प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ८/१५ p. ३२
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • जैतुनको रूखको उदाहरण
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • गरिबहरूका लागि सुसमाचार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ८/१५ p. ३२

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

• बेइमान हुने झुकावको प्रतिरोध गर्न हामीलाई मदत गर्ने तीन वटा मुख्य तत्त्व के-के हुन्‌?

ती हुन्‌: (१) यहोवाप्रतिको स्वस्थकर भय विकास गर्ने। (१ पत्रु. ३:१२) (२) बाइबल प्रशिक्षित अन्तस्करण खेती गर्ने। (३) सन्तुष्टिको भाव राख्न प्रयास गर्ने।—४/१५, पृष्ठ ६-७.

• गम्भीर हुनुको मतलब आराम गर्नै हुँदैन र मानिसहरूसित रमाइलो समय बिताउनै हुँदैन भनेको हो? व्याख्या गर्नुहोस्‌।

हामी येशूको उदाहरणलाई विचार गर्न सक्छौं। येशूले अरूसँगसँगै खाना खाएर आनन्द उठाउनुभयो। हामीलाई थाह छ येशू असाध्यै गम्भीर अनि कठोर स्वभावको व्यक्‍ति हुनुहुन्‍नथ्यो। मानिसहरू अनि केटाकेटीहरूसमेत उहाँकहाँ आउन सजिलो महसुस गर्थे।—४/१५, पृष्ठ १०.

• रोमी अध्याय ११ मा बताइएको जैतुनको रूखले केलाई सङ्‌केत गर्छ?

जैतुनको रूखले अब्राहामको सन्तानको दोस्रो भाग अर्थात्‌ आध्यात्मिक इस्राएललाई संकेत गर्छ। यस प्रतीकात्मक रूखको जरा यहोवा हुनुहुन्छ र मूल काण्ड येशू हुनुहुन्छ। जब जन्मजात इस्राएलीहरूमध्ये थुप्रैले येशूलाई इन्कार गरे, येशूमा विश्‍वास गर्ने अन्यजातिहरू यस प्रतीकात्मक जैतुनको रूखमा लाक्षणिक तवरमा कलमी गरेर गाभिए। यसरी अब्राहामको सन्तानको दोस्रो भागलाई पूर्ण रूप दिइयो र तिनीहरूले फल फलाए।—५/१५, पृष्ठ २२-२५.

• के येशूबाट आउन सक्ने भावी सन्तान फिरौतीको भाग हुनसक्थे?

सक्दैनथे। येशूले चाहनुभएको भए उहाँ लाखौं त्रुटिरहित सन्तानको पुर्खा बन्‍न त सक्नुहुन्थ्यो तर उहाँबाट आउने भावी सन्तान फिरौतीको भाग भने हुनसक्ने थिएनन्‌। येशू एक्लैको त्रुटिरहित जीवन आदमको त्रुटिरहित जीवन बराबर थियो। (१ तिमो. २:६)—६/१५, पृष्ठ १३.

• प्रेषित २०:२९, ३० मा झूटा शिक्षकहरूबारे दिइएको चेतावनी मनमा राखेको कुरा ख्रीष्टियनहरूले कसरी देखाउन सक्छन्‌?

उनीहरू झूटा शिक्षकहरूलाई आफ्नो घरमा निम्तो दिंदैनन्‌ र तिनीहरूसित कुराकानी पनि गर्दैनन्‌। (रोमी १६:१७; २ यूह. ९-११) ख्रीष्टियनहरू तिनीहरूले लेखेको किताब पढ्‌दैनन्‌, तिनीहरूले तयार पारेको टिभी कार्यक्रमहरू हेर्दैनन्‌ अनि तिनीहरूले इन्टरनेटमा राखेका सामग्रीहरू पनि पढ्‌दैनन्‌।—७/१५, पृष्ठ १५-१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने