प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ pp. ४-५
  • मृत्युसित मानिसजातिको लडन्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्युसित मानिसजातिको लडन्त
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के मृत्युलाई हराउन सकिन्छ?
  • मानिसजाति कतिन्जेल बाँच्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मृत्युमाथि विजय—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • दीर्घ जीवनको लागि हाम्रो खोज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “मृत्यु विजयमा निलियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ pp. ४-५
मिश्री फारो

आवरण लेख | मृत्यु सबै कुराको अन्त हो?

मृत्युसित मानिसजातिको लडन्त

चिनियाँ सम्राट्‌ चिन सी ह्वाङ र स्पेनी अन्वेषक क्वान पोन्से डे लेओन

सम्राट्‌ चिन सी ह्वाङ

अन्वेषक क्वान पोन्से डे लेओन

मृत्यु एउटा डरलाग्दो शत्रु हो। यसविरुद्ध लड्‌न हामी भएभरको बल लगाउँछौं। आफूलाई एकदमै प्यारो लाग्ने कोही व्यक्‍ति गुमाउनुपर्दा हामी स्वीकार्न चाहँदैनौं। अथवा जवानीको जोसमा मृत्युले हामीलाई कहिल्यै असर गर्दैन जस्तो लाग्ला। यो भ्रममा हामी सक्दो लामो समयसम्म रुमलिरहन चाहन्छौं।

अमर रहनेबारे प्राचीन मिश्रका फारोहरू अर्थात्‌ राजाहरूले जत्तिको त कमैले सोचे होलान्‌। तिनीहरूले आफ्नोलगायत आफ्ना हजारौं कामदारको जीवन मृत्युमाथि विजय हासिल गर्ने प्रयासमा नै बिताए। तिनीहरूले बनाएका पिरामिडहरू तिनीहरूको यस्तो प्रयास र असफलताको प्रमाण हुन्‌।

चिनियाँ सम्राट्‌हरूले अमर रहनेबारे त्यस्तै सपना बोकेका थिए तर तिनीहरूले यसको लागि अर्कै सहारा लिए। त्यो हो, अमृत। सम्राट्‌ चिन सी ह्वाङले आफ्ना वैद्यहरूलाई मृत्युमाथि विजय हासिल गर्न सक्ने अमृत तयार पार्न आज्ञा दिए। तर ती वैद्यहरूले बनाएका प्रायजसो मिश्रणमा विषालु पारो पनि थियो र पछि त्यस्तै एउटा मिश्रणले तिनको ज्यान लियो।

इस्वी संवत्‌ १६ औं शताब्दीमा स्पेनी अन्वेषक क्वान पोन्से डे लेओनले जवानीको मूलको खोजीमा पोर्टो रिकोबाट समुद्री यात्रा सुरु गरे। यसै यात्रामा तिनले अमेरिकाको फ्लोरिडा भन्‍ने ठाउँ पत्ता लगाए तर केही वर्षपछि त्यहाँका अदिवासीहरूसँगको झगडामा तिनको मृत्यु भयो। जवानीको मूल भेट्टाउने प्रयास भने अहिलेसम्म अधूरै रहेको छ।

राजा, सम्राट्‌ र अन्वेषकहरू सबैले मृत्युमाथि विजयी हुने प्रयास गरेका छन्‌। यस प्रयासमा तिनीहरूले अपनाएका तरिकाहरू हामीलाई चित्त नबुझ्ला तर तिनीहरूको लक्ष्य नै गलत छ भनेर हामीमध्ये कसले भन्‍न सक्छौं र? नढाँटी भन्‍ने हो भने, हामी सबै सधैंभरि बाँच्न चाहन्छौं।

के मृत्युलाई हराउन सकिन्छ?

हामीलाई किन मृत्यु पटक्कै मन पर्दैन? बाइबलले यसको जवाफ दिन्छ। हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरबारेa यसो भनिएको छ: “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” (उपदेशक ३:११, NRV) हामी पृथ्वीको सुन्दरताको आनन्द ८०/९० वर्ष मात्र होइन तर सधैंभरि उठाउन चाहन्छौं। (भजन ९०:१०) यो हाम्रो भित्री इच्छा हो।

परमेश्‍वरले हाम्रो हृदयमा किन “अनन्तता” राखिदिनुभएको? हामीलाई जिस्क्याउन? त्यसो त पक्कै होइन। बरु, मृत्युलाई नामेट पारिनेछ भनेर परमेश्‍वर प्रतिज्ञा गर्नुहुन्छ। बाइबलमा मृत्युलाई हटाउने र अनन्त जीवनबारे परमेश्‍वरको प्रतिज्ञा पटक-पटक बताइएको छ।—“मृत्युमाथि विजय” शीर्षकको पेटी हेर्नुहोस्‌।

येशू ख्रीष्ट आफैले प्रस्टै यसो भन्‍नुभएको छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूहन्‍ना १७:३) त्यसैले मृत्युमाथिको लडाइँ निरर्थक त पक्कै होइन। तर परमेश्‍वर मात्र यो लडाइँमा विजयी हुन सक्नुहुन्छ भनेर पनि येशूले प्रस्ट पार्नुभएको छ।

a बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।

मृत्युमाथि विजय

  • “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।”—यशैया २५:८.

  • “मेरो बुबाको इच्छा यही छ कि ज-जसले छोरालाई हेर्छ र ऊमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ६:४०.

  • “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।”—१ कोरिन्थी १५:२६.

  • “[हामीसित] अनन्त जीवनको आशा . . . छ, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।”—तीतस १:२.

  • “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन।”— प्रकाश २१:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने