प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. १०-११
  • के तिमीले कहिल्यै एक्लो महसुस गरेका छौ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तिमीले कहिल्यै एक्लो महसुस गरेका छौ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तिनीहरूले आफ्नो शरीरको छेस्को सहे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • दाउदले अटल प्रेम देखाए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • २ समुएल विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. १०-११

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

के तिमीले कहिल्यै एक्लो महसुस गरेका छौ?

अरूले हामीलाई आफ्नो समूहमा नस्वीकार्दा हामी एक्लो महसुस गर्छौं। हाम्रो छालाको रङ्‌ग, देश वा बोल्ने र काम गर्ने तरिका अरूको भन्दा फरक हुन सक्छ। के तिमी कहिल्यै एक्लो महसुस गर्छौ?—  a

त्यस्तै महसुस गरेको एक जना मान्छेबारे विचार गरौं। उसको नाम मपीबोशेत थियो। ऊ को थियो र उसले किन त्यस्तो महसुस गऱ्‍यो, विचार गरौं। तिमीले पनि कहिल्यै एक्लो महसुस गरेका छौ भने मपीबोशेतबाट धेरै कुरा सिक्न सक्छौ।

मपीबोशेत दाऊदको प्यारो साथी जोनाथनको छोरा थियो। जोनाथन युद्धमा मर्नुभन्दा अघि उसले दाऊदलाई यसो भनेको थियो: ‘मेरा छोराछोरीलाई माया गर्नू।’ पछि दाऊद राजा भयो। वर्षौंपछि उसले जोनाथनले भनेको कुरा सम्झ्यो। त्यतिबेलासम्म पनि मपीबोशेत जिउँदै थियो। मपीबोशेत सानो छँदा ऊ एउटा नराम्रो दुर्घटनामा परेको थियो। त्यसपछि ऊ जीवनभर लङ्‌गडो भयो। मपीबोशेतले किन एक्लो महसुस गऱ्‍यो होला, तिमी भन्‍न सक्छौ?—

जोनाथनको छोरा मपीबोशेतलाई दाऊद राम्रो व्यवहार गर्न चाहन्थ्यो। त्यसैले उसले मपीबोशेतको लागि भनेर यरूशलेममा आफ्नो घरनजिकै एउटा घर बनाइदियो। आफूले खाना खाने टेबुलमा मपीबोशेतको लागि एउटा ठाउँ पनि छुट्ट्याइदियो। मपीबोशेतको हेरचाह गर्न दाऊदले सीबा भन्‍ने मान्छे, तिनका छोराहरू र नोकर चाकरहरूलाई खटायो। दाऊदले जोनाथनको छोराको साँच्चै आदर गऱ्‍यो! त्यसपछि के भयो, तिमीलाई थाह छ?—

दाऊदको घरमा धेरै समस्या आए। दाऊदका छोराहरूमध्ये एक जना अब्शालोम आफ्नो बुबाको विरुद्धमा उठेर राजा बन्‍न खोज्यो। आफ्नो ज्यान जोगाउन दाऊद भाग्नुपर्ने भयो। अरू मानिसहरू दाऊदसँगै जाँदा मपीबोशेत पनि जान चाहन्थ्यो। दाऊद नै वास्तवमा राजा हुनुपर्ने व्यक्‍ति हो भनेर दाऊदका यी साथीहरूलाई थाह थियो। तर हिंड्‌न असाध्यै गाह्रो भएकोले मपीबोशेतचाहिं जान सकेन।

मपीबोशेत आफै राजा हुन चाहेकोले दाऊदसँग नआएको हो भनेर सीबाले दाऊदलाई सुनाइदियो। दाऊदले त्यो कुरा पत्यायो! त्यसैले मपीबोशेतको भएभरको सम्पत्ति सीबालाई दियो। दाऊदले अब्शालोमलाई युद्धमा जित्यो र ऊ यरूशलेम फर्क्यो। अब दाऊदले मपीबोशेतको कुरा पनि सुन्‍न चाह्‍यो। मपीबोशेत र सीबाले सम्पत्ति आपसमा बाँड्‌नुपर्छ भनी दाऊदले निर्णय सुनायो। तिम्रो विचारमा मपीबोशेतले के गऱ्‍यो होला?—

दाऊदले गरेको निर्णय ठीक छैन भनेर उसले गुनासो गरेन। मपीबोशेतलाई थाह थियो कि राजालाई आफ्नो काम राम्ररी गर्नको लागि शान्ति चाहिन्छ। त्यसैकारण उसले सबै सम्पत्ति सीबाले नै लेओस्‌ भन्यो। यहोवाको सेवक दाऊद राजाको रूपमा यरूशलेम फर्कनु नै मपीबोशेतको लागि ठूलो कुरा थियो।

मपीबोशेतले धेरै दुःख पायो। ऊ सधैं एक्लो महसुस गर्थ्यो। तर यहोवाले उसलाई माया गर्नुभयो र उसको ख्याल राख्नुभयो। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?—हामीले जे सही छ, त्यही गर्दा समेत कसै-कसैले हामीबारे झूटो कुरा गर्न सक्छ। येशूले भन्‍नुभयो: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।” मानिसहरू येशूलाई मार्नसमेत पछि परेनन्‌! यदि हामीले जे सही छ, त्यही गऱ्‍यौं भने हामी यो कुरामा पक्का हुन सक्छौं कि साँचो परमेश्‍वर यहोवा र उहाँको छोरा येशू हामीलाई माया गर्नुहुन्छ। ( w11 -E 06/01)

आफ्नो बाइबलमा पढ

१ शमूएल २०:१५-१७, ४१, ४२

२ शमूएल ४:४; ९:१-१०; १९:२४-३०

यूहन्‍ना १५:१८

[फुटनोट]

a केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने