प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१५ pp. २३-२७
  • ‘तिमीहरू मेरा साक्षी हौ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरू मेरा साक्षी हौ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुरातन समयमा परमेश्‍वरका साक्षी
  • “हेर, म एउटा नयाँ कुरो गर्नेछु”
  • परमेश्‍वरको नामको अर्थ के हो?
  • धन्यवादी हुनुहोस्‌
  • यहोवाको महान्‌ नामको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवा आफ्नो नाम उच्च पार्नुहुन्छ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • झूटा ईश्‍वरहरूका विरुद्धमा साक्षीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरको नाम छ
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१५ pp. २३-२७
सन्‌ १९३१ मा बाइबल विद्यार्थीहरूको अधिवेशन। उक्‍त अधिवेशनमा उनीहरूले यहोवाका साक्षीहरू भन्‍ने नाम पाएका थिए

‘तिमीहरू मेरा साक्षी हौ’

“परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी हौ।’”—यशै. ४३:१०.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • इस्राएलीहरू कुन-कुन तरिकामा यहोवाको साक्षी भए?

  • परमेश्‍वरको नामको अर्थ के हो?

  • परमेश्‍वरको नामले चिनिने सुअवसरप्रति धन्यवादी भएको कसरी देखाउन सक्छौं?

१, २. (क) साक्षी कसलाई भनिन्छ अनि सञ्चार माध्यमले कुन कुरा बताएको छैन? (ख) यहोवा किन सञ्चार माध्यममा भर पर्नु हुन्‍न?

साक्षी कसलाई भनिन्छ? एउटा शब्दकोशले यसलाई यसरी व्याख्या गर्छ, “कुनै घटना आफ्नै आँखाले देखेर त्यसबारे जानकारी दिने व्यक्‍ति।” उदाहरणको लागि, दक्षिण अफ्रिकामा गत १६० वर्षदेखि निरन्तर प्रकाशित भइरहेको एउटा अखबारलाई लिनुहोस्‌। त्यो अखबारको अङ्‌ग्रेजी नाम द विट्‌नेस अर्थात्‌ नेपालीमा साक्षी हो। यो अखबारलाई साक्षी भन्‍ने नाम ठिक्क सुहाउँछ। किनकि यस अखबारको उद्देश्‍य संसारमा घटिरहेको घटनाबारे हुबहु रिपोर्ट गर्नु हो। उक्‍त अखबारका सम्पादकले यस्तो वाचा गरेका थिए, ‘यस पत्रिकाले बिलकुलै सत्य जानकारी दिन्छ, सत्य, मात्र सत्य!’

२ तर दुःखको कुरा सञ्चार माध्यमहरूले संसारमा भएका थुप्रै घटनाबारे सही जानकारी दिएको पाइँदैन। यसले परमेश्‍वर र उहाँका कामहरूबारे सत्य कुरा बताएको छैन। तर यस ब्रह्‍माण्डका सर्वोच्च शासक यहोवा सञ्चार माध्यममा भर पर्नु हुन्‍न। उहाँले भविष्यवक्‍ता इजकिएलमार्फत यसो भन्‍नुभयो, ‘अन्यजातिहरूले म यहोवा हुँ भनी जान्‍नेछन्‌।’ (इज. ३९:७) झन्डै ८० लाख साक्षीले सबै राष्ट्रका मानिसलाई यहोवाबारे र उहाँले विगतमा अनि अहिले मानिसहरूसित गर्नुभएको व्यवहारबारे बताइरहेका छन्‌। ती साक्षीहरूको सेनाले मानिसजातिको लागि परमेश्‍वरले भविष्यमा कस्तो प्रतिज्ञा गर्नुभएको छ भनेर घोषणा पनि गर्छन्‌। यशैया ४३:१० यसो भन्छ, “परमप्रभु भन्‍नुहुन्छ, ‘तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ।’” साक्षी दिने कामलाई पहिलो स्थान दिंदा हामी साँच्चै यहोवाका साक्षी हौं भन्‍ने प्रमाण दिइरहेका हुन्छौं।

३, ४. (क) बाइबल विद्यार्थीहरूले नयाँ नाम कहिले पाए र यो नाम पाउँदा तिनीहरूलाई कस्तो लाग्यो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌) (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

३ “युगयुगका महाराजा” यहोवाको नामले चिनिन पाउनु कत्ति ठूलो सुअवसर! उहाँ यसो भन्‍नुहुन्छ, “मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।” (१ तिमो. १:१७; प्रस्थ. ३:१५; उपदेशक २:१६ तुलना गर्नुहोस्‌) सन्‌ १९३१ मा बाइबल विद्यार्थीहरूले यहोवाको साक्षी भन्‍ने नाम पाए। यो नयाँ नाम पाउँदा धेरै जना खुसी भएर पत्र पठाए। यो नयाँ नाम पाएपछि यहोवालाई महिमा दिने तरिकामा जीवन बिताउन अझै उत्प्रेरित भएको कुरा क्यानाडाको एउटा मण्डलीले लेख्यो।

४ हामीले यहोवाको साक्षी नामले चिनिने सुअवसर पाएका छौं। तपाईं कसरी यसको कदर गर्नुहुन्छ? यहोवाको साक्षी भन्‍ने नाउँ हामीलाई किन दिइयो भन्‍नेबारे के तपाईं धर्मशास्त्रबाट बुझाउन सक्नुहुन्छ?

पुरातन समयमा परमेश्‍वरका साक्षी

५, ६. (क) इस्राएली आमाबाबुले कुन-कुन तरिकामा यहोवाबारे साक्षी दिनुपर्थ्यो? (ख) इस्राएली आमाबाबुले के पनि गर्नुपर्थ्यो अनि आजका आमाबाबुले पनि के गर्नुपर्छ?

५ यहोवाले इस्राएल राष्ट्रलाई आफ्नो साक्षी हुन छान्‍नुभयो। प्रत्येक इस्राएलीले उहाँबारे अरूलाई साक्षी दिने जिम्मेवारी पाएका थिए। (यशै. ४३:१०) इस्राएली आमाबाबुले आफ्ना छोराछोरीलाई परमेश्‍वरले तिनीहरूका पुर्खाहरूसित गर्नुभएको व्यवहारबारे बताएर साक्षी दिए। उदाहरणको लागि, हरेक वर्ष निस्तार चाड मनाउन निर्देशन दिनुहुँदा परमेश्‍वरले मानिसहरूलाई यसो भन्‍नुभएको थियो, “तिमीहरूका छोराछोरीले यस सेवाको अर्थ के हो भनी सोध्छन्‌। तब तिमीहरूले भन्‍नू, ‘यो परमप्रभुको निस्तार चाडको बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूको घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिं छोडेर उहाँले निस्तार गर्नुभएको थियो।’” (प्रस्थ. १२:२६, २७) फिरऊनले इस्राएलीहरूलाई यहोवाको उपासना गर्न उजाडस्थानमा जान नदिएको कुराबारे पनि ती आमाबाबुले बताएको हुनुपर्छ। फिरऊनले यसो भने, “परमप्रभु को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ?” (प्रस्थ. ५:२) यहोवाले फिरऊनलाई कसरी जवाफ दिनुभयो अनि उहाँ सर्वोच्च हुनुहुन्छ भनेर कसरी देखाउनुभयो भनी ती आमाबाबुले आफ्ना छोराछोरीलाई बताए। यहोवाले मिश्रमाथि दस विपत्ति ल्याउनुभयो र लाल समुद्रमा मिश्री सेनाबाट इस्राएलीहरूलाई बचाउनुभयो। ती इस्राएलीहरूले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ अनि उहाँले प्रतिज्ञा गर्नुभएको सबै कुरा पूरा गर्नुहुन्छ भनी देखे।

६ इस्राएलीहरूले यहोवाको नामले चिनिने सुअवसर पाएका थिए। त्यसैले तिनीहरूले यहोवाले गर्नुभएका आश्‍चर्यका कामहरू आफ्ना छोराछोरीलाई मात्र होइन, काम गर्न राखिएका विदेशी दासहरूलाई समेत बताए। त्यसैगरि इस्राएली आमाबाबुले पवित्र रहने सन्दर्भमा परमेश्‍वरको स्तरबारे छोराछोरीलाई सिकाउने आज्ञा पनि पाएका थिए। यहोवाले यसो भन्‍नुभएको थियो, “तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु, तिमीहरूका परमेश्‍वर पवित्र छु।” (लेवी १९:२; व्यव. ६:६, ७) आजका ख्रीष्टियन आमाबाबुको लागि कत्ति राम्रो पाठ! तिनीहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरको महिमित नामको आदर हुने तरिकामा जीवन बिताउन प्रशिक्षण दिनुपर्छ।—हितोपदेश १:८; एफिसी ६:४ पढ्‌नुहोस्‌।

छोराछोरीलाई पवित्र रहने सन्दर्भमा यहोवाले तोक्नुभएको स्तर पछ्याउन सिकाउँदै इस्राएली आमाबुबा

छोराछोरीलाई यहोवाबारे सिकाउँदा उहाँको नामको प्रशंसा हुन्छ (अनुच्छेद ५, ६ हेर्नुहोस्‌)

७. (क) इस्राएलीहरू यहोवाप्रति आज्ञाकारी होउन्जेल वरपरका राष्ट्रहरूले कुन कुरा देखे? (ख) परमेश्‍वरको नामले चिनिने सबैले के गर्नुपर्छ?

७ इस्राएलीहरू परमेश्‍वरप्रति आज्ञाकारी होउन्जेल तिनीहरूले उहाँबाट आशिष्‌ पाए। फलस्वरूप वरपरका राष्ट्रले यहोवाले आफ्ना मानिसहरूलाई सुरक्षा दिइरहनुभएको देखे। (व्यव. २८:१०) तर दुःखको कुरा इस्राएलीहरू अवफादार भए। तिनीहरू पटक-पटक हातले बनाएका मूर्तिहरूसामु झुके। तिनीहरू कनानी देवहरूजस्तै क्रूर भए। आफ्नै छोराछोरीलाई बलि चढाए र गरीबहरूलाई दुर्व्यवहार गरे। यसबाट आज हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हामी यहोवाको नामले चिनिन्छौं। त्यसैले पवित्र रहने विषयमा उहाँको अनुकरण गर्नुपर्छ।

“हेर, म एउटा नयाँ कुरो गर्नेछु”

८. यहोवाले यशैयालाई कस्तो आज्ञा दिनुभयो र तिनलाई कस्तो लाग्यो?

८ यहोवाले यरूशलेम सहरलाई नाश गर्न लाग्नुभएको थियो। त्यसबारे इस्राएलीहरूलाई चेतावनी दिन उहाँले यशैयालाई पठाउनुभयो। (यशै. ४३:१९) यशैयाको पहिलो छ वटा अध्यायमा यरूशलेम र वरपरका सहरहरूमाथि आउन लागेको विपत्तिबारे चेतावनी दिइएको छ। इस्राएलीहरूले पश्‍चात्ताप गर्ने छैनन्‌ भनी यहोवालाई थाह थियो। तैपनि उहाँले यशैयालाई चेतावनी दिइरहन आज्ञा दिनुभयो। इस्राएल राष्ट्र परमेश्‍वरप्रति अनाज्ञाकारी भएको देख्दा तिनलाई असाध्यै दुःख लाग्यो र कहिलेसम्म यस्तो हुने होला भनी जान्‍न चाहे। परमेश्‍वरले तिनलाई यस्तो जवाफ दिनुभयो, “जबसम्म शहरहरू बासिन्दाविनाका, र घरहरू मानिसविनाका भएर नष्ट हुँदैनन्‌, र देशचाहिं बिलकुलै उजाड हुँदैन।”—यशैया ६:८-११ पढ्‌नुहोस्‌।

९. (क) यशैयाले यरूशलेमबारे गरेको भविष्यवाणी कहिले पूरा भयो? (ख) आज हामीले कस्तो चेतावनीमा ध्यान दिनुपर्छ?

९ यशैयाले यो आज्ञा कहिले पाए? उज्जियाह राजाको शासनकालको अन्तिम वर्षमा अर्थात्‌ ईसापूर्व ७७८ मा। तिनले ईसापूर्व ७३२ सम्म चेतावनी दिइरहे। त्यतिबेला हिजकियाहले शासन गरिरहेका थिए। तिनले यो काम ४६ वर्षभन्दा लामो समयसम्म गरे। ईसापूर्व ६०७ मा यरूशलेमको विनाश नगरुन्जेल यहोवाले आफ्ना मानिसहरूलाई चेतावनी दिइरहनुभयो। यसरी इस्राएलीहरूलाई पछि हुने कुराबारे धेरै वर्ष अघि नै जानकारी दिइएको थियो। आज पनि भविष्यमा हुन लागेको कुराबारे जानकारी दिन यहोवा आफ्ना मानिसहरूलाई चलाउनुहुन्छ। प्रहरीधरहरा पत्रिकाले पनि धेरै वर्षअघि देखि नै सैतानको शासन अन्त हुनेछ अनि ख्रीष्टले पृथ्वीमा शासन गर्नुहुनेछ भनेर मानिसहरूलाई बताउँदै आएको छ।—प्रका. २०:१-३, ६.

१०, ११. बेबिलोनमा भएका इस्राएलीहरूले यशैयाको कुन भविष्यवाणी पूरा भएको देखे?

१० केही यहूदीहरू यरूशलेमको विनाश हुँदा बचे। यहोवाको आज्ञाअनुसारै तिनीहरूले आफूलाई बेबिलोनीहरूको हातमा सुम्पे र तिनीहरूलाई बेबिलोन लगियो। (यर्मि. २७:११, १२) सत्तरी वर्षपछि परमेश्‍वरका जनहरूले यशैयाको अर्को भविष्यवाणी पूरा भएको आफ्नै आँखाले देखे, “तिमीहरूलाई उद्धार गर्ने, इस्राएलका पवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खातिर म बाबेलमा मानिसहरू पठाउनेछु।’”—यशै. ४३:१४.

११ ईसापूर्व ५३९, अक्टोबर महिनाको रात यहोवाले त्यो भविष्यवाणी एकदमै अनौठो तरिकामा पूरा गर्नुभयो। बेबिलोनका राजा र भारदारहरूले यरूशलेमबाट ल्याइएका पवित्र भाँडाहरूमा दाखमद्य पिउँदै थिए र हातले बनाइएका देवताहरूको प्रशंसा गर्दै थिए। त्यति नै बेला कोरेस राजा र तिनका सेना बेबिलोनभित्र छिरे र सहर कब्जा गरे। लगभग दुई वर्षपछि कोरेसले यहूदीहरूलाई यरूशलेम फर्केर परमेश्‍वरको मन्दिर पुननिर्माण गर्ने आज्ञा दिए। यात्रामा यहोवाले तिनीहरूको हेरविचार गर्नुभयो। यी सबै कुरा यशैयाले भविष्यवाणी गरे अनुरूपै भयो। यरूशलेम फर्केर परमेश्‍वरका जनहरूले मन्दिर पुननिर्माण गरे। तिनीहरू यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ र आफ्नो प्रतिज्ञा सधैं पूरा गर्नुहुन्छ भन्‍ने कुराको साक्षी भए। यरूशलेम फर्केका यहूदीहरूलाई यहोवाले ‘मेरो प्रशंसा गरून्‌ भनेर मेरो निम्ति उत्पन्‍न गरेको’ जाति भन्‍नुभयो।—यशै. ४३:२१; ४४:२६-२८.

१२, १३. (क) इस्राएलीहरू मन्दिर पुननिर्माण गर्न फर्कंदा के भयो? (ख) “अरू भेडा”-ले कस्तो सुअवसर पाउनेछन्‌ र तिनीहरूबाट कस्तो आस गरिन्छ?

१२ इस्राएलीहरू मन्दिर पुननिर्माण गर्न फर्कंदा हजारौं विदेशी यहोवाको उपासक बने। पछि अन्यजातिका थुप्रै मानिस पनि यहूदी बने। (एज्रा २:५८, ६४, ६५; एस्त. ८:१७) आज अभिषिक्‍त ख्रीष्टियनहरू “परमेश्‍वरको इस्राएल” अर्थात्‌ परमेश्‍वरको राष्ट्र हुन्‌। “अरू भेडा”-को “ठूलो भीड”-ले यहोवाको उपासना गर्न तिनीहरूलाई साथ दिएको छ। (प्रका. ७:९, १०; यूह. १०:१६; गला. ६:१६) अभिषिक्‍त जन अनि अरू भेडाले यहोवाको साक्षी भनेर चिनिने सुअवसर पाएका छन्‌।

१३ नयाँ संसारमा ठूलो भीडले विशेष सुअवसर पाउनेछन्‌। पुनर्जीवित भएर आएकाहरूलाई तिनीहरूले अन्तको दिनमा यहोवाको साक्षीको रूपमा जीवन बिताउँदा कस्तो भयो भनेर बताउनेछन्‌। भविष्यमा यस्तो सुअवसर पाउन अहिले हामी आफूले पाएको नामअनुसारै जिउनुपर्छ र पवित्र रहन प्रयास गर्नुपर्छ। तर यहोवाको स्तरअनुरूप जीवन बिताउन अथक प्रयास गरे तापनि हामी दिनहुँ गल्ती गर्छौं। त्यसैले दिनहुँ यहोवासित क्षमा माग्नुपर्छ। साथै पवित्र रहिरह्‍यौं भने यहोवाको नामले चिनिन पाएकोमा धन्यवादी भएको देखाउन सक्नेछौं।—१ यूहन्‍ना १:८, ९ पढ्‌नुहोस्‌।

परमेश्‍वरको नामको अर्थ के हो?

१४. यहोवा नामको अर्थ के हो?

१४ यहोवाको नामले चिनिने सुअवसरको अझ धेरै कदर गर्न यस नामको अर्थबारे थाह पाउनुपर्छ। “यहोवा” नाम हिब्रू शब्दबाट लिइएको हो। यसलाई “गराउनु” भनी अनुवाद गर्न सकिन्छ र कुनै काम गर्नु भन्‍ने अर्थ दिन्छ। त्यसैले यहोवा नामको अर्थ “उहाँले गराउनुहुन्छ” भन्‍ने हो। यहोवाले यो नाम धारण गर्नुभएकोले उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर बुझ्न मदत पाउँछौं। उहाँले सबै कुरा सृष्टि गर्नुभयो। उहाँले गर्छु भनेको कुरालाई कसैले रोक्न सक्दैन, सैतानले समेत।

१५. यहोवाले मोशालाई भन्‍नुभएको कुराबाट उहाँको नामबारे के थाह पाउँछौं? (“यहोवा—अर्थपूर्ण नाम” भन्‍ने पेटी हेर्नुहोस्‌)

१५ यहोवाले मोशालाई आफ्नो नामबारे अझै प्रस्ट पार्नुभयो। मिश्रबाट आफ्ना मानिसहरूलाई छुटाउन मोशालाई पठाउँदा यहोवाले यसो भन्‍नुभयो, “म हुँ जो म हुँ।” यहाँ चलाइएको मौलिक हिब्रू वाक्यको अर्थ “म जे बन्‍न चाहन्छु, त्यही बन्छु” भन्‍ने हुन्छ। यहोवाले फेरि यसो भन्‍नुभयो, “इस्राएलीहरूलाई तैंले यसो भन्‍नू, ‘म हुँ भन्‍नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो।’” (प्रस्थ. ३:१४) यसको अर्थ आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ जे पनि बन्‍न सक्नुहुन्छ। यहोवा इस्राएलीहरूको लागि उद्धारक, रक्षक, मार्गदर्शक र प्रबन्धक हुनुभयो।

धन्यवादी हुनुहोस्‌

१६, १७. (क) परमेश्‍वरको नामले चिनिने सुअवसरप्रति धन्यवादी भएको कसरी देखाउन सक्छौं? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१६ आज पनि यहोवा परिवर्तन हुनुभएको छैन। उहाँको नामले आफ्ना जनहरूको हेरविचार गर्न उहाँ जे पनि बन्‍न सक्नुहुन्छ भनेर सम्झाउँछ। उदाहरणको लागि, जीवन धान्‍न अनि विश्‍वास बलियो बनाइराख्न चाहिने कुराहरू उहाँ हामीलाई दिनुहुन्छ। यहोवाको नामले हामीलाई उहाँबारे अर्को कुरा पनि सिकाउँछ। त्यो के हो? आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा सृष्टिलाई आफूले चाहेको तरिकामा चलाउन सक्नुहुन्छ। जस्तै, आफ्नो काम पूरा गर्न उहाँ आफ्ना साक्षीहरूलाई चलाउनुहुन्छ। यो कुरा थाह पाउँदा हामी आफ्नो नामअनुसार जिउन उत्प्रेरित हुनुपर्छ। नर्वेका कारे नाम गरेका एक जोसिलो साक्षीले यहोवाको सेवामा ७० वर्ष बिताइसके। तिनी भन्छन्‌, “युगयुगका महाराजा यहोवाको सेवा गर्न पाउनु अनि उहाँको पवित्र नामले चिनिन पाउनु ठूलो सम्मान हो। बाइबल सत्यबारे अरूलाई बताउनु र सत्य थाह पाएर मानिसहरू खुसी भएको देख्न पाउनु एकदमै ठूलो सुअवसर हो। फिरौतीको बलिदान र यसले गर्दा सम्भव भएको अनन्त जीवनबारे बताउँदा मलाई भित्रैदेखि खुसी लाग्छ।”

१७ हुन त कुनै-कुनै इलाकामा परमेश्‍वरबारे सिक्न चाहने मानिसहरू भेट्टाउनै गाह्रो छ। तैपनि सुन्‍ने मानिसहरू भेट्टाउँदा अनि तिनीहरूलाई यहोवाको नामबारे सिकाउन पाउँदा के तपाईं पनि कारेले जस्तै महसुस गर्नुहुन्‍न र? हामी यहोवाको साक्षी हौं। तर कसरी येशूको पनि साक्षी हुन सक्छौं, अर्को लेखमा छलफल गर्नेछौं।

यहोवा—अर्थपूर्ण नाम

यो नामको अर्थ के हो?

  • “उहाँले गराउनुहुन्छ”

यो नाम उहाँलाई किन सुहाउँछ?

  • यहोवाले सबै कुरा बनाउनुभयो

  • उहाँले आफ्नो इच्छा तथा उद्देश्‍य अवश्‍य पूरा गर्नुहुन्छ

यसबाट यहोवाबारे के थाह पाउन सक्छौं?

  • आफ्नो प्रतिज्ञा पूरा गर्न उहाँ जे पनि बन्‍न सक्नुहुन्छ

  • आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा सृष्टिलाई आफूले चाहेको तरिकामा चलाउन सक्नुहुन्छ

  • आफ्नो उद्देश्‍य पूरा गर्न यहोवा जुनसुकै कुरा गर्न सक्नुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने