प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १२/१ पृ. ३-४
  • मानिसलाई चिनाउने एउटा गुण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसलाई चिनाउने एउटा गुण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नीतिनियम भन्‍नाले के बुझिन्छ?
  • सही र गलत तपाईंले कसरी निर्णय गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • नैतिकता—तपाईं कहाँ पाउन सक्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • ७ नैतिक स्तरहरूबारे सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १२/१ पृ. ३-४

मानिसलाई चिनाउने एउटा गुण

जडीको सरसम्पत्ति किनबेच गर्ने व्यवसाय छ। तिनले एउटी महिलालाई उनकी मृतक दिदीका घरायसी सरसामानहरू छुट्याएर बेच्न मदत गरिरहेका छन्‌। आगो बाल्ने पुरानो ठाउँ वरिपरि हेर्दै जाँदा तिनले दुईवटा पुराना बाकस भेट्टाउँछन्‌। बाकस खोलेर भित्र हेर्दा त तिनी छक्कै पर्छन्‌। एक सय अमेरिकी डलर नोटका बिटाहरू एल्मुनियम फोइलमा बेरेर राखिएका रहेछन्‌—अर्थात्‌ जम्मा-जम्मी ८२,००० अमेरिकी डलर बराबरको रकम! कोठामा जडी मात्रै छन्‌। अब के गर्ने? चुपो लागेर त्यो बाकस लिने वा आफूले पैसा पाएको कुरा उक्‍त महिलालाई बताउने?

जडीले महसुस गरेको त्यो दुबिधाले पशु र मानिसबीचको एउटा भिन्‍नतालाई प्रस्ट पार्छ। द वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ: “हामीले के गर्नुहुन्छ, के गर्नु हुँदैन भनेर विचारणीय प्रश्‍नहरू सोध्नु मानिससित भएको एउटा विशेष गुण हो।” टेबुलमा मासुको टुक्रा भेट्टाउने भोकाएको कुकुरले मासुको टुक्रा खानुहुन्छ कि हुँदैन भनेर सोच्दा पनि सोच्दैन। तर जडीसित त आफूले गरेको निर्णयको नैतिकताबारे विचार गर्ने क्षमता छ। उक्‍त पैसा राखेको खण्डमा तिनले चोरी गरेसरह हुने भए तापनि तिनी पक्राउ पर्न सक्ने सम्भावना एकदमै कम छ। त्यो पैसा तिनको होइन; यद्यपि, त्यस पैसाबारे उक्‍त महिलालाई अत्तोपत्तो छैन। त्यति मात्र होइन, जडीले उक्‍त पैसा ती महिलालाई बुझाएको खण्डमा जडीको समुदायका अधिकांश मानिसहरूले तिनलाई मूर्ख ठान्‍नेछन्‌।

तपाईं जडीको ठाउँमा हुनुभएको भए के गर्नुहुन्थ्यो? तपाईंले दिनुहुने यस प्रश्‍नको जवाफ तपाईंले जुन नीतिनियमअनुसार जिउने छनौट गर्नुभएको छ त्यसैमा निर्भर हुनेछ।

नीतिनियम भन्‍नाले के बुझिन्छ?

“नीतिनियमलाई” “नैतिक रूपमा के सही र के गलत भन्‍ने विषयसित सम्बन्धित प्रश्‍नहरूको अध्ययन” भनी वर्णन गरिएको छ। (कोलिन्स्‌ कोबिल्ड इङ्‌ग्लिस डिक्सनरी) प्रचलन तथा परम्परा दुवैले नैतिक स्तरहरूलाई निर्धारण गरेको हुन्छ।”

धेरै लामो समयदेखि प्रायः धर्मले मानिसहरू जिउने नीतिनियमका स्तरहरूलाई निर्धारण गरेको छ। परमेश्‍वरको वचन बाइबलले थुप्रै समाजमा बेजोड प्रभाव पारेको छ। तथापि, विभिन्‍न धार्मिक स्तरहरूलाई अव्यावहारिक र बाइबलको नीतिनियमलाई चाहिं पुरानो जमानाको ठानेर त्यसलाई तिरस्कार गर्ने मानिसहरूको संख्या विश्‍वभरि नै बढिरहेको छ। यसो हुनुको कारण के हो? एथिक्स्‌ इन बिजिनेस लाइफ नामक पुस्तकअनुसार “पहिला धर्मसित भएको अख्तियार . . . सांसारिक बुद्धिले खोसेको छ।” धेरैजसो मानिसहरू नीतिनियमको अध्ययनको लागि धार्मिक स्रोतहरूमा भर पर्नुको सट्टा सांसारिक विज्ञहरूको डोऱ्‍याइ खोज्छन्‌। अष्ट्रेलियाको सिड्‌नीस्थित युनिभर्सिटीका नीतिनियमसम्बन्धी प्राध्यापक पल म्याकनिल यसो भन्छन्‌: “मेरो विचारमा नीतिनियमका विज्ञहरू नीतिनियमका स्तरहरू तोक्ने सन्दर्भमा पादरीहरूजस्तै भएका छन्‌। . . . पहिले-पहिले मानिसहरू धर्मले भनेअनुसार चल्थे तर अचेल मानिसहरू नीतिनियमअनुसार चल्छन्‌।”

कठिन निर्णयहरू गर्नुपर्दा तपाईं कसरी सही र गलत छुट्याउनुहुन्छ? के तपाईंका नैतिक स्तरहरू परमेश्‍वरले निर्धारण गर्नुभएका हुन्‌ वा स्वयम्‌ तपाईंले?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने