बाइबल प्रश्नहरूको जवाफ
महान् व्यक्ति येशू मर्नुपछाडि कुनै कारण थियो कि?
हाम्रो सृष्टिकर्ता यहोवाले मानिसहरू कहिल्यै बिरामी नहोस् अनि नमरोस् भनेर बनाउनुभएको थियो। मानिसजाति सधैंभरि बाँचेको उहाँ चाहनुहुन्थ्यो। तर पहिलो मानव पुरुष आदम अनाज्ञाकारी भयो। त्यसकारण उसले सधैंभरि बाँच्ने आशा गुमाउनुपऱ्यो। आदमकै सन्तान भएको कारण हामीले पनि वंशानुगत रूपमा मृत्यु पाएका छौं। (रोमी ५:८, १२; ६:२३) तर आदमले गुमाएको त्यो जीवन मानिसहरूले फेरि पाओस् भन्ने सृष्टिकर्ता चाहनुहुन्छ। त्यसैले उहाँले आफ्नो छोरा येशूलाई यस पृथ्वीमा मर्न पठाउनुभयो।—यूहन्ना ३:१६ पढ्नुहोस्।
सधैंभरि बाँच्न सकोस् भनेर येशूले हाम्रो लागि ज्यान दिनुभयो। त्यस्तो समय आएपछि तपाईं कसरी जीवन बिताउनुहुनेछ?
येशू ख्रीष्टले मानिसजातिको लागि आफ्नो ज्यान दिनुभएको कारण हामीले पापको क्षमा पाउन सकेका छौं। यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा पनि पाउन सकेका छौं। वृद्ध अवस्था, रोग अनि मृत्यु हटेपछि यो पृथ्वी कस्तो हुनेछ, बाइबलमा राम्रोसित बताइएको छ।—यशैया २५:८; ३३:२४; प्रकाश २१:४, ५ पढ्नुहोस्।
हामीले किन येशूको मृत्युको सम्झना गर्नुपर्छ?
साधारण समारोह गरेर यो दिनको सम्झना गर्नू भनेर येशूले आफ्ना अनुयायीहरूलाई आज्ञा दिनुभयो। यसरी वर्षैपिच्छे उहाँको मृत्युको सम्झना गर्दा यहोवा र येशूले मानिसहरूलाई कत्ति माया गर्नुहुन्छ भनेर सम्झन सक्छौं।—लूका २२:१९, २०; १ यूहन्ना ४:९, १० पढ्नुहोस्।