प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ pp. १४-१५
  • तिनी पहिला अटेरी थिए तर पछि ज्ञानी भए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनी पहिला अटेरी थिए तर पछि ज्ञानी भए
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • एक योद्धा र एउटी ठिटी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • साहसपूर्वक बोल्ने ठिटी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • “तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ pp. १४-१५

आफ्ना छोराछोरीलाई सिकाउनुहोस्‌

तिनी पहिला अटेरी थिए तर पछि ज्ञानी भए

के तिमी कहिल्यै अटेरी भएका छौ? —a आमाबाबुले नहेर्नू भन्‍नुभएको कुनै टिभी शो तिमीले हेरेको होला। तर पछि आफू अटेरी भएको कुरा सम्झेर तिमीलाई दुःख लाग्यो होला। पहिला अटेरी भएर भनेको नमान्‍ने मान्छेको नाम नामान हो। तिनलाई अटेरी नहुन केले मदत गऱ्‍यो, अब हामी विचार गरौं ल।

हामी ३ हजार वर्ष पहिले बाँचिरहेको कल्पना गरौं है। नामान सिरियाका ठूला सैनिक कमान्डर हुन्‌। तिनी आफ्ना सिपाहीहरूलाई आदेश दिने गर्छन्‌ र उनीहरू नामानले भनेको मान्छन्‌। तर नामानलाई कुष्ठरोग लाग्छ। कुष्ठरोग भनेको डरलाग्दो छालाको रोग हो। त्यस रोगले गर्दा तिनी घिनलाग्दो देखिन्छन्‌। अनि तिनको घाउ पनि धेरै दुख्छ होला।

नामानकी पत्नीकी सानी दासी छिन्‌। यी सानी केटी इस्राएली हुन्‌। एक दिन यी केटीले मालिक्नीलाई आफ्नो देशका एलीशाबारे सुनाउँछिन्‌। एलीशाले नामानलाई निको पार्न सक्छन्‌ भनेर उनी बताउँछिन्‌। नामान यो कुरा सुन्‍नेबित्तिकै एलीशाकहाँ जान चाहन्छन्‌। नामान आफ्ना सिपाहीहरूसित धेरै उपहार लिएर इस्राएल जान्छन्‌। अनि इस्राएलका राजालाई भेटेपछि आफू आउनुको कारण बताउँछन्‌।

एलीशाले यो कुरा थाह पाउँछन्‌ र नामानलाई आफूकहाँ पठाइदिन राजालाई खबर पठाउँछन्‌। नामान एलीशाको घर पुग्छन्‌। तर एलीशाले भने आफ्नो समाचारवाहकमार्फत नामानलाई यस्तो खबर पठाउँछन्‌, ‘यर्दन नदीमा सात पल्ट डुबुल्की मार्नुस्‌, तपाईंको रोग निको हुनेछ।’ यो सुनेर नामानलाई कस्तो लाग्यो होला, भन त?—

नामान रिसाउँछन्‌। तिनी परमेश्‍वरको भविष्यवक्‍ताले भनेको कुरा मान्दैनन्‌। तिनी आफ्ना सिपाहीहरूलाई भन्छन्‌, ‘नुहाउनलाई हाम्रै देशमा राम्रा नदीहरू छँदै छन्‌ नि।’ नामान त्यहाँबाट गइहाल्न खोज्छन्‌। तर तिनका सिपाहीहरू के सोध्छन्‌, तिमीलाई थाह छ? — ‘यदि भविष्यवक्‍ताले तपाईंलाई कुनै गाह्रो काम गर्न लगाएको भए के तपाईं त्यो गर्नुहुन्‍न र? उहाँले तपाईंलाई यति सजिलो काम गर्न लगाउँदा झन्‌ किन नगर्ने?’

नामान आफ्ना सिपाहीहरूले भनेको कुरा मान्छन्‌। तिनले छ पल्ट नदीमा डुबुल्की मार्छन्‌। सातौं पल्ट डुबुल्की मारेर निस्कँदा नामान छक्क पर्छन्‌। किन? नामान निको हुन्छन्‌। तिनको डरलाग्दो छाला अब राम्रो हुन्छ। एलीशालाई धन्यवाद दिन तिनी तुरुन्तै ४८ किलोमिटर यात्रा गरेर उनको घर जान्छन्‌। तिनी एलीशालाई महँगा उपहारहरू दिन चाहन्छन्‌ तर उनी केही पनि लिन मान्दैनन्‌।

एलीशाले नमानेपछि नामानले नै एलीशासित केही माग्छन्‌। तिनी के माग्छन्‌, तिमीलाई थाह छ?— ‘मलाई दुई खच्चर भारी माटो लैजान दिनुहोस्‌।’ तिनले किन माटो मागे, तिमीलाई थाह छ? — परमेश्‍वरका सेवकहरू बस्ने इस्राएल देशको माटोमा आफूले परमेश्‍वरको लागि उपहारस्वरूप बलिदान चढाउन चाहेको कुरा नामान बताउँछन्‌। नामान अबदेखि यहोवा परमेश्‍वरलाई बाहेक अरू कसैलाई उपासना गर्नेछैन भनी कसम खान्छन्‌! अब तिनी अटेरी छैनन्‌, बरु साँचो परमेश्‍वरले भनेझैं गर्न इच्छुक छन्‌।

लौ भन त, तिमी पनि कसरी नामानजस्तै हुन सक्छौ? — अटेरी नामान त ज्ञानी हुन सक्यो भने तिमी पनि ज्ञानी हुन सक्छौ। नामानले जस्तै तिमीले पनि अरूसित मदत माग्नुपर्छ र अटेरी हुन छोड्‌नुपर्छ। (w12-E 06/01)

आफ्नो बाइबलमा पढ

२ राजा ५:१-१९

लूका ४:२७

[फुटनोट]

a केटाकेटीसँगै बसेर तपाईं यो लेख पढ्‌दै हुनुहुन्छ भने धर्सोले एकछिन रोकिन र बच्चालाई आफ्नो कुरा बताउने प्रोत्साहन दिन सम्झाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने