प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ११/१५ pp. २२-२३
  • के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • दिने मनोभाव खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ११/१५ pp. २२-२३

के तपाईंलाई ‘दान दिने सुअवसर पाउँदा’ खुसी लाग्छ?

फिलिप्पीका ख्रीष्टियनहरू साँचो उपासनालाई अघि बढाउन उदार भई सहयोग गर्ने व्यक्‍तिहरूको रूपमा चिनिन्थे। प्रेषित पावलले आफ्नो प्रेरित पत्रमा उनीहरूलाई यस्तो लेखे: “हरेक पटक तिमीहरूलाई सम्झँदा मेरा परमेश्‍वरलाई म सधैं धन्यवाद दिन्छु अनि तिमीहरू सबैका लागि हरेक चोटि उत्कट बिन्ती चढाउँदा म खुसीसाथ त्यसो गर्ने गर्छु, किनकि सुसमाचार सुनेको दिनदेखि अहिलेसम्म तिमीहरूले सुसमाचार फैलाउनमा योगदान पुऱ्‍याएका छौ।” (फिलि. १:३-५) लिडिया अनि तिनको परिवारले बप्तिस्मा गरेपछि तिनले पावल र उनको सहयात्रीहरूलाई कर गरेर आफ्नो घरमा लगेको कुराले पावलको मनमा अमेट छाप पारेको थियो।—प्रेषि. १६:१४, १५.

त्यसको केही समयपछि, फिलिप्पीमा भर्खरै स्थापना भएको मण्डलीले लगभग १६० किलोमिटर टाढा पर्ने थिस्सलोनिका सहरका सँगी विश्‍वासीहरूसित हप्तौंसम्म सङ्‌गत गरेका पावललाई दुई-दुई पटकसम्म सहयोग पठाए। (फिलि. ४:१५, १६) यसको केही वर्षपछि, फिलिप्पी अनि म्यासिडोनियाका भाइहरू आफैले दुःखकष्ट झेलिरहेका र “कङ्‌गाल” अवस्थाको सामना गरिरहेका भए तापनि यरूशलेममा खेदो सहिरहेका गरिब ख्रीष्टियनहरूको खाँचोबारे थाह पाएपछि तिनीहरूलाई मदत गर्न अग्रसर भए। ती भाइहरूले “आफ्नो औकातभन्दा पनि बढी” गरेको कुरा पावलले पुष्टि दिए। उनले अझै यस्तो लेखे: “पवित्र जनहरूलाई दान दिएर . . . सेवामा भाग लिने सुअवसर पाऊँ भनी तिनीहरूले हामीलाई स्वेच्छाले बिन्ती गरिरहे।”—२ कोरि. ८:१-४; रोमी १५:२६.

फिलिप्पीहरूले ख्रीष्टियन धर्म अँगालेको लगभग दस वर्षपछिसम्म पनि तिनीहरूको उदार मनोभाव यथावतै थियो। पावल रोमको कैदमा छन्‌ भन्‍ने खबर पाएपछि तिनीहरूले इपाफ्रोडाइटसलाई उनीकहाँ पठाए। इपाफ्रोडाइटस १,२८७ किलोमिटर जल र थल यात्रा गर्दै पावलको लागि आवश्‍यक कुराहरू साथमा लिएर रोम पुगे। कुरा स्पष्ट छ, झ्यालखानामा भए पनि पावलले भाइहरूलाई बलियो पार्न सकून्‌ अनि प्रचारकार्यमा टेवा पुऱ्‍याउन सकून्‌ भनेर फिलिप्पीका भाइहरू तिनको गर्जो टार्न चाहन्थे।—फिलि. १:१२-१४; २:२५-३०; ४:१८.

आज पनि साँचो ख्रीष्टियनहरू राज्य प्रचार गर्नु अनि चेला बनाउने कार्यलाई टेवा पुऱ्‍याउनुलाई सुअवसर ठान्छन्‌। (मत्ती २८:१९, २०) उनीहरू समय, शक्‍ति अनि पैसा खर्च गरेर राज्य गतिविधिलाई अघि बढाउँछन्‌। यहोवाले सुम्पनुभएको कार्यलाई समर्थन गर्न सक्ने केही तरिका तलको बाकसमा दिइएको छ।

[पृष्ठ २२-मा भएको पेटी]

स्वेच्छासाथ दिने तरिकाहरू

विश्‍वव्यापी कार्यका लागि अनुदान

“विश्‍वव्यापी कार्य” लेखिएको बाकसमा अनुदान खसाल्न धेरैजसोले केही पैसा वा बजेट छुट्ट्याउँछन्‌।

हरेक महिना मण्डलीहरूले यो पैसा आ-आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। स्वेच्छापूर्वक अनुदान दिइएको रुपैयाँ-पैसा सीधै ती कार्यालयहरूमा पठाउन पनि सकिन्छ। (तल उल्लेख गरिएको तरिकामा कसैले स्वेच्छापूर्वक अनुदान दिन्छन्‌ भने त्यो पनि यहोवाका साक्षीहरूको स्थानीय शाखा कार्यालयमा पठाउन सकिन्छ।) चेक “वाचटावर” a को नाममा भुक्‍तान हुने गरी बनाउनुपर्छ। गरगहना तथा अन्य बहुमूल्य सामानहरू पनि अनुदान दिन सकिन्छ। यस्ता अनुदानहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा सामान पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

ससर्त-अनुदान कोषको प्रबन्ध b

पैसा संसारको कुनै पनि ठाउँमा चलाउन मिल्नेगरि वाच टावरको कोषमा जम्मा गर्न सकिन्छ। तथापि, अनुरोध गरिएमा उक्‍त रकम फिर्ता दिइनेछ। थप जानकारीको लागि कृपया तपाईंको स्थानीय शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्‌।

परोपकारी योजना c

पूर्ण दान र सर्तनामा अनुदानबाहेक विश्‍वव्यापी राज्यसेवामा टेवा पुऱ्‍याउन दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्‌। ती हुन्‌:

बिमा: वाच टावरलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमअनुसार वाच टावरलाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू वाच टावरलाई पूर्णतया उपहारको रूपमा अनुदान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन पूर्णतया दानको रूपमा दिन सकिन्छ वा आफूले उपभोग गरिरहेको घर-जग्गाचाहिं अनुदानदाता बाँचुन्जेल प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ। कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

वार्षिक भत्ता पाउने गरी दिइने दान:d यो एउटा यस्तो प्रबन्ध हो जसअन्तर्गत कुनै व्यक्‍तिले रकम अथवा जायजेथा यहोवाका साक्षीहरूको कुनै कानुनी संस्थाको नाममा नामसारी गर्न सक्छ। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित वार्षिक भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने दानको प्रबन्ध गरेको वर्षमा दाताले तिर्नुपर्ने आयकरमा केही छुट पाउँछ।

वसियतनामा तथा कोष: जायजेथा वा पैसा, कानुनी वसियतनामाद्वारा वाच टावरलाई e हस्तान्तरण गर्न सकिन्छ अथवा वाच टावरलाई कोषको हकदार बनाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी योजनाका केही तरिकाहरूद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिस भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड f शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ। कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकाहरूद्वारा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। यो पुस्तिका पढेर अनि आफ्ना कानुनी वा कर सल्लाहकार र परोपकारी योजना कार्यालयसित परामर्श गरिसकेपछि धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पनि पाएका छन्‌।

थप जानकारीको लागि तपाईंले यहोवाका साक्षीहरूसित पत्राचार अथवा टेलिफोनद्वारा तल दिइएको ठेगानामा अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

नेपालका लागि

यहोवाका साक्षीहरू समाज

पोस्ट बक्स नम्बर २४४३८

कुलेश्‍वर, काठमाण्डौं

फोन नम्बर: +९७७-१-४६७०९५८

भारतका लागि

Jehovah’s Witnesses of India,

Post Box 6440,

Yelahanka,

Bangalore 560 064,

Karnataka.

Telephone: (080) 28468072

[फुटनोटहरू]

a नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “द वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ इन्डिया”-को नाममा भुक्‍तान हुने गरी बनाउनुपर्छ।

b नेपाल र भारतमा लागू हुँदैन

c ध्यान दिनुपर्ने कुरा:- करसम्बन्धी नियमहरू देशअनुसार बेग्लाबेग्लै हुन सक्छ। करसम्बन्धी कानुन र योजनाबारे बुझ्न कृपया तपाईंको लेखापाल वा वकिलसित सम्पर्क राख्नुहोस्‌। अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित पनि सम्पर्क राख्नुहोस्‌।

d नेपालमा लागू हुँदैन

e नेपालको लागि “यहोवाका साक्षीहरू समाज” को नाम र भारतको लागि चाहिं “द वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ इन्डिया”-को नाम प्रयोग गर्नुहोस्‌।

f नेपाल र भारतमा उपलब्ध छैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने