प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ६/१ p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मिल्दोजुल्दो सामग्री
  • एक सिर्को दूधबाट एक चम्चा पाउडर दूधसम्म
    ब्यूँझनुहोस्‌!—१९९९
  • आमाको दूध
    सृष्टि या संयोग
  • “यहोवाको व्यवस्था पूर्ण छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • ख्रीष्टअघिको व्यवस्था
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ६/१ p. ३१

पाठकहरूको प्रश्‍न

“बाख्राको पाठा त्यसको माऊको दूधमा उमालेर नपकाओ” भनेर प्रस्थान २३:१९ मा दिइएको निषेधाज्ञाबाट हामी के सिक्न सक्छौं?

बाइबलमा तीन चोटि उल्लेख भएको यो निर्देशन परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थामा पाइन्छ। यस निर्देशनले हामीलाई सही कुराप्रति यहोवाको दृष्टिकोण, उहाँको दया र कोमलता बुझ्न मदत गर्न सक्छ। झूटो उपासनालाई उहाँ कत्ति घृणा गर्नुहुन्छ भनेर पनि यसले प्रस्ट पार्छ।—प्रस्थान ३४:२६; व्यवस्था १४:२१.

माऊको दूधमा त्यसको पाठा वा अरू कुनै जनावर उमाल्नु भनेको यहोवाको प्राकृतिक नियम विपरीत हुनेछ। बच्चालाई पोषण दिन र हुर्काउन परमेश्‍वरले माऊको दूधको प्रबन्ध मिलाउनुभयो। बच्चालाई आफ्नै माऊको दूधमा उमाल्नु भनेको “माऊ र बच्चाबीच परमेश्‍वरले राख्नुभएको पवित्र सम्बन्धलाई आदर नदेखाउनु” हुनेछ भनी एक जना विद्वान्‌ बताउँछन्‌।

साथै, कसै-कसैको विचारमा माऊको दूधमा पाठालाई उमाल्ने चलन, पानी परोस्‌ भनेर मूर्तिपूजकहरूले गर्ने रीति हुन सक्छ। त्यो साँच्चै मूर्तिपूजकहरूको रीति हो भने, यस्तो निषेधाज्ञाले इस्राएलीहरूलाई वरपरका राष्ट्रहरूको मूर्खतापूर्ण तथा क्रूर धार्मिक रीतिथितिमा सहभागी हुनदेखि जोगाउने थियो। वरपरका राष्ट्रहरूको नियम-कानुनअनुसार नचल्नू भनेर इस्राएलीहरूलाई मोशाको व्यवस्थाले तोकेरै निषेध गरेको थियो।—लेवी २०:२३.

यस नियममा विशेष गरी यहोवाको कोमल दया पनि देख्न सक्छौं। वास्तवमा, जनावरहरूप्रति क्रूर नहुन अनि प्राकृतिक नियम विपरीत नचल्न मोशाको व्यवस्थामा यस प्रकारका थुप्रै आज्ञाहरू दिइएका थिए। उदाहरणका लागि, कम्तीमा पनि सात दिनसम्म माऊसँग बसिसकेको बच्चालाई मात्र बलि चढाउनू, माऊ र बच्चालाई एकै दिनमा बलि नचढाउनू अनि गुँडबाट बचेरासँगै माऊलाई नलैजानू भनेर मोशाको व्यवस्थाले आज्ञा दिएको थियो।—लेवी २२:२७, २८; व्यवस्था २२:६, ७.

यो व्यवस्था केवल आज्ञा तथा निषेधाज्ञाहरूको जटिल सँगालो मात्र थिएन भनेर स्पष्ट हुन्छ। व्यवस्थाबाट हामीले उठाउन सक्ने एउटा लाभ हो, यसका सिद्धान्तहरूले हामीमा यहोवाका अद्‌भुत गुणहरू हुबहु झल्काउने उच्च नैतिक चेतना बढाइदिन्छ।—भजन १९:७-११. (w06 4/1)

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

© Timothy O’Keefe/Index Stock Imagery

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने