प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ pp. ८-१०
  • चाँडै हुने कुराको भविष्यवाणी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चाँडै हुने कुराको भविष्यवाणी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ संसारमा आशिष्‌हरू
  • भव्य भविष्यबारे भविष्यवाणी
  • पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • शान्तिमय नयाँ संसारमा जीवन
    शान्तिमय नयाँ संसारमा जीवन
  • नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • आर-मागेडोन पश्‍चात्‌, एउटा पार्थिव प्रमोदवन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ pp. ८-१०

चाँडै हुने कुराको भविष्यवाणी

मानिस र यस पृथ्वीको भविष्यबारे चर्चा गर्दा प्रेरित पत्रुसले यस्तो लेखे: “उहाँको [परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) “नयाँ स्वर्ग र नयाँ पृथ्वीको” प्रतिज्ञा सबैभन्दा पहिला अगमवक्‍ता यशैया मार्फत गरिएको थियो। (यशैया ६५:१७; ६६:२२) यो भविष्यवाणी उद्धरण गरेर पत्रुसले तिनको समयसम्म त्यो भविष्यवाणी पूर्णरूपमा पूरा नभएको देखाए।

पछि, इस्वी संवत्‌ ९६ तिर प्रेरित यूहन्‍नाद्वारा दिइएको प्रकाशको पुस्तकले उक्‍त “नयाँ पृथ्वी”-लाई परमेश्‍वरको राज्यमा हुने आशिष्‌हरूसित जोड्यो। (प्रकाश २१:१-४) परमेश्‍वरको राज्य आउन केही समय अघिको विश्‍व परिस्थितिबारे येशू अनि त्यसैगरि प्रेरित पावलले भनेका शब्दहरू अहिले पूरा हुँदैछन्‌। त्यसैकारण, हामी आशा गर्न सक्छौं कि त्यो राज्यले चाँडै नै नयाँ संसार ल्याउनेछ। त्यो नयाँ संसार कस्तो हुनेछ? बाइबलको पुस्तक यशैयाले हामीलाई बताउँछ।

नयाँ संसारमा आशिष्‌हरू

विश्‍वव्यापी शान्ति र एकताबद्ध उपासना। “तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:२-४.

मानिस र पशुबीच मेल। “ब्वाँसोचाहिं थुमासित बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्‌, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ। गाई र भालु एकैसाथ चर्नेछन्‌, र तिनीहरूका बच्चाहरू एकैसाथ ढल्केर बस्नेछन्‌। सिंहले गोरुले झैं पराल खानेछ। . . . तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:६-९.

सबैका लागि प्रशस्त अनाज। “सेनाहरूका परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू—छिप्पिएको मद्य, असल-असल स्वदिष्ट थोकहरू, एकदमै छिप्पिएको छानेको मद्यको भोज लाउनुहुनेछ।”—यशैया २५:६.

मृत्यु हुनेछैन। “उहाँले [परमेश्‍वरले] मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा दूर गर्नुहुनेछ, किनकि परमप्रभुले यसै भन्‍नुभएको छ।”—यशैया २५:८.

मरेकाहरू पुनःजीवित हुनेछन्‌। “तपाईंका मरिगएका जनहरू जिउनेछन्‌। तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ। . . . पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ।”—यशैया २६:१९, NRV.

मसीह एक धर्मी न्यायकर्ता। “उहाँले मुख हेरेर इन्साफ गर्नुहुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नुहुनेछैन। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ।”—यशैया ११:३, ४.

अन्धा र बहिराहरू निको हुनेछन्‌। “अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌।”—यशैया ३५:५.

बाँझो जमिन उर्वर हुनेछ। “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। बसन्तको फूलझैं त्यो फक्रनेछ। त्यो अत्यन्त प्रफुल्लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ।”—यशैया ३५:१, २.

एउटा नयाँ पृथ्वी। “म नयाँ आकाश [नयाँ स्वर्गीय सरकार] र नयाँ पृथ्वी [धार्मिक नयाँ मानव समाज] सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाऊ। . . . तिनीहरूले [परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारका बासिन्दाहरूले] घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खानेचाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्म भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌, नता विपदको दिनको निम्ति बालकहरू जन्माउनेछन्‌, किनकि तिनीहरू आफ्ना बालबच्चाहरूसमेत परमप्रभुको आशिष पाएको वंश हुन्‌। तिनीहरूले बिन्ती गर्नुअघिनै म उत्तर दिनेछु। तिनीहरूले बोल्दाबोल्दै म तिनीहरूका कुरा सुन्‍नेछु।” “जसरी नयाँ आकाश र पृथ्वी, जो म बनाउनेछु, ती मेरै सामने रहिरहनेछन्‌, त्यसरीनै तिमीहरूका सन्तान र तिमीहरूका नाउँ पनि रहिरहनेछ, परमप्रभु भन्‍नुहुन्छ।”—यशैया ६५:१७-२५; ६६:२२.

भव्य भविष्यबारे भविष्यवाणी

भावी आशिष्‌बारे भविष्यवाणी गर्ने यशैयाको पुस्तक मात्रै होइन। ख्रीष्टको अधीनमा रहेको राज्य मार्फत परमेश्‍वरले पूरा गर्नुहुने अचम्मका कार्यहरूबारे वर्णन गरेको भविष्यवाणीहरूले बाइबल भरपूर छ।a के तपाईंलाई त्यस्तो बगैंचारूपी अवस्थामा बाँच्न मन लाग्छ? तपाईं बाँच्न सक्नुहुन्छ! परमेश्‍वरको भावी असल उद्देश्‍यहरूबारे बाइबलले वास्तवमा के बताउँछ तपाईं आफै पत्ता लगाउनुहोस्‌ अनि त्यसको हिस्सा तपाईं कसरी बन्‍न सक्नुहुन्छ, सिक्नुहोस्‌। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न पाउँदा खुसी हुनेछन्‌। (w 08 10/1)

[फुटनोट]

a परमेश्‍वरको राज्य र त्यसले के-के पूरा गर्नेछ त्यसको थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ ७६-८५ हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

पूरै पृथ्वी एउटा सुन्दर बगैंचा हुनेछ

[पृष्ठ ९-मा भएको चित्र]

मरेकाहरू फेरि जिउँनेछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने