प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ pp. ३-४
  • भविष्य कसले थाह पाउन सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्य कसले थाह पाउन सक्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • मिल्दोजुल्दो सामग्री
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मसीहबारे भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • सही प्रकारका सन्देशवाहकहरूलाई चिन्‍ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ pp. ३-४

भविष्य कसले थाह पाउन सक्छ?

“म परमेश्‍वर हुँ, . . . म आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू . . . घोषणा गर्छु।”—यशैया ४६:९, १०.

अहिलेको अस्थिर समयमा राजनैतिक, आर्थिक र सामाजिक विश्‍लेषकहरू पछि के हुन्छ त्यो थाह पाउन इतिहास र हालसालका घटनाहरूको अध्ययन गर्नमै आफ्नो शक्‍ति खर्चन्छन्‌। अनि आफ्नो भविष्य कस्तो छ त्यो जान्‍न एकदमै मनगर्ने अरू भने जवाफको लागि ज्योतिषविद्या वा प्रेतवादको मुख ताक्छन्‌। परिणाम? अक्सर ‘हिस्स बूढी खिस्स दाँत’ भने जस्तो मात्र भएको छ। के त्यसोभए यो संसार, हाम्रो परिवार र हामी आफूलाई के हुने हो त्यो थाह पाउन असम्भवै छ त? आखिर, के कसैले साँच्चै भविष्य थाह पाउन सक्छ?

बाइबलका एक भविष्यवक्‍ता यशैयालाई भनिएका शब्दहरू—जुन माथि उद्धरण गरिएको छ—त्यसमा सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले पछि हुने कुरा बताउन सक्ने आफ्नो क्षमताबारे बताउनुभएको थियो। परमेश्‍वरले प्राचीन इस्राएलीहरू बेबिलोनको कैदबाट मुक्‍त हुनेछन्‌ अनि यरूशलेम र त्यहाँको मन्दिर पुनर्निर्माण गर्न फर्कनेछन्‌ भनी यशैया मार्फत भविष्यवाणी गर्नुभएको थियो। यो भविष्यवाणी कत्तिको सही साबित भयो? यशैयाले करिब २०० वर्षअघि नै बेबिलोनको भावी विजेताको नाउँ समेत बताइसकेका थिए, त्यो नाउँ थियो कोरेस। त्यति मात्र कहाँ हो र, कोरेसले अपनाउने रणनीतिबारे पनि यशैयाले सही वर्णन गरेका थिए—जस्तो कि बेबिलोनलाई सुरक्षा दिइरहेको यूफ्रेटिस नदीलाई अन्तै मोडिदिने। यसका साथै सहरको मूलढोका हेलचेक्य्राइँसाथ खुला छोडिनेछ अनि यसले गर्दा कोरेसलाई सजिलै विजय हासिल गर्न टेवा पुग्नेछ भनेर पनि यशैयाले भविष्यवाणी गरेका थिए।—यशैया ४४:२४-४५:७.

भविष्य थाह पाउने सन्दर्भमा परमेश्‍वरको तुलनामा मानिस केही पनि होइन। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखेका थिए: “भोलिको घमण्ड नगर्‌, आज र भोलिभित्र के हुन्छ भनी तँ जान्दैनस्‌।” (हितोपदेश २७:१) यो भनाइ आज पनि उत्तिकै सत्य छ। अरू त के कुरा, मानिसले आफ्नै भविष्य समेत थाह पाउन सक्दैन। परमेश्‍वरले नि? उहाँ आफ्नो सृष्टिको एक-एक कुरा राम्ररी बुझ्नुहुन्छ—मानव स्वभाव र झुकाव समेत। यदि परमेश्‍वरले चाहनुभयो भने व्यक्‍तिविशेषले अनि पूरै राष्ट्रले के गर्नेछ त्यो ठ्याक्कै थाह पाउन सक्नुहुन्छ। साथै, कुनै पनि घटनाको नतिजालाई नियन्त्रण गर्ने असीमित क्षमता छ उहाँमा। उहाँले आफ्ना भविष्यवक्‍ताहरू मार्फत केही हुनेछ भनी बताउनुहुँदा “आफ्नो दासको वचनलाई पक्का गराउँछु, र आफ्नो दूतहरूका युक्‍तिलाई पूरा गर्छु” भन्‍नुहुन्छ। (यशैया ४४:२६) यहोवा परमेश्‍वरले मात्रै यसो भन्‍न सक्नुहुन्छ।

यशैया येशू अर्थात्‌ मसीह जन्मनुभन्दा ७०० वर्षअघिका थिए। तैपनि, यशैयाले पछि आउनुहुने मसीहबारे भविष्यवाणी गरेका थिए। तर, मुख्यगरि १८ औं शताब्दीदेखि यता बाइबल आलोचकहरूले यशैयाको पुस्तकको सत्यतामाथि हमला गरेका छन्‌। तिनीहरूले यशैयाका भविष्यवाणीहरू साँच्चैको भविष्यवाणी नभई घटना घटिसकेपछि लेखकले लिपिबद्ध मात्र गरेका हुन्‌ भनेर आक्षेप लगाए। के यो सत्य हो? सन्‌ १९४७ मा मृत सागर नजिकको गुफामा अरू पुराना पाण्डुलिपिहरूसँगै यशैया पुस्तकको प्रतिलिपि भेट्टाइयो। यो प्रतिलिपि, मसीह अर्थात्‌ ख्रीष्टको जन्मभन्दा सय वर्षभन्दा पनि धेरैअघिको हो भन्‍ने कुरा विशेषज्ञहरूले पत्ता लगाए। हो, बाइबलले भविष्य प्रकट गऱ्‍यो!

यशैया र अरू बाइबल लेखकहरूले केवल आफ्नै बुद्धिमा भर परेर भविष्यवाणी गर्न सक्दैन थिए। बरु, तिनीहरूले “पवित्र आत्माबाट उत्तेजित भएर . . . परमेश्‍वरका तर्फबाट बोल्दथिए।” (२ पत्रुस १:२१) यसपछिका लेखहरूमा यशैया मार्फत भविष्यवाणी गरिएको येशूको जीवनका केही विवरणहरूलाई हामी ध्यान दिनेछौं। अनि हाम्रो समय र त्यसपछि घट्‌ने घटनाहरूबारे येशू र उहाँका चेलाहरूले गरेको भविष्यवाणीबारे पनि विचार गर्नेछौं। (w08 10/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने