प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ३/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रभुको साँझको भोज कसरी मनाइयो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “मेरो सम्झनामा यो गर्ने गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • स्वर्ग र पृथ्वीका कुराहरू गाभ्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ३/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

हामीले येशूको मृत्युको सम्झना किन गर्नु पर्छ?

पृथ्वीको सुन्दर बगैंचामा जीवनको आनन्द उठाइरहेका मानिसहरू

येशूको मृत्युले गर्दा भविष्यको लागि के सम्भव भयो?—यशैया २५:८; ३३:२४

येशूको मृत्यु इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना थियो। मानिसहरूले अनन्त जीवन पाऊन्‌ भनेर उहाँले मृत्यु भोग्नुभयो। वास्तवमा मानिसलाई खराब काम गर्ने स्वभाव सहित सृष्टि गरिएको थिएन न त तिनीहरूलाई बिरामी हुन वा मर्न नै सृष्टि गरिएको थियो। (उत्पत्ति १:३१) पहिलो मानिस आदमले गर्दा पाप संसारमा प्रवेश भयो। हामीलाई पाप र मृत्युको दलदलबाट बचाउन येशूले आफ्नो जीवन दिनुभयो।—मत्ती २०:२८; रोमी ६:२३ पढ्‌नुहोस्‌।

परमेश्‍वरले आफ्नो प्यारो छोरा हाम्रो लागि यस पृथ्वीमा पठाउनु भएर मानिसलाई असाध्यै माया गरेको कुरा उहाँले देखाउनुभयो। (१ यूहन्‍ना ४:९, १०) येशूले आफ्नो मृत्युको सम्झना गर्नु भनेर चेलाहरूलाई आज्ञा दिनुभयो। त्यो समारोह तिनीहरूले रोटी र दाखमद्यको प्रयोग गरेर सामान्य तरिकामा मनाउनुपर्ने थियो। हरेक वर्ष यसरी येशूको मृत्युको सम्झना गर्दा परमेश्‍वर र येशूले देखाउनुभएको मायाप्रति हामी आभारी छौं भनेर देखाइरहेका हुन्छौं।—लूका २२:१९, २० पढ्‌नुहोस्‌।

रोटी र दाखमद्य क-कसले खान्छन्‌?

येशूले पहिलो पटक चेलाहरूलाई आफ्नो मृत्युको सम्झना गर्ने आज्ञा दिनुहुँदा उहाँले तिनीहरूसित एउटा करारको विषयमा कुरा गर्नुभएको थियो। (मत्ती २६:२६-२८) यो करारले गर्दा तिनीहरू र अरू सीमित मानिसहरूले स्वर्गमा येशूसितै राजा र पूजाहारीको रूपमा शासन गर्ने सुअवसरको ढोका खुल्यो। लाखौं मानिसले येशूको मृत्युको सम्झना गरे तापनि रोटी र दाखमद्य भने त्यस करारमा बाँधिएकाहरू अर्थात्‌ स्वर्ग जाने आशा भएकाहरूले मात्र खान्छन्‌।—प्रकाश ५:१० पढ्‌नुहोस्‌।

झन्डै २,००० वर्ष अघिदेखि यहोवा परमेश्‍वरले स्वर्गमा राजा हुन योग्य व्यक्‍तिहरू छान्दै हुनुहुन्छ। (लूका १२:३२) पृथ्वीमा सधैंका लागि बसोबास गर्ने मानिसहरूको तुलनामा स्वर्ग जानेहरूको सङ्‌ख्या थोरै छ।—प्रकाश ७:४, ९, १७ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ५ हेर्नुहोस्‌

www.jw.org/neमा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने