प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ५/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले दुष्टता र दुःखकष्ट किन रहिरहन दिनुभएको छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • परमेश्‍वरले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • संसार कसको हातमा छ?
    संसार कसको हातमा छ?
  • किन यति धेरै दुःख अनि पीडा?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ५/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

यस संसारको वास्तविक शासक को हो?

Scenes of war, crime, violence, and disasters

संसारको शासक ईश्‍वर हुनुभएको भए यति धेरै दुःखकष्ट हुन्थ्यो र?

यस संसारको शासक ईश्‍वर हो भनेर थुप्रै मानिस विश्‍वास गर्छन्‌। यदि यो कुरा साँचो हो भने पृथ्वीमा किन यति धेरै दुःखकष्ट छ? (व्यवस्था ३२:४, ५) बाइबलले बताएअनुसार यो संसार एउटा दुष्ट व्यक्‍तिको हातमा छ।—१ यूहन्‍ना ५:१९ पढ्‌नुहोस्‌।

यो संसार कसरी त्यस्तो दुष्टको हातमा पऱ्‍यो? मानव इतिहासको सुरुमा एउटा स्वर्गदूतले सृष्टिकर्ताको विरोध गऱ्‍यो र प्रथम मानव दम्पतीलाई पनि त्यसै गर्न उक्सायो। (उत्पत्ति ३:१-६) त्यस दम्पतीले विद्रोही स्वर्गदूत सैतानको कुरा मान्यो। यसरी तिनीहरूले त्यसलाई आफ्नो शासक बनायो। सर्वशक्‍तिमान्‌ ईश्‍वरसित मात्र शासन गर्ने अधिकार छ। तर त्यसो भन्दैमा आफ्नो अधीनमा राख्न उहाँ कसैलाई जबरजस्ती गर्नुहुन्‍न। बरु प्रेमले उत्प्रेरित भएर उहाँको अधीनमा बसेको चाहनुहुन्छ। (व्यवस्था ६:६; ३०:१६, १९) दुःखको कुरा, आज धेरैजसो मानिसले प्रथम मानव दम्पतीले जस्तै सैतानको बहकाउमा परेर गलत निर्णय गरेका छन्‌।—प्रकाश १२:९ पढ्‌नुहोस्‌।

कसले मानिसको समस्याको समाधान गर्नेछ?

के ईश्‍वरले सैतानको दुष्ट शासन रहिरहन दिनुहुनेछ? दिनुहुनेछैन! सैतानले गरेको सबै खराब कुरालाई सच्याउन ईश्‍वरले आफ्नो छोरा येशूलाई चलाउनुहुनेछ।—१ यूहन्‍ना ३:८ पढ्‌नुहोस्‌।

ईश्‍वरको शक्‍ति पाएर येशूले सैतानलाई नाश गर्नुहुनेछ। (रोमी १६:२०) त्यसपछि ईश्‍वरले मानिसजातिमाथि शासन गर्नुहुनेछ अनि आफ्नो उद्देश्‍यअनुरूप नै मानिसजातिलाई सुरुको जस्तै शान्तिमय अवस्थामा फर्काउनुहुनेछ।—प्रकाश २१:३-५ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने यस किताबको अध्याय ३ हेर्नुहोस्‌

www.jw.org /ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने