प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ p. १५
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मानिसहरूले किन शान्ति ल्याउन सकेका छैनन्‌?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ p. १५

बाइबल प्रश्‍नहरूको जवाफ

संसारमा किन शान्ति छैन?

मानिसको सोचाइ परिवर्तन गर्न सक्ने सरकारले मात्र संसारमा शान्ति ल्याउन सक्नेछ

यसको दुइटा कारण बाइबलमा बताइएको छ। एउटा, हुन त मानिसहरूले ठूलठूला कामहरू गरेका छन्‌ तर आफैलाई ठीक मार्गमा हिंडाउने शक्‍ति भने तिनीहरूसित छैन। अर्को, “सारा संसार” सैतानको हातमा परेकोले मानिसको प्रयास असफल भएको छ। त्यसकारण जति नै प्रयास गरे तापनि तिनीहरूले शान्ति ल्याउन सकेका छैनन्‌।—यर्मिया १०:२३; १ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।

मानिसहरूको स्वार्थ अनि महत्त्वाकाङ्‌क्षाले गर्दा पनि संसारमा शान्ति छैन। सही कुरालाई मनैदेखि स्वीकार्न अनि एकअर्काको ख्याल राख्न सिकाउने सरकारले मात्र संसारमा शान्ति ल्याउनेछ।—यशैया ३२:१७; ४८:१८, २२ पढ्‌नुहोस्‌।

कसले संसारमा शान्ति ल्याउनेछ?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले अहिलेका मानव सरकारहरूलाई हटाएर एउटा सरकार स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। अनि त्यही सरकारले संसारभरि शासन गर्नेछ। (दानियल २:४४) परमेश्‍वरको छोरा येशूलाई बाइबलमा शान्तिका राजकुमार भनिएको छ। येशूले पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ र मानिसहरूलाई शान्तिको बाटोमा हिंड्‌न सिकाउनुहुनेछ।—यशैया ९:६, ७; ११:४, ९ पढ्‌नुहोस्‌।

येशूको नेतृत्वमा संसारभरि लाखौं मानिसले एउटा महत्त्वपूर्ण काम गर्दै छन्‌। तिनीहरूले थुप्रैलाई एकअर्कासित कसरी शान्तिमा रहन सकिन्छ भनेर बाइबलबाट सिकाउँदै छन्‌। अब चाँडै, संसारभरि शान्ति छाउनेछ।—यशैया २:३, ४; ५४:१३ पढ्‌नुहोस्‌। (w13-E 06/01)

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ३ हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने