प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ३/१५ pp. ३०-३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • अश्‍लील कुराहरू
    ब्यूँझनुहोस्‌!—२०१३
  • अश्‍लील कुराले गर्ने हानि
    ब्यूँझनुहोस्‌!—२००३
  • के अश्‍लील सामग्री हानिकारक छ?
    प्रहरीधरहरा: के अश्‍लील सामग्री हानिकारक छ?
  • अश्‍लील कुरा किन यत्तिको व्यापक भएको?
    ब्यूँझनुहोस्‌!—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ३/१५ pp. ३०-३१

पाठकहरूको प्रश्‍न

अश्‍लील सामग्री हेर्ने बानीले के कुनै ख्रीष्टियनलाई मण्डलीबाट बहिष्कार हुने हदसम्म पुऱ्‍याउन सक्छ?

▪ हो, पुऱ्‍याउन सक्छ। यसबाट के स्पष्ट हुन्छ भने पत्रपत्रिका, चलचित्र, भिडियो वा इन्टरनेटमा भएका हर प्रकारका अश्‍लील सामग्री—चाहे त्यो लिखित सामग्री होस्‌ वा तस्विरहरू, त्यसबाट टाढै रहनु महत्त्वपूर्ण छ।

अश्‍लील साम्रगीहरू संसारभरि छ्यासछ्यास्ती पाइन्छन्‌। इन्टरनेटले अश्‍लील सामग्रीहरू सजिलै उपलब्ध गराइदिएको छ, जसको कारण अश्‍लील सामग्रीको लतमा फस्नेहरूको सङ्‌ख्या पनि दिनदिनै बढ्‌दो छ। केही जवान तथा वयस्कहरू अनजानमै अश्‍लील वेबसाइट हेर्न पुगेका छन्‌। अरू कतिपय भने घर वा अफिसमा कसैले नदेख्नेगरि अश्‍लील सामग्री पढ्‌न वा हेर्न सकिने भएकोले धक नमानी जानाजानी त्यस्ता वेबसाइटहरू हेर्छन्‌। अश्‍लील सामग्री ख्रीष्टियनहरूको लागि किन खतरनाक छ?

येशूले दिनुभएको यो चेतावनीमा यसको एउटा महत्त्वपूर्ण कारण पाउँछौं: “जसले कुनै स्त्रीलाई हेरिरहन्छ र आफूमा कामवासना जगाउँछ, त्यसले मनमनै ऊसित यौनसम्बन्ध राखिसकेको हुन्छ।” (मत्ती ५:२८) हुनत पतिपत्नीबीचको यौनसम्बन्ध उचित हुनुका साथै आनन्दको स्रोत पनि हो। (हितो. ५:१५-१९; १ कोरि. ७:२-५) तर अश्‍लील साम्रगीले त्यसभन्दा बाहिर ध्यान खिच्छ। यसले अवैध यौनसम्बन्धलाई बढावा दिन्छ र मानिसको मनमा येशूले चेतावनी दिनुभएको खराब विचार जगाउँछ। हो, अश्‍लील सामग्री हेर्नु वा पढ्‌नु परमेश्‍वरको यो निर्देशन विपरीत छ: “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्‌गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्‍न हुन्छन्‌: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना, खराब इच्छा अनि लालच, जो मूर्तिपूजा हो।”—कल. ३:५.

तर कुनै ख्रीष्टियनले एक-दुईचोटि मात्र अश्‍लील सामग्री हेरेका रहेछन्‌ भने नि? तिनी भजनरचयिता आसापजस्तै खतरनाक अवस्थामा हुन सक्छन्‌, जसले यसो भने: “मेरा खुट्टा झण्डै ठेस लागेका थिए। मेरा पाइलाहरू चिप्लन लागेका थिए।” कुनै ख्रीष्टियनले नग्न पुरुष तथा स्त्रीहरूको अश्‍लील तस्विर वा अवैध यौनसम्बन्ध राखिरहेको जोडीको तस्विर हेरेका रहेछन्‌ भने तिनले कसरी सफा अन्तस्करण अनि परमेश्‍वरसित शान्ति कायम राख्न सक्छन्‌ र? तिनले पनि आसापले जस्तै यस्तो महसुस गर्न सक्छन्‌: “दिनभरि म विपत्तिमा परेको छु, र बिहानैपिच्छे मैले चेताउनी पाउँदैरहें।”—भज. ७३:२, १४.

यस्तो लतमा फसेको ख्रीष्टियन ब्यूँझनु र आफूलाई मदत चाहिएको कुरा स्वीकार्नु आवश्‍यक छ। तिनले मण्डलीबाट आवश्‍यक मदत पाउन सक्छन्‌। बाइबल यसो भन्छ: “यदि कोही मानिसले अनजानमा कुनै गलत कदम चालिहाल्यो भने पनि तिमीहरू जो परिपक्व छौ, . . . नम्रताको मनोभावले यस्तो मानिसलाई सच्याउने कोसिस गर।” (गला. ६:१) मण्डलीका एक वा दुई जना एल्डरले तिनलाई आवश्‍यक मदत दिन सक्छन्‌। उनीहरूले गरेको ‘विश्‍वाससहितको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र उसको पाप क्षमा हुनेछ।’ (याकू. ५:१३-१५) परमेश्‍वरको नजिक गएर आसापले लाभ उठाए। अश्‍लील सामग्रीको लत त्याग्न मदत खोज्नेहरूले पनि लाभ उठाउनेछन्‌ किनकि यहोवासित तिनीहरूको सम्बन्ध अझ राम्रो हुनेछ।—भज. ७३:२८.

तर पाप गरेका केहीले “आफ्नो अशुद्धपन, अवैध यौनसम्बन्ध, छाडा आचरणको लागि” पश्‍चात्ताप गरेनन्‌ भनी प्रेषित पावलले बताए।a (२ कोरि. १२:२१) प्राध्यापक मार्भिन आर. भिन्सेन्टले बताएअनुसार यस पदमा “अशुद्धपन” भनी अनुवाद गरिएको ग्रीक शब्दले “नैतिक रूपमा फोहोरी हुनु” भन्‍ने अर्थ दिन्छ। दुःखको कुरा, कुनै-कुनै प्रकारका अश्‍लील साम्रगीहरू नग्न दृश्‍य वा पुरुष र स्त्रीबीचको अवैध यौनसम्बन्धको दृश्‍यभन्दा पनि खराब हुन्छन्‌। यस्ता सामग्रीहरू समलैङ्‌गिक सम्बन्ध (एउटै लिङ्‌गका व्यक्‍तिबीचको यौनसम्बन्ध), सामूहिक यौनसम्बन्ध, पशुगमन, केटाकेटीसितको यौनसम्बन्ध, सामूहिक बलात्कार, स्त्रीहरूसित निर्दयी ढङ्‌गमा राखिएको यौनसम्बन्ध, हातखुट्टा बाँधेर राखिएको यौनसम्बन्ध वा सास्ती दिएर राखिएको यौनसम्बन्धजस्ता अत्यन्तै घृणित खालका हुन्छन्‌। पावलको समयमा, “दिमाग अन्धकारमा” भएका केही मानिसहरूले “सबै नैतिक चेतना गुमाइसकेको हुनाले तिनीहरूले आफैलाई छाडा आचरणमा सुम्पे र हरकिसिमका अशुद्ध कामहरू गर्नुका साथै त्यसको लालसा गरे।”—एफि. ४:१८, १९.

पावलले गलाती ५:१९ मा पनि “अशुद्धपन”-बारे उल्लेख गरे। एक बेलायती शास्त्रविद्‌का अनुसार यसले “सम्पूर्ण अस्वाभाविक यौनइच्छालाई बुझाउन सक्छ।” माथि छलफल गरिएका अश्‍लील सामग्रीहरू घृणित छन्‌ र यसले मानिसहरूमा अस्वाभाविक यौनइच्छा जगाउँछ भन्‍ने कुरामा सबै ख्रीष्टियनहरू सहमत छन्‌। “यस्ता कुराहरूमा लागिरहने मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌” भनी पावलले गलाती ५:१९-२१ मा बताए। कुनै ख्रीष्टियनले लामो समयदेखि घृणित र भ्रष्ट खालको अश्‍लील सामग्री हेर्ने बानी नै बसालिसकेका छन्‌ र पश्‍चात्ताप गरेर फर्कंदैनन्‌ भने तिनी ख्रीष्टियन मण्डलीमा रहिरहन सक्दैनन्‌। मण्डलीको स्वच्छता र असल झुकावलाई सुरक्षित राख्न तिनलाई बहिष्कार गर्नुपर्ने हुन्छ।—१ कोरि. ५:५, ११.

खुसीको कुरा, घृणित खालका अश्‍लील सामग्री हेर्ने लतमा फसेका केही ख्रीष्टियनहरू आफ्नो समस्या लिएर एल्डरहरूकहाँ गएका छन्‌ र आमूल परिवर्तन गर्नको लागि आवश्‍यक मदत पाएका छन्‌। प्राचीन सार्डिसका ख्रीष्टियनहरूलाई येशूले यस्तो आग्रह गर्नुभयो: “मर्न तयार भएर बसेका बाँकी कुराहरूलाई बलियो बनाऊ, . . . तिमीले के पाएका छौ अनि के सुन्यौ, त्यसलाई सम्झ र ती कुराहरू पक्रिराख अनि पश्‍चात्ताप गर। तिमी जागेनौ भने . . . म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।” (प्रका. ३:२, ३) पश्‍चाताप गर्नु र आगोबाट तानेर बचाइनु सम्भव छ।—यहू. २२, २३.

त्यस्तो खतरनाक अवस्थामा आफूलाई पर्नै नदिने दृढ सङ्‌कल्प गर्नु झन्‌ राम्रो! हो, हरप्रकारका अश्‍लील सामग्रीदेखि टाढै रहन हामी प्रत्येकले दृढ अठोट गर्नैपर्छ।

[फुटनोट]

a “अशुद्धपन, अवैध यौनसम्बन्ध र छाडा आचरण”-बीचको भिन्‍नता बुझ्न प्रहरीधरहरा, अगस्त १, २००९, पृष्ठ २२-२४ हेर्नुहोस्‌।

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

अश्‍लील सामग्रीको लतमा फसेको ख्रीष्टियन ब्यूँझनु र आफूलाई मदत चाहिएको कुरा स्वीकार्नु आवश्‍यक छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने