प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ११/१५ pp. ८-९
  • आत्म-त्यागले यहोवाको आशिष्‌ वर्षन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आत्म-त्यागले यहोवाको आशिष्‌ वर्षन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • किन आत्म-त्याग गर्छन्‌?
  • आत्म-त्यागी सेवा
  • आत्म-त्यागको भावसाथ यहोवाको सेवा गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • किन आत्मत्यागी हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशूलाई पछ्याइ रहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ११/१५ pp. ८-९

“मलाई गुहार यहोवाबाट नै आउँछ”

आत्म-त्यागले यहोवाको आशिष्‌ वर्षन्छ

एक पुरुष क्यामरूनको घना जङ्‌गलमा साइकल कुदाउँदैछन्‌। जलमग्न र हिलाम्मे बाटोमा घण्टौंसम्म साइकल चलाउँछन्‌। अनि यात्राको खतरा त छँदैछ। यी सब कष्ट के-का लागि? अरूलाई बलियो पार्न। टाढाको एउटा समूहलाई सिकाउन जिम्बावेका दुई पुरुष उर्लिएको नदी हुँदै यात्रा गर्छन्‌ अनि लुगा र जुत्ता पानीबाट जोगाउन टाउकोमा बोक्छन्‌। अर्की महिला बिहान चार बजे नै उठेर एउटी नर्सलाई सिकाउन जान्छिन्‌। कारण, ती नर्सले बिहान एक घण्टाबाहेक समय दिनै सक्दिनन्‌।

यी तीनै जना किन यत्तिको प्रयास गर्छन्‌? तिनीहरू सबै यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक हुन्‌ र बाइबलबारे अरूलाई सिकाउन आफूलाई व्यस्त राख्छन्‌। नियमित तथा विशेष अग्रगामी, मिसनरी, परिभ्रमण निरीक्षक अनि संसारभरिका बेथेल गृहहरूमा सेवा गर्ने हजारौं स्वयम्‌सेवकहरू सबै नै पूर्ण-समय सेवक हुन्‌। अनि आत्म-त्याग नै तिनीहरूको विशेष चिनारी हो।a

किन आत्म-त्याग गर्छन्‌?

प्रेरित पावलले तिमोथीलाई दिएको यो सल्लाह यहोवाका साक्षीहरूले पालन गरिरहेका छन्‌: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।” (२ तिमोथी २:१५) तर हजारौं साक्षीहरूलाई पूर्ण-समय सेवा गर्न कुन कुराले उत्प्रेरित गर्छ?

यहोवाको सेवामा यत्तिको प्रयत्न गर्नुको कारण सोध्दा तिनीहरू यस्तो जवाफ दिन्छन्‌: परमेश्‍वर र मानिसहरूप्रतिको प्रेम। (मत्ती २२:३७-३९) यसो भन्‍नु सुहाउँछ किनभने प्रेम छैन भने जतिसुकै प्रयास गरे पनि त्यो बेकार हुनेछ।—१ कोरिन्थी १३:१-३.

आत्म-त्यागी सेवा

सबै समर्पित मसीहीहरूले येशूको यो आह्वान स्वीकारेका छन्‌: “कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र . . . मेरो पछि लागोस्‌।” (मत्ती १६:२४) आफूलाई इन्कार गर्नु खुसीसाथ यहोवा परमेश्‍वर र येशू ख्रीष्टमा सुम्पनु अनि उहाँहरूकै इच्छाअनुसार चल्नु हो। यसैले धेरैले आत्म-त्याग देखाउँदै पूर्ण-समय सेवा गरिरहेका छन्‌।

यहोवाको सेवामा अझ बढी गर्न थुप्रै साक्षीले निकै प्रयास गरेका छन्‌। ब्राजिलको साउ पाउलोकी जुलियालाई नै लिनुहोस्‌। उनी ५६ वर्षकी छिन्‌ र नियमित अग्रगामी हुन्‌। उनी भन्छिन्‌: “एक जना चाइनिज भाइले टेलिफोन गरेर चाइनिज भाषा सिक्न चाहनुहुन्छ कि भनी सोध्नुभयो। उमेरले गर्दा मैले नयाँ भाषा सिक्ने कुरा सोचेकै थिइनँ। केही दिन सोचें। अनि यो गाह्रो काम स्वीकारें। अहिले म बाइबल खोलेर चाइनिज भाषामा केही कुरा बताउन सक्छु।”

पेरूस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयबाट यस्तो रिपोर्ट आयो: “हालै सयौं नियमित अग्रगामीहरू मण्डलीलाई नखटाइएको इलाकामा प्रचार गर्न बसाइँ सरेका छन्‌। यसो गर्न तिनीहरूले साहस अनि आत्म-त्याग देखाए। तिनीहरू भौतिक सुखसुविधा केही नभएको अनि काम पाउन पनि गाह्रो निकै टाढा बसाइँ सरे। जस्तोसुकै अवस्था आइ परे पनि यी भाइबहिनीहरू त्यहीं सेवा गरिरहन कटिबद्ध छन्‌। तर ठूलो कुरा त, तिनीहरूको सेवकाईले गर्दा थुप्रै ठाउँमा राम्रो परिणाम प्राप्त भएको छ। यी आत्म-त्यागी नियमित अग्रगामीहरूले गर्दा नै नयाँ समूहहरू स्थापना भएको कुरा परिभ्रमण निरीक्षकहरू रिपोर्ट गर्छन्‌।”

कोही-कोही मसीहीहरूले आफ्ना भाइ बहिनीलाई मदत गर्न आफ्नो ज्यान खतरामा राखेका छन्‌। (रोमी १६:३, ४) अफ्रिकाको एउटा युद्धग्रस्त इलाकाका क्षेत्रीय निरीक्षक भन्छन्‌: “सरकार नियन्त्रित इलाकाबाट विद्रोहीहरूले कब्जा गरेको इलाकामा प्रवेश गर्नै लाग्दा विद्रोही पक्षका चार जना कमान्डर र तिनीहरूका बडीगार्डले मेरी पत्नी र मलाई घेरे अनि हाम्रो परिचय मागे। परिचयपत्र हेरेपछि हामी सरकार नियन्त्रित इलाकाबाट आएको थाह पाउँदा तिनीहरू हामीप्रति शङ्‌कालु भए। मलाई जासूसको आरोप लगाए। अनि खाल्डोमा जाक्न तयार भए। तर मैले हामी को हौं भनेर बताएपछि बल्ल जान दिए।” यस्तो खतरा मोलेर पनि यी आत्म-त्यागी दम्पती मण्डलीहरू भ्रमण गर्न आएकोमा त्यहाँका भाइबहिनीहरू कति कृतज्ञ भए होलान्‌!

यस्ता बाधाअडचनहरू भोग्नुपरे तापनि पूर्ण-समय सेवकहरूको संख्या संसारभरि बढ्‌दैछ। (यशैया ६:८) यी मेहनती व्यक्‍तिहरूले यहोवाको सेवा गर्ने सुअवसरलाई बहुमूल्य ठान्छन्‌। यस्तै आत्म-त्याग देखाउँदै अरू लाखौंले पनि अहिले यहोवाको सेवा गर्दैछन्‌। अनि यहोवा तिनीहरूलाई प्रचुर आशिष्‌ वर्षाउनुहुन्छ। (हितोपदेश १०:२२) यस्तो आशिष्‌ र सहयोग निरन्तर पाइरहने कुरामा ढुक्क हुँदै यी परिश्रमी सेवकहरूले भजनहारको यो मनोभाव झल्काउँछन्‌: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

[फुटनोट]

a सन्‌ २००५ यहोवाका साक्षीहरूको क्यालेन्डर, नोभेम्बर/डिसेम्बर हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌।”—भजन ११०:३

[पृष्ठ ८-मा भएको पेटी]

आफ्ना समर्पित सेवकहरूलाई यहोवा बहुमूल्य ठान्‍नुहुन्छ

“स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८.

“तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, . . . देखाएका छौ, सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने