प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 १२/१ p. १६
  • पाठकहरूका प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवालाई आदर गर्ने आनन्दमय विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • यहोवाको आदर गर्ने विवाहहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 १२/१ p. १६

पाठकहरूका प्रश्‍न

यहोवाका साक्षीहरू गैर-साक्षी आफन्त वा छिमेकीको विवाह समारोहमा जानु उचित हो?

विवाह समारोह रमाइलो क्षण हो र त्यस्तो अवसरमा एक मसीही सहभागी हुन चाहनु स्वाभाविक हो। पक्कै पनि, त्यस्तो समारोहमा जाने निम्तो पाएका नाबालिगहरूले आमाबाबु वा अभिभावकको आज्ञा मान्‍नुपर्छ किनकि तिनीहरूका लागि अन्तिम निर्णय गर्ने अधिकार ती आमाबाबु वा अभिभावककै हुन्छ। (एफिसी ६:१-३) तर गैर-साक्षी पतिले आफ्नी मसीही पत्नीलाई स्थानीय धार्मिक परम्पराअनुसार हुने विवाह समारोहमा आफूसितै लैजान खोजेमा नि? त्यस समारोहमा हुने कुनै पनि धार्मिक क्रियाकलापमा भाग नलिने अठोट गर्दै त्यहाँ उपस्थित मात्र हुन ती पत्नीलाई तिनको अन्तस्करणले दिन सक्छ।

त्यसैले मुख्यतया, विवाह समारोहमा जाने/नजाने कुरा व्यक्‍तिगत निर्णय हो। तथापि, हरेक मसीहीले आफू यहोवाप्रति जवाफदेही छु भनी याद राख्नुपर्छ र गैर-साक्षीहरूको विवाह समारोहमा जानेबारे निर्णय गर्दा थुप्रै धर्मशास्त्रीय सिद्धान्तहरू विचार गर्नुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, मसीहीको मनमा परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने इच्छा हुनुपर्छ। येशूले यसो भन्‍नुभयो: “परमेश्‍वर आत्मा हुनुहुन्छ, औ उहाँलाई पूज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्‍ना ४:२४) त्यसैले, यहोवाका साक्षीहरू अरू धर्मको धार्मिक क्रियाकलापमा सहभागी हुँदैनन्‌। जस्तै: बाइबल सच्चाइसित बाझिने प्रार्थना, रीतिथिति आदि।—२ कोरिन्थी ६:१४-१७.

आफ्नो निर्णयले अरूलाई पनि असर गर्न सक्छ भन्‍ने कुरा एक मसीही मानिलिन्छन्‌। यदि विवाह समारोहमा जाने निर्णय गर्नुहुन्छ भने तपाईंले त्यहाँ पूर्णतया भाग नलिंदा कतै तपाईंका आफन्तहरूलाई चोट पुग्ने त होइन? सँगी विश्‍वासीहरूलाई पर्न सक्ने असरबारे पनि विचार पुऱ्‍याउनुपर्छ। (रोमी १४:१३) तपाईं वा तपाईंको परिवारका सदस्यहरूलाई गैर-साक्षीको विवाह समारोहमा जानु आपत्तिजनक नलागे तापनि तपाईंहरू त्यहाँ जाँदा कतै सँगी विश्‍वासीहरूलाई पो नराम्रो असर पर्ने हो कि? यसले अरू कसैको अन्तस्करणमा चोट पार्ने हो कि?

गैर-साक्षी आफन्तहरूको विवाह समारोहले हामीअघि चुनौतीपूर्ण परिस्थिति खडा गर्न सक्छ। यदि तपाईंलाई लोकन्ते वा लोकन्ती बन्‍न आग्रह गरियो भने नि? अथवा तपाईंको पति वा पत्नी साक्षी होइनन्‌ र त्यस समारोहमा पूर्णतया सहभागी हुन चाहन्छन्‌ भने नि? यदि विवाह समारोह सरकारी कार्यालयमा न्यायाधीश वा सरकारी अधिकारीको अघि गरिंदैछ भनेचाहिं त्यहाँ उपस्थित हुनु भनेको केवल साक्षी बसेको मात्र हुनेछ।

तर, कुनै धार्मिक स्थलमा वा धर्मगुरुद्वारा सम्पन्‍न गरिने विवाह समारोहमा थप समस्या आइपर्छ। बाइबल-प्रशिक्षित अन्तस्करणअनुसार चल्न र आफ्नो धार्मिक विश्‍वासमा सम्झौता नगर्न वा विवाह समारोहमा उपस्थित कसैलाई अप्ठ्यारोमा नपार्न तपाईं त्यहाँ नजाने निर्णय गर्न सक्नुहुन्छ। (हितोपदेश २२:३) तपाईं कुन हदसम्म भाग लिन सक्नुहुन्छ वा विकल्पको रूपमा के-के गर्न सक्नुहुन्छ भनी संकेत गर्दै आफ्नो बाइबल आधरित विश्‍वास पहिल्यै बताउनुहोस्‌। यसो गर्दा तपाईं र तपाईंको परिवार अप्ठ्यारोमा पर्नदेखि जोगिन सक्नुहुन्छ।

सबै कुरालाई होसियारीपूर्वक विचार गरिसकेपछि केही मसीही, गैर-साक्षीको विवाह समारोहमा उपस्थित मात्र हुनु अनुचित होइन भन्‍ने निष्कर्षमा पुग्लान्‌। तर यदि कुनै मसीहीलाई त्यहाँ उपस्थित हुँदा आफू ईश्‍वरीय सिद्धान्तहरू सम्झौता गर्ने प्रलोभनमा पर्न सक्ने जस्तो लागेमा त्यहाँ जाँदा हुने सम्भाव्य फाइदाभन्दा आइपर्ने जोखिम ठूलो हो भन्‍ने निष्कर्षमा तिनी पुग्न सक्छन्‌। यदि तिनले विवाह समारोहमा नजाने तर त्यसपछि हुने भोजमा चाहिं पाहुनाको हैसियतमा जाने निर्णय गरेमा “सबै परमेश्‍वरकै महिमाको निम्ति” गर्ने अठोट गर्नुपर्छ। (१ कोरिन्थी १०:३१) यस्ता निर्णयहरू गर्दा, “हरेक मानिसले” जिम्मेवारीको “निज भार उठाउनुपर्छ।” (गलाती ६:५) तसर्थ, तपाईं जेसुकै निर्णय गर्नुहोस्‌, यहोवा परमेश्‍वरको अघि सफा अन्तस्करण कायम राख्नु महत्त्वपूर्ण हो भनेर कहिल्यै नभुल्नुहोस्‌। (w 07 11/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने