प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ६/१ p. ३१
  • यहोवाले आफूबारे बताउनुहुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले आफूबारे बताउनुहुँदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवाका मनमोहक गुणहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • “हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ६/१ p. ३१

परमेश्‍वरको नजिक हुनुहोस्‌

यहोवाले आफूबारे बताउनुहुँदा

प्रस्थान ३४:६, ७

तपाईं परमेश्‍वरको तरिका र व्यक्‍तित्वको कसरी बयान गर्नुहुन्छ? यदि तपाईं परमेश्‍वरलाई उहाँको विषयमा सोध्न सक्नुभयो अनि उहाँले आफ्ना गुणहरू बताएको सुन्‍न सक्नुभयो भने नि? यस्तै अनुभव भविष्यवक्‍ता मोशाले गरे। खुसीको कुरा, त्यहाँ के भयो त्यो लेख्न उनी उत्प्रेरित भए।

सीनै पर्वतमा मोशाले यहोवालाई यस्तो आग्रह गरे, “बिन्ती छ, मलाई तपाईंको महिमा देखाउनुहोस्‌।” (प्रस्थान ३३:१८) अर्को दिन, यी भविष्यवक्‍तालाई परमेश्‍वरको महिमाको झलक देख्ने सुअवसर दिइयो।a मोशाले त्यो भव्य दर्शनमा के-कस्ता कुरा देखे त्यसको पूर्ण विवरण बयान गरेनन्‌। बरु, त्योभन्दा अझ गहिरो र महत्त्वपूर्ण जे परमेश्‍वरले भन्‍नुभयो, त्यही लिपिबद्व गरे। आउनुहोस्‌, यहोवाले के बताउनुभयो, हामी प्रस्थान ३४:६, ७ लाई जाँचेर पत्ता लगाऔं।

आफूबारे पहिलो कुरा यहोवाले यसरी बताउनुभयो, “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु [“दयालु र अनुग्रही,” NW]” हुनुहुन्छ। (पद ६) एक बाइबलविद्‌अनुसार “दयालु” भन्‍ने हिब्रू शब्दले परमेश्‍वरले देखाउने “कोमल अनुकम्पा”-लाई संकेत गर्छ “जस्तै बाबुले आफ्ना छोराछोरीप्रति देखाउने अनुकम्पा।” त्यस्तै “अनुग्रही” भनी अनुवाद गरिएको शब्द खाँचोमा परेको जनलाई मदत दिन हृदयबाटै उत्प्रेरित भएको व्यक्‍ति”-लाई बुझाउने क्रियासित सम्बन्धित छ। स्पष्ट छ, हामीले यो कुरा थाहा पाएको यहोवा चाहनुहुन्छ। जसरी आमाबाबुले छोराछोरीको ख्याल राख्छन्‌ त्यो पनि तिनीहरूका आवश्‍यकताप्रति गहिरो चासो र कोमल प्रेम राख्दै, त्यसरी नै यहोवा आफ्ना उपासकहरूको ख्याल राख्नुहुन्छ।—भजन १०३:८, १३.

दोस्रो कुरा यहोवाले भन्‍नुभयो, उहाँ “रीस गर्नमा ढीलो” हुनुहुन्छ। (पद ६) उहाँ तुरून्तै आफ्ना पृथ्वीमा भएका सेवकहरूसँग रिसाइहाल्नुहुन्‍न। बरु, तिनीहरूका कमीकमजोरीलाई सहेर पापपूर्ण मार्ग परिवर्तन गर्ने समय दिंदै तिनीहरूमाथि उहाँ धैर्य गर्दै हुनुहुन्छ। —२ पत्रुस ३:९.

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, उहाँ “कृपा [“करुणा,” NW] र सत्यतामा प्रशस्त हुनुहुन्छ”। (पद ६) करुणा अर्थात्‌ वफादार प्रेम बहुमूल्य गुण हो, जसले यहोवा र उहाँका मानिसबीच अटल र कहिल्यै नटुट्‌ने सम्बन्ध बनाउँछ। (व्यवस्था ७:९) यसको साथै यहोवा सत्यको स्रोत पनि हुनुहुन्छ। न त उहाँ धोका खानुहुन्छ न धोका नै दिनुहुन्छ। उहाँ “सत्य परमेश्‍वर” भएको हुनाले हामी उहाँले भनेका एक-एक कुरामा पूर्णतः भरोसा गर्न सक्छौं जसमा उहाँले भविष्यको लागि गरेको प्रतिज्ञा पनि समावेश छ।—भजन ३१:५.

यहोवा आफूबारे कुन अर्को महत्त्वपूर्ण सत्य हामीले थाहा पाएको चाहनुहुन्छ भने उहाँ “दुष्टता, अपराध, र पाप” क्षमा गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। (पद ७) पापको पश्‍चात्ताप गर्नेहरूलाई उहाँ “क्षमा गर्ने” परमेश्‍वर हुनुहुन्छ। तर अर्को तर्फ, उहाँ खराबीलाई कहिल्यै पनि हल्कासित लिनुहुन्‍न। उहाँले भन्‍नुभयो, उहाँ ‘दोषीलाई कुनै किसिमले पनि निर्दोष ठहराउनुहुन्‍न।’ (पद ७) पवित्र र न्यायी परमेश्‍वरले जानाजानी पाप गर्नेहरूलाई सजाय नदिईकन छोड्‌नुहुनेछैन। चाँडो वा ढिलो, तिनीहरूले आफ्नो पापी चालको नतिजा भोग्नुपर्नेछ।

यहोवाले आफ्नो गुणबारे बयान गरेको कुराबाट हामीले उहाँलाई चिनोस्‌ र अझ राम्रोसँग उहाँको तरिका र व्यक्‍तित्वको विषयमा परिचित होस्‌ भन्‍ने उहाँको चाहना स्पष्ट देखिन्छ। के तपाई उहाँका राम्रा गुणहरूबारे अझ सिक्न उत्पेरित हुनुहुन्‍न र? (w09 5/1)

[फुटनोट]

a मोशाले यहोवालाई वास्तवमा देखेनन्‌, कारण मानिसले परमेश्‍वरलाई हेरेर बाँच्न सक्दैन। (प्रस्थान ३३:२०) कुरा स्पष्ट छ, यहोवाले मोशालाई आफ्नो महिमाको दर्शन दिनुभयो र स्वर्गदूत मार्फत कुराकानी गर्नुभयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने