प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ p. २२
  • टुहुराका बुबा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • टुहुराका बुबा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • “टुहुराहरूलाई” मायालु चासो देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परिवारको हेरविचार गर्ने दायित्व वहन गर्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ p. २२

परमेश्‍वरको नजिक हुनुहोस्‌

टुहुराका बुबा

प्रस्थान २२:२२-२४

‘परमेश्‍वर आफ्नो परमधाममा टुहुराका बुबा हुनुहुन्छ।’ (भजन ६८:५) यी प्रेरित शब्दले हामीलाई यहोवा परमेश्‍वरको नजिक बनाउने एउटा पाठ सिकाउँछ: मर्कामा परेकाहरूको आवश्‍यकता यहोवा बुझ्नुहुन्छ र उनीहरूलाई मदत गर्न चाहनुहुन्छ। इस्राएलीहरूलाई दिइएको व्यवस्थामा आमा वा बुबा गुमाएका छोराछोरीप्रति उहाँको चासो स्पष्ट देखिन्थ्यो। आउनुहोस्‌, बाइबलमा “टुहुरा”a भनेर प्रस्थान २२:२२-२४ मा प्रयोग गरिएको पहिलो अभिव्यक्‍तिलाई जाँचौं।

परमेश्‍वरले यस्तो चेतावनी दिनुभयो: “टुहुरालाई दुःख नदेओ।” (पद २२) यो नियम मानवताको नाताले मात्र बनाइएको थिएन; यो त स्वयम्‌ परमेश्‍वरको आज्ञा थियो। बुबा गुमाएको बालक संरक्षकविहीन हुने भएकोले उसलाई अरूले दुर्व्यवहार गर्ने खतरा हुन्थ्यो। यस्तो बालकलाई कसैले कुनै तरिकामा “दुःख” दिनु हुँदैनथ्यो। अन्य बाइबल अनुवादमा ‘दुःख दिनु’ भन्‍ने वाक्यांशलाई “दुर्व्यवहार गर्नु” र “फाइदा उठाउनु” भनेर प्रयोग गरिएको छ। बुबा नभएको बालकमाथि अन्याय गर्नु परमेश्‍वरको नजरमा गम्भीर कुरा थियो। कत्तिको गम्भीर?

व्यवस्थामा अझै यस्तो लेखिएको थियो: “यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्‍चय तिनीहरूको पुकारा सुन्‍नेछु।” (पद २३) मूल हिब्रूको पद २२ मा बहुवचन “तिमीहरू” र पद २३ मा एकवचन “तिमी” प्रयोग गरिएको छ। त्यसकारण मूल भाषाअनुसार परमेश्‍वरको यो आज्ञा पालन गर्नु सम्पूर्ण राष्ट्र र व्यक्‍तिविशेषको कर्तव्य थियो। यहोवाले हेरिरहनुभएको थियो। बुबा गुमाएकाहरूले उहाँलाई पुकारा गरे भने उनीहरूको पुकारा सुन्‍न र उनीहरूलाई मदत गर्न उहाँ सधैं तयार हुनुहुन्थ्यो।—भजन १०:१४; हितोपदेश २३:१०, ११.

यदि कसैले टुहुरामाथि अन्याय गऱ्‍यो र त्यस टुहुराले परमेश्‍वरलाई पुकार्नुपऱ्‍यो भने के हुने थियो? यहोवाले यसो भन्‍नुभयो: “मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु।” (पद २४) बाइबलबारे जानकारी दिने एउटा पुस्तकअनुसार “यसले शाब्दिक रूपमा ‘मेरो नाक तात्तिनेछ’ भन्‍ने टुक्कालाई बुझाउँछ जसले प्रचण्ड रिसलाई संकेत गर्छ।” याद गर्नुहोस्‌, यो व्यवस्था कार्यान्वयन गर्ने जिम्मेवारी यहोवाले इस्राएलका मानव न्यायकर्ताहरूलाई सुम्पनुभएन। असहाय बालकबाट फाइदा उठाउने जोसुकैलाई परमेश्‍वर स्वयम्‌ले न्याय गर्नुहुने थियो।—व्यवस्था १०:१७, १८.

यहोवा परिवर्तन हुनुभएको छैन। (मलाकी ३:६) आमा वा बुबामध्ये एक अथवा आमाबुबा दुवै गुमाएका केटाकेटीप्रति उहाँ सहानुभूति राख्नुहुन्छ। (याकू. १:२७) खबरदार! अवोध टुहुराटुहुरीलाई दुर्व्यवहार गर्नेहरूमाथि यहोवाको धार्मिक क्रोध दन्कनेछ! असहाय बालकलाई शोषण गर्न खोज्नेहरू ‘परमप्रभुको भयंकर रिसदेखि’ उम्कन सक्नेछैनन्‌। (सपन्याह २:२) यी दुष्टहरूले “जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्दो कुरो हो” भनी बुझ्नेछन्‌।—हिब्रू १०:३१. (w 09 4/1)

[फुटनोट]

a मूल बाइबलमा “टुहुरा” अर्थ लाग्ने अभिव्यक्‍ति लगभग ४० पटक प्रयोग गरिएको छ। यसरी प्रयोग गरिएको हिब्रू शब्द पुलिङ्‌ग भए तापनि ती पदहरूमा आधारित सिद्धान्तले बुबा गुमाएका छोरीहरूलाई समेट्‌दैन भनेर सोच्नुहुँदैन। मोशाको व्यवस्थाले टुहुरीहरूको अधिकारको पनि संरक्षण गर्थ्यो।—गन्ती २७:१-८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने