प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी p. ३०
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • भविष्य कसले थाह पाउन सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पूरा भएका भविष्यवाणीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी p. ३०

पाठकहरूको प्रश्‍न

भविष्यबारे थाह पाउने यहोवाको क्षमताबारे बाइबलमा के बताइएको छ?

भविष्यमा के हुनेछ भनेर बताउने क्षमता यहोवासित छ भनेर बाइबलमा स्पष्टसित बताइएको छ। (यसै. ४५:२१) तर उहाँले भविष्यबारे कसरी अनि कहिले थाह पाउनुहुन्छ वा के-कति कुरा थाह पाउने छनौट गर्नुहुन्छ भन्‍नेबारे एक-एक कुरा भने बताइएको छैन। त्यसैले हामीलाई उहाँको त्यस क्षमताबारे सबै कुरा थाह छैन। तर केही कुरा भने थाह छ। आउनुहोस्‌, त्यसबारे छलफल गरौँ।

यहोवा कुन कुरा थाह पाउने वा नपाउने छनौट गर्न सक्नुहुन्छ। आफ्नो अथाह बुद्धि प्रयोग गरेर उहाँ भविष्यमा हुने जुनसुकै कुरा थाह पाउने छनौट गर्न सक्नुहुन्छ। (रोमी ११:३३) अर्कोतर्फ उहाँ आत्मसंयम देखाउने सन्दर्भमा उत्कृष्ट उदाहरण हुनुहुन्छ; त्यसैले उहाँ भविष्यमा के हुनेछ भनेर थाह नपाउने छनौट गर्न पनि सक्नुहुन्छ।—यसैया ४२:१४ तुलना गर्नुहोस्‌।

यहोवा आफ्नो इच्छा पूरा गर्न जे पनि गर्न वा गराउन सक्नुहुन्छ। यो कुरा भविष्यबारे थाह पाउने उहाँको क्षमतासित कसरी सम्बन्धित छ? यसैया ४६:१० यसो भन्छ: “पछि के हुन्छ, म पहिल्यै बताउँछु अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु। म भन्छु, ‘मेरो उद्देश्‍य पूरा भएरै छोड्‌छ, आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’”

भविष्यमा के हुनेछ भनेर यहोवा थाह पाउन सक्नुहुन्छ भन्‍नुको एउटा कारण हो, उहाँसित आफूले चाहेको कुरा गर्ने वा गराउने शक्‍ति छ। कहिलेकाहीँ हामी कुनै फिल्म हेर्दा अन्तमा के हुन्छ भनेर थाह पाउन फास्ट गरेर हेर्छौँ। तर यहोवाले भविष्यको कुनै घटना थाह पाउन सुरुदेखि नै सबै कुरा एक-एक गरी हेर्दै जानुपर्छ भन्‍ने छैन। बरु उहाँ तोकिएको समयमा कुनै घटना घटाउने निर्णय गर्न सक्नुहुन्छ अनि त्यो समय आएपछि उहाँले त्यसो गराउनु पनि हुन्छ।​—प्रस्थ. ९:५, ६; मत्ति २४:३६; प्रेषि. १७:३१.

त्यसैले भविष्यमा हुने केही घटनाको सन्दर्भमा यहोवाले के गर्नुहुनेछ भनेर बुझाउन बाइबलमा “तयारी गरेको” अनि “ठानेको” अर्थात्‌ निश्‍चय गरेको जस्ता अभिव्यक्‍तिहरू प्रयोग गरिएका छन्‌। (२ राजा १९:२५; यसै. ४६:११) मूल भाषामा यी शब्दहरूको अर्थ “कुमाले” अर्थ लाग्ने शब्दसित सम्बन्धित छ। (यर्मि. १८:२-४) जसरी सिपालु कुमालेले माटोको डल्लालाई आकार दिएर सुन्दर फुलदानी बनाउन सक्छ, त्यसैगरि यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न कुनै व्यक्‍तिलाई आफूले चाहेको आकार दिन सक्नुहुन्छ अथवा परिस्थितिलाई त्यसैअनुसार मोड्‌न सक्नुहुन्छ।​—एफि. १:११.

यहोवा अरूको छनौट गर्ने स्वतन्त्रताको कदर गर्नुहुन्छ। उहाँ कसैलाई सही छनौट गर्न लगाउन पहिल्यै उसको भाग्य लेख्नुहुन्‍न न त गलत छनौट गर्न लगाउन उसलाई जबरजस्ती गर्नुहुन्छ। बरु उहाँ मानिसहरूलाई कसरी जिउने भनेर छनौट गर्न दिनुहुन्छ। त्यसको साथै कसरी सही तरिकामा जीवन बिताउने भनेर पनि सिकाउनुहुन्छ।

दुइटा उदाहरण विचार गरौँ। पहिलो उदाहरण निनवेका बासिन्दाहरूसित सम्बन्धित छ। निनवे सहरका मानिसहरूको दुष्टताले गर्दा त्यस सहरलाई नाश गर्नेछु भनेर यहोवाले भविष्यवाणी गर्नुभयो। तर त्यहाँका बासिन्दाहरूले पश्‍चात्ताप गरेकोले यहोवाले “तिनीहरूमाथि ल्याउन लाग्नुभएको विपत्तिको विषयमा पुनर्विचार गर्नुभयो र विपत्ति ल्याउनुभएन।” (योना ३:१-१०) यहोवाको चेतावनीमूलक सन्देश सुनेपछि निनवेका बासिन्दाहरूले आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्दै पश्‍चात्ताप गरे। त्यसैले यहोवाले आफ्नो मन बदल्नुभयो र तिनीहरूलाई नाश गर्नुभएन।

दोस्रो उदाहरण राजा कोरेसको बारेमा गरिएको भविष्यवाणी हो। तिनले यहुदीहरूलाई बेबिलोनको कैदबाट मुक्‍त गर्ने थिए र तिनीहरूलाई यहोवा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आज्ञा दिने थिए। (यसै. ४४:२६–४५:४) फारसका राजा कोरेसमा यो भविष्यवाणी पूरा भयो। (एज्रा १:१-४) तर तिनले साँचो परमेश्‍वरको उपासना भने गरेनन्‌। यहोवाले आफ्नो भविष्यवाणी पूरा गर्न कोरेसलाई चलाउनुभयो तर कसको उपासना गर्ने भनेर छनौट गर्ने सन्दर्भमा तिनलाई आफ्नो स्वतन्त्र इच्छा प्रयोग गर्न दिनुभयो।​—हितो. २१:१.

यी बुँदाहरू भविष्यको कुरा थाह पाउन यहोवाले विचार गर्नुहुने विभिन्‍न कुरामध्ये केही मात्र हुन्‌। वास्तवमा कुनै पनि मानिसले यहोवाको सोच्ने र काम गर्ने तरिका पूर्णतया बुझ्न सक्दैन। (यसै. ५५:८, ९) तर यहोवाले जे-जति कुराहरू प्रकट गर्नुभएको छ, त्यसले उहाँ सधैँ सही कुरा गर्नुहुन्छ भन्‍ने कुरामाथिको हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। अनि उहाँले गर्नुहुने सही कुरामा उहाँले भविष्यबारे थाह पाउनुहुने कुरा पनि समावेश छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने