प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 १/१ पृ. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सेवा गर्दा आनन्दित भइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाले हामीलाई आफ्नो दिन गनेर बस्न सिकाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • हामी सधैँभरि बाँच्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • भजनसंग्रहको तेस्रो र चौथो भागका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 १/१ पृ. ३१

पाठकहरूको प्रश्‍न

भजन १०२:२६ मा स्वर्ग र पृथ्वी “नष्ट हुन्छन्‌” भनिएको छ। के यसले पृथ्वी विनाश हुनेछ भन्‍न खोजेको हो?

भजनहारले यहोवालाई यस्तो प्रार्थना गरे: “आदिमै तपाईंले पृथ्वीको जग बसाल्नुभएको हो। र स्वर्ग तपाईंकै बाहुलीको कार्य हो। तिनीहरू ता नष्ट हुन्छन्‌, तर तपाईं रहिरहनुहुन्छ। ती सबै लुगाझैं पुराना भइहाल्छन्‌। पोशाक फेरेझैं गरी तपाईंले तिनीहरूलाई फेर्नहुन्छ, र ती फेरिन्छन्‌।” (भजन १०२:२५, २६) यी पदहरूको अघि र पछिका पदहरूलाई हेर्ने हो भने यसले पृथ्वीको विनाशलाई होइन तर परमेश्‍वरको अनन्ततालाई बुझाउँछ। परमेश्‍वर सदा सर्वदा रहिरहनुहुन्छ भन्‍ने यो गहन सत्य किन उहाँका सेवकहरूको लागि सान्त्वनादायी कुरा हो भनेर पनि देखाउँछ।

भजनहार जो सायद बाबेलको निर्वासनमा छन्‌, आफूले भोगेका दुःखकष्टबारे तिनले विवरणको सुरुमा बताएका छन्‌। तिनको जिन्दगी “धुवाझैं” उडेर जाँदैछ भनी बिलौना गर्छन्‌। अत्यन्तै विचलित भएको हुँदा तिनका हड्डीहरू “अगुल्टोझैं सल्केका छन्‌।” तिनी “ओइलाएको घाँसझैं” थकित भएका छन्‌ अनि आफूलाई “छानामाथिको एक्लो भङ्‌गेराजस्तो” ठान्छन्‌। आफूले भोग्नुपरेका कठिनाइहरूले गर्दा भोकप्यास केही छैन अनि जीवन केवल आँसुले भरिएको छ। (भजन १०२:३-११) तैपनि भजनहारले आशा मारेका छैनन्‌। किन? किनभने यहोवाले सियोन अर्थात्‌ यरूशलेमको निम्ति गर्नुभएको प्रतिज्ञा तिनलाई थाह छ।

सियोनको विनाश भइसके तापनि त्यो फेरि पुनर्स्थापित हुनेछ भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ। (यशैया ६६:८) त्यसैकारण निर्धक्क हुँदै भजनहार यहोवालाई यसो भन्छन्‌: ‘तपाईंले सियोनमाथि दया-दृष्टि दर्शाउनुहुनेछ, किनभने सियोनमाथि निगाह गर्ने समय अहिले नै हो, तोकिएको समय आइपुगेको छ। किनभने परमप्रभुले सियोनको पुनर्निर्माण गर्नुहुनेछ।’ (भजन १०२:१३, १६, NRV) त्यसपछि भजनहार फेरि आफ्नै दुःखकष्टबारे बताउन थाल्छन्‌। विनाश भएको यरूशलेम त परमेश्‍वरको शक्‍तिमार्फत्‌ फेरि पुनर्स्थापित हुन सक्छ भने यहोवाले तिनलाई दयनीय अवस्थाबाट अवश्‍य बचाउन सक्नुहुन्छ भनी तिनी तर्क गर्छन्‌। (भजन १०२:१७, २०, २३) अनि अर्को एउटा कुराले पनि भजनहारलाई यहोवामा पूर्ण भरोसा राख्न उत्प्रेरित गर्छ। त्यो के हो? यहोवा सदासर्वदै रहिरहनुहुन्छ भन्‍ने तथ्य।

यहोवा अविनाशी हुनुहुन्छ तर भजनहारको आयु भने छोटो छ। यी दुईबीच आकास-जमिनको भिन्‍नता छ। तिनी यहोवालाई यसो भन्छन्‌: “तपाईंका वर्षता पुस्तौंसम्म रहन्छन्‌।” (भजन १०२:२४) त्यसपछि भजनहार यसो भन्छन्‌: “आदिमै तपाईंले पृथ्वीको जग बसाल्नुभएको हो। र स्वर्ग तपाईंकै बाहुलीको कार्य हो।”—भजन १०२:२५.

हुन त, स्वर्ग र पृथ्वीको आयु लामो छ, तैपनि यहोवाको अविनाशी अस्तित्वसित तुलना गर्न सकिंदैन। भजनहार अझै यसो भन्छन्‌: “तिनीहरू [स्वर्ग र पृथ्वी] ता नष्ट हुन्छन्‌, तर तपाईं रहिरहनुहुन्छ।” (भजन १०२:२६) स्वर्ग र पृथ्वी नाश हुन सक्ने कुराहरू हुन्‌। हुन त, स्वर्ग र पृथ्वी सदासर्वदै रहिरहनेछ भनी यहोवाले बाइबलको अरू ठाउँमा पनि बताउनुभएको छ। (भजन ११९:९०; उपदेशक १:४) परमेश्‍वरको उद्देश्‍य हुँदो हो त, ती नाश हुन सक्छन्‌। तर परमेश्‍वर अविनाशी हुनुहुन्छ। परमेश्‍वरले स्वर्ग र पृथ्वी नाश नहुने उद्देश्‍य राखेर बनाउनुभएकोले ती “सधैंको निम्ति स्थिर” रहिरहन्छन्‌। (भजन १४८:६) यहोवाले ती नाश हुने गरी बनाउनुभएको भए “ती सबै लुगाझैं पुराना भइहाल्छन्‌।” (भजन १०२:२६) लुगा पुरानो भएपछि मानिसले त्यो लुगा फेर्छ। त्यस्तै, यहोवाले चाहनुभयो भने आफ्नो सृष्टि फेर्न सक्नुहुन्छ। तर उहाँको इच्छा त्यस्तो होइन भनेर बाइबलका अरू पदहरूबाट हामीले बुझेका छौं। यहोवाले स्वर्ग र पृथ्वीलाई नाश गर्नुहुनेछैन भनी परमेश्‍वरको वचनले हामीलाई आश्‍वासन दिन्छ।—भजन १०४:५.

यहोवा सदासर्वदै रहनुहुने हुँदा आफ्ना प्रतिज्ञाहरू सधैं पूरा गर्नुहुनेछ भनी थाह पाउनु सान्त्वनादायी कुरा हो। हामीमाथि जस्तोसुकै दुःखकष्ट आइ परेतापनि उहाँलाई पुकार्दा “दीन-हीनहरूको प्रार्थनाप्रति ध्यान दिनुहुन्छ, उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न” भनेर हामी विश्‍वस्त हुन सक्छौं। (भजन १०२:१७, NRV) पृथ्वी स्थिर रहनेछ भन्‍ने कुरामा हामी जति पक्का हुन सक्छौं, त्योभन्दा अझ बढी भजन १०२ मा यहोवाले दिनुभएको आश्‍वासनमा विश्‍वस्त हुन सक्छौं। (w06 1/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने