदलामा केही कुराको आशा” गर्नु हुँदैन भनेर व्यवस्थाको समर्थन गर्दै येशूले त्यस नियमलाई अझ विस्तृत तवरमा लागू गर्नुभयो। इस्राएलीहरूले जस्तै कहिलेकाहीं मसीहीहरूले पनि आर्थिक कठिनाइ अथवा अन्य परिस्थितिहरू भोग्छन्‌, जसले उनीहरूलाई दरिद्र र निस्सहायसमेत बनाउन सक्छ। यस्तो नाजुक अवस्थामा भएका मसीही भाइले आर्थिक सहयोग माग्दा तिनलाई सहयोग गर्नु के दयालु कार्य हुनेछैन र? निस्सन्देह, आफ्नो नियन्त्रणबाहिरको परिस्थितिले गर्दा गम्भीर आर्थिक कठिनाइमा परेका भाइलाई मदत गर्न साँचो प्रेमले सँगी मसीहीलाई उत्प्रेरित गर्नेछ। (हितोपदेश ३:२७) कसैले ऋण स्वरूप दिने रकमभन्दा कम नै किन नहोस्‌, यस्तो खाँचोमा परेका भाइलाई उपहार दिनु सम्भव हुन सक्छ।—भजन ३७:२१.

सा.यु. प्रथम शताब्दीमा, अनिकाल परेको कारण यहूदियामा बस्ने भाइहरूको निम्ति एसिया माइनरका मसीहीहरूबाट अनुदान लिएर जान प्रेरित पावल र बर्णाबासलाई आदेश दिइयो। (प्रेरित ११:२८-३०) त्यस्तै गरी आज, विपत्तिहरू आइपर्दा मसीहीहरूले खाँचोमा परेका आफ्ना भाइहरूलाई अक्सर उपहारहरू पठाउँछन्‌। यसो गरेर उनीहरू अरूलाई असल साक्षी पनि दिन्छन्‌। (मत्ती ५:१६) हुन त हो, मदत खोजिरहेका व्यक्‍तिको मनोवृत्ति र अवस्थालाई विचार गर्नुपर्छ। तिनी किन खाँचोमा परेका छन्‌? पावलका शब्दहरू उल्लेखनीय छन्‌: “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्‌।”—२ थिस्सलोनिकी ३:१०.

यदि ऋण माग्ने भाइ त्यति साह्रो खाँचोमा परेका छैनन्‌ तर आर्थिक समस्या आइपरेकोले गर्दा केही समयको लागि मात्र आर्थिक सहयोग चाहन्छन्‌ भने, ब्याज नलिईकन तिनलाई ऋण दिनु उपयुक्‍त हुन सक्छ। यस्तो परिस्थितिमा सबै साँवा फिर्ता पाउने उद्देश्‍यसहित ऋण दिनु लूका ६:३५ मा येशूले भन्‍नुभएका कुराहरूको विपरीत हुनेछैन। सम्झौता गरिएको कुरालाई लिखित रूपमा राख्नुपर्छ र ऋण लिने व्यक्‍तिले सहमत भएका सर्तहरूअनुसारै ऋण तिर्ने सक्दो प्रयास गर्नुपर्छ। साँच्चै, जसरी प्रेमले ऋण दिने व्यक्‍तिलाई ऋण दिन उत्प्रेरित गऱ्‍यो, त्यस्तै गरी मसीही प्रेमले ऋण लिने व्यक्‍तिलाई पनि ऋण तिर्न प्रेरित गर्नुपर्छ।

ऋण दिने (अथवा उपहार दिने) विचार गरिरहेका व्यक्‍तिले आफ्नै परिवारको अवस्थालाई पनि विचार गर्नु आवश्‍यक छ। उदाहरणका लागि, आफ्नो परिवारका सदस्यहरूको आवश्‍यकताको हेरचाह गर्ने धर्मशास्त्रीय प्राथमिकता पूरा गर्ने सम्बन्धमा के तिनले बेवास्ता गर्नेछन्‌? (२ कोरिन्थी ८:१२; १ तिमोथी ५:८) जे होस्‌, बाइबल सिद्धान्तहरूसित मेल खाने व्यावहारिक तरिकाहरूमा प्रेम व्यक्‍त गर्दै मसीहीहरूले एक-अर्कालाई प्रेम देखाउने मौका खोज्छन्‌।—याकूब १:२७; १ यूहन्‍ना ३:१८; ४:७-११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने