प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१५ pp. २४-२८
  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैं यहोवालाई भरोसा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गाह्रो परिस्थिति—‘यहोवामा भरोसा राखेको’ देखाउने मौका
  • सम्बन्ध बलियो बनाउन यहोवालाई भरोसा गर्नै पर्छ
  • “सिंहको मुख”
  • यहोवाको समय पर्खौं
  • यहोवामाथिको तपाईंको भरोसालाई बलियो बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१५ pp. २४-२८
सिक्रीले बाँधिएका प्रेषित पावल रोमी सिपाहीसित

सधैं यहोवालाई भरोसा गर्नुहोस्‌

“मानिस हो, हरबखत उहाँमा नै भरोसा गर।”—भज. ६२:८.

हामीले के सिक्यौं?

  • कहिलेकाहीं यहोवाले किन हाम्रो प्रार्थनाको जवाफ तुरुन्तै दिनुहुन्‍न?

  • पहिलो कोरिन्थी १०:१३ मा यहोवाले गर्नुभएको वाचाबाट कस्तो सान्त्वना पाउन सक्छौं?

  • हामीले यहोवामा राखेको भरोसा र उहाँसित गाँसेको सम्बन्ध कसरी बलियो बनाउन सक्छौं?

१-३. यहोवामाथि पावलको भरोसा बढ्‌नुको कारण के थियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

रोमका ख्रीष्टियनहरूको जीवन त्रासले भरिएको थियो। इस्वी संवत्‌ ६४ मा रोममा ठूलो आगलागी हुँदा ख्रीष्टियनहरूलाई त्यसको दोष लगाइयो। त्यति मात्र होइन, ख्रीष्टियनहरू मानिसहरूलाई घृणा गर्छन्‌ भन्‍ने आरोप पनि तिनीहरूमाथि आइपऱ्‍यो। तिनीहरूले क्रूर सतावट भोग्नुपऱ्‍यो। तपाईं पनि त्यही समयको ख्रीष्टियन हुनुभएको भए तपाईंलाई रोमीहरूले कुनै पनि बेला गिरफ्तार गर्न सक्थे अनि तपाईंले यातना भोग्नुपर्ने हुन्थ्यो। तपाईंकै माझ भएका केही ख्रीष्टियनहरूलाई रोमीहरूले जनावरको मुखमा फालिदिन सक्थे अथवा राती उज्यालो बनाउन तिनीहरूलाई शूलीमा टाँगेर जिउँदै जलाइदिन सक्थे।

२ सम्भवतः त्यही सङ्‌कटग्रस्त समयमा प्रेषित पावललाई दोस्रो पटक रोमको झ्यालखानामा हालिएको थियो। त्यतिबेला ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरू मदत गर्न आउलान्‌ कि नआउलान्‌ भनेर तिनलाई चिन्ता लागेको हुन सक्छ। यो कुरा तिनले तिमोथीलाई लेखेको पत्रबाट स्पष्ट हुन्छ। तिनले यस्तो लेखे, “मैले पहिलो चोटि प्रतिवाद गर्दा कसैले मेरो पक्ष लिएन तर तिनीहरू सबैले मलाई त्याग्न थाले। यसको हिसाब तिनीहरूसित नलिइयोस्‌।” त्यसपछि तिनले यसो भने, “तर प्रभु मेरो नजिकै खडा हुनुभयो र उहाँले ममा शक्‍ति भरिदिनुभयो।” हो, आफूलाई सहारा दिने कोही छ भन्‍ने कुरा तिनलाई थाह थियो। प्रभु येशूले तिनलाई शक्‍ति दिनुभयो। तिनले यसो पनि भने, “उहाँले मलाई सिंहको मुखबाट छुटाउनुभयो।”—२ तिमो. ४:१६, १७.a

३ यो कुरा सम्झँदा पावलले पक्कै पनि बल पाएको हुनुपर्छ। अहिले भोग्नुपरेको परीक्षा सहन र भविष्यमा आइपर्ने जुनसुकै गाह्रो अवस्था सामना गर्न यहोवाले बल दिनुहुन्छ भनेर पावलको भरोसा बढेको हुन सक्छ। प्रभु येशूबाट पाएको मदतबारे बताएलगत्तै तिनले यसो भने, “प्रभुले मलाई हरकिसिमका दुष्ट कामहरूबाट बचाउनुहुनेछ।” (२ तिमो. ४:१८) मानिसहरूले सधैं मदत गर्न नसके पनि यहोवा र येशूले भने सधैं मदत गर्न सक्नुहुन्छ भन्‍ने कुरा पावलले आफ्नै अनुभवबाट थाह पाएका थिए।

गाह्रो परिस्थिति—‘यहोवामा भरोसा राखेको’ देखाउने मौका

४, ५. (क) तपाईंलाई कसले मात्र सधैं मदत गर्न सक्नुहुन्छ? (ख) तपाईंले के गर्नुभयो भने यहोवासित गाँसेको सम्बन्ध बलियो हुन्छ?

४ कुनै समस्या आइपर्दा तपाईंले पनि एक्लो महसुस गर्नुभएको छ? बेरोजगार हुँदा, स्कुलमा दबाब आउँदा, स्वास्थ्य समस्या भोग्नुपर्दा अथवा अरू कुनै पीडादायी परिस्थितिको सामना गर्नुपर्दा तपाईंले त्यस्तो महसुस गर्नुभएको होला। त्यस्तो अवस्थामा तपाईंले अरूसित मदत पनि माग्नुभयो होला। तर तिनीहरूले तपाईंको अवस्था नबुझ्दा र तपाईंलाई चाहिएको मदत नगर्दा तपाईंको मनै मऱ्‍यो होला। हो, कुनै-कुनै समस्या मानिसको मदतले मात्र समाधान नहुन सक्छ। त्यसैले त्यस्तो परिस्थितिमा ‘यहोवामा भरोसा राख्नुपर्छ।’ तर बाइबलको यो सुझाव पालन गर्दा केही फाइदा होला त? (हितो. ३:५, ६) के यहोवाले तपाईंलाई साँच्चै नै मदत गर्नुहोला त? पक्कै गर्नुहुन्छ। परमेश्‍वरले साँच्चै मदत गर्नुहुन्छ भन्‍ने कुरा बाइबलका थुप्रै विवरणबाट स्पष्ट हुन्छ।

५ मानिसहरूले तपाईंलाई मदत गर्न नसक्दा मनमा रिस पालेर नबस्नुहोस्‌। बरु प्रेषित पावलले जस्तै यस्तो परिस्थितिलाई यहोवामा भर पर्ने र उहाँको मायालु हेरचाह पाएको अनुभव गर्ने मौकाको रूपमा हेर्नुहोस्‌। यसो गर्दा तपाईंले यहोवालाई अझ भरोसा गर्न सिक्नुहुनेछ अनि उहाँसित गाँसेको सम्बन्ध बलियो हुनेछ।

सम्बन्ध बलियो बनाउन यहोवालाई भरोसा गर्नै पर्छ

६. समस्याले पिरोलिरहेको बेला यहोवालाई भरोसा गर्न किन गाह्रो हुन सक्छ?

६ तपाईंलाई कुनै समस्याले पिरोलिरहेको छ होला अनि तपाईंले समस्या सुल्झाउन आफूले सक्नेजति सबै गरिसक्नुभयो होला। त्यसैले ढुक्क भएर यहोवालाई प्रार्थना गर्नुहोस्‌ र परिस्थितिलाई उहाँको हातमा छोडिदिनुहोस्‌। (भजन ६२:८; १ पत्रुस ५:७ पढ्‌नुहोस्‌) यसरी यहोवालाई भरोसा गर्नुभयो भने तपाईं उहाँसित अझ नजिक हुनुहुनेछ। तर उहाँमा भरोसा राखिराख्न सधैं सजिलो हुँदैन। किन? एउटा कारण हो, यहोवाले कहिलेकाहीं प्रार्थनाको जवाफ तुरुन्तै दिनुहुन्‍न।—भज. १३:१, २; ७४:१०; ८९:४६; ९०:१३; हब. १:२.

७. यहोवाले कहिलेकाहीं हाम्रो प्रार्थनाको तुरुन्तै जवाफ दिनुहुन्‍न, किन?

७ हाम्रो सबै प्रार्थनाको जवाफ यहोवाले किन तुरुन्तै दिनुहुन्‍न? यहोवाले उहाँ र हाम्रो सम्बन्धलाई बुबा र छोराको सम्बन्धसित तुलना गर्नुभएको छ। (भज. १०३:१३) एक जना छोराले आफूले चाहेको सबै कुरा बुबाले पूरा गरिदिएको आस गर्न मिल्दैन अनि उसले ती चाहनाहरू तुरुन्तै पूरा होस्‌ भन्‍ने आस गर्न पनि मिल्दैन। उसले मागेको कुनै-कुनै कुरा उसलाई साँच्चै चाहिएको नहुन सक्छ अनि कुनै-कुनै कुराको लागि भने उसले केही समय पर्खनुपर्ने हुन्छ। अथवा बुबाले छोरा र अरूको भलाइबारे विचार गर्दै उसको माग पूरा नगरिदिन सक्छ। त्यति मात्र होइन, बुबाले छोराको सबै चाहना पूरा गरिदिंदा तिनले छोरालाई आफ्नो मालिक बनाइरहेका हुन्छन्‌। यसरी बुबा र छोराको सम्बन्ध मालिक र नोकरको जस्तो हुन सक्छ। त्यसैगरि यहोवालाई हाम्रो भलाइ केमा छ भन्‍ने कुरा थाह भएकोले कहिलेकाहीं हाम्रो प्रार्थनाको जवाफ तुरुन्तै दिनुहुन्‍न र यो उहाँको अधिकार हो। किनकि उहाँ हाम्रो बुद्धिमान्‌ सृष्टिकर्ता, माया गर्ने मालिक र बुबा हुनुहुन्छ। तर उहाँले हाम्रो सबै चाहना तुरुन्तै पूरा गरिदिएको आस गर्छौं भने हामी नै यहोवाको मालिक बन्‍न खोजिरहेका हुन्छौं।—यशैया २९:१६; ४५:९ तुलना गर्नुहोस्‌।

८. यहोवालाई हाम्रो सीमितता थाह भएकोले हामीसित कस्तो वाचा गर्नुभएको छ?

८ यहोवालाई हाम्रो सीमितता पनि राम्ररी थाह छ। (भज. १०३:१४) त्यसैले हामीले आफ्नै बलको भरमा सबै कुरा सहेको उहाँ चाहनुहुन्‍न। बरु उहाँले हामीलाई बुबाको नाताले मदत गर्नुहुन्छ। हो, कहिलेकाहीं हामीलाई अब सहन सक्दिनँ जस्तो लाग्न सक्छ। तर यहोवाले हामीसित हामीले सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिन्‍नँ भनेर वाचा गर्नुभएको छ। हो, उहाँले हामीलाई परीक्षाबाट “उम्कने बाटो पनि खोलिदिनुहुनेछ।” (१ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌) हामीले कतिसम्म सहन सक्छौं, त्यो उहाँलाई राम्ररी थाह छ।

९. मदतको लागि प्रार्थना गर्दा तुरुन्तै जवाफ पाएनौं भने के गर्नुपर्छ?

९ हाम्रो प्रार्थनाको जवाफ कहिले दिनुपर्छ भनेर परमेश्‍वरलाई थाह छ। त्यसैले मदतको लागि प्रार्थना गर्दा तुरुन्तै जवाफ पाएनौं भने पनि धैर्य गरौं। उहाँ हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ तर हाम्रो प्रार्थनाको जवाफ दिने उपयुक्‍त समयलाई पर्खंदै हुनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सौं। बाइबल यसो भन्छ, “तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभुले पर्खनुहुनेछ, किनकि परमप्रभु इन्साफ गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका होऊन्‌।”—यशै. ३०:१८.

“सिंहको मुख”

१०-१२. (क) परिवारमा कसैलाई दीर्घकालीन रोग लाग्दा परिस्थिति किन झनै गाह्रो हुन सक्छ? (ख) गाह्रो परिस्थितिमा यहोवाबाट मदत पाएको महसुस गर्दा उहाँसित गाँसेको सम्बन्ध कस्तो हुन्छ? एउटा अनुभव बताउनुहोस्‌।

१० असाध्यै कठिन परिस्थितिमा तपाईंले पनि पावलजस्तै आफू “सिंहको मुख”-मा परेको अथवा पर्नै लागेको महसुस गर्नुहुन्छ होला। यस्तो बेला हामीलाई यहोवामा भर पर्न गाह्रो लाग्न सक्छ तर यो उहाँमा अझ धेरै भरोसा राख्ने समय हो। उदाहरणको लागि, तपाईंको परिवारमा कसैलाई दीर्घकालीन रोग लागेको छ अनि तपाईं तिनको हेरचाह गरिरहनुभएको छ। यस्तो बेला तपाईं बल र बुद्धिको लागि यहोवासित मदत माग्नुहुन्छ होला।b तपाईंले आफ्नो तर्फबाट गर्न सक्ने जति सबै गरिसक्नुभयो होला। त्यसैले यहोवाले तपाईंको अवस्था बुझ्नुहुन्छ अनि वफादार रहिरहन मदत गर्ने सबै कुरा उहाँले दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यसो गर्दा तपाईंको मन शान्त हुन्छ।—भज. ३२:८.

११ तर आफ्नो समस्या नियाल्दा यहोवाले मदत गर्नुभएको छैन जस्तो तपाईंलाई लाग्न सक्छ। एकातिर बिरामीको अवस्था देखेर तपाईंलाई गाह्रो भइरहेको छ होला। त्यसमाथि डाक्टरहरूको कुरा आपसमा बाझिंदा तपाईं झन्‌ अलमल्लमा पर्नुहुन्छ होला। तपाईंका आफन्तहरूले पनि तपाईंको अवस्था बुझिदिनुको साटो समस्यामाथि समस्या थपिदिन सक्छन्‌। तैपनि बलको लागि यहोवामा भर पर्नुहोस्‌। उहाँसित अझ नजिक हुनुहोस्‌। (१ शमूएल ३०:३, ६ पढ्‌नुहोस्‌) जब तपाईंले यहोवाबाट मदत पाएको महसुस गर्नुहुन्छ, उहाँसित गाँसेको तपाईंको सम्बन्ध अझ बलियो हुन्छ।

१२ सुनिताc भन्‍ने बहिनीले पनि त्यस्तै महसुस गरिन्‌। उनका आमाबुबा लामो समयसम्म बिरामी परेका थिए। आमाबुबाको मृत्यु नहोउन्जेल उनले हेरचाह गरिन्‌। उनी यसो भन्छिन्‌, “त्यो परिस्थितिमा म, मेरो श्रीमान्‌ र मेरो भाइलाई असाध्यै गाह्रो भएको थियो। बेलाबेलामा के गर्ने होला, कसो गर्ने होला भनेर हामी अलमल्लमा पर्थ्यौं। कहिलेकाहीं त मदत गर्ने कोही पनि छैन जस्तो लाग्थ्यो। तर अहिले सम्झँदा यहोवाले हामीलाई धेरै मदत गर्नुभएको थियो भन्‍ने कुरामा पक्का छौं। अब कुनै उपाय छैन जस्तो लागेको बेला यहोवाले हामीलाई चाहिएकै मदत दिनुभयो अनि उहाँले सबै कुरा सहने बल पनि दिनुभयो।”

१३. एक पछि अर्को समस्या आइपरे पनि यहोवामा भर पर्दा एक जना बहिनीले कस्तो मदत पाइन्‌?

१३ यहोवामा पूर्णतया भर पऱ्‍यौं भने एकपछि अर्को समस्या आइपर्दा पनि सहने बल पाउँछौं। प्रमिला नाम गरेकी बहिनीको श्रीमान्‌ यहोवाको साक्षी होइनन्‌। उनका श्रीमान्‌ उनीसित सम्बन्धविच्छेद गर्ने तरखरमा थिए। त्यतिबेलै ती बहिनीको भाइलाई लुपस भन्‍ने प्राण घातक रोग लागेको थाह भयो। त्यसको केही महिनापछि उनको भाइकी श्रीमतीको पनि मृत्यु भयो। जीवनमा यत्रो बज्रपात आइपरे तापनि उनले जसोतसो आफूलाई सम्हालिन्‌ र नियमित अग्रगामी सेवा गर्न थालिन्‌। तर त्यसलगत्तै उनकी आमाको पनि मृत्यु भयो। यो सबै सहन प्रमिलालाई केले मदत गऱ्‍यो? उनी भन्छिन्‌, “मैले दिनदिनै यहोवासित कुरा गरें। स-साना निर्णयहरू गर्नुपर्दा समेत उहाँलाई प्रार्थना गरें। यसरी म यहोवासित अझ नजिक भएँ। आफू वा अरू कसैमाथि नभई मैले यहोवामाथि भरोसा राख्न सिकें। उहाँले मलाई साँच्चै मदत गर्नुभयो। मेरा सबै आवश्‍यकताहरू उहाँले पूरा गरिदिनुभयो। त्यसैले उहाँ सँगसँगै हिंडेको महसुस गर्न सकें।”

बहिष्कार भएको छोरा घर छोडेर जाँदा आमाबुबाले एकअर्कालाई सम्झाउँदै

यहोवासित गाँसेको सम्बन्धलाई बिगार्न सक्ने परीक्षाहरू परिवारभित्रै पनि आइपर्न सक्छ (अनुच्छेद १४-१६ हेर्नुहोस्‌)

१४. परिवारमा कोही बहिष्कार भएको छ भने यहोवासित गाँसेको सम्बन्ध कसरी बलियो बनाइराख्न सक्नुहुन्छ?

१४ अर्को एउटा परिस्थिति पनि विचार गरौं। मानिलिनुहोस्‌, तपाईंको परिवारमा कोही बहिष्कार भयो। त्यस्तो व्यक्‍तिसित कस्तो व्यवहार गर्ने भन्‍ने विषयमा बाइबलले दिएको निर्देशन तपाईंलाई राम्ररी थाह छ। (१ कोरि. ५:११; २ यूह. १०) तैपनि बहिष्कारको निर्णयलाई समर्थन गर्न कहिलेकाहीं गाह्रो हुने मात्र होइन, असम्भव जस्तो पनि देखिन सक्छ।d बहिष्कारको विषयमा बाइबलले दिएको सल्लाहअनुसार चलिरहन यहोवाले तपाईंलाई आवश्‍यक बल दिनुहुन्छ भनेर के तपाईं भरोसा गर्न सक्नुहुन्छ? यस्तो अवस्थालाई यहोवासित गाँसेको सम्बन्ध अझ बलियो बनाउने अवसरको रूपमा हेर्नुहुन्छ कि?

१५. अदनको बगैंचामा आदमले किन यहोवाको आज्ञा तोडे?

१५ पहिलो मानिस आदमलाई सम्झनुहोस्‌। के तिनले यहोवाको आज्ञा तोडेर पनि बाँचिरहने आस गर्न मिल्थ्यो? अहँ, मिल्दैनथ्यो। किनभने बाइबल प्रस्टै यसो भन्छ, “आदमलाई बहकाइएको होइन।” (१ तिमो. २:१४) त्यसो हो भने तिनले किन यहोवाको आज्ञा तोडे? आदमले आफ्नी श्रीमतीको कुरा सुनेर त्यो फल खाए किनभने तिनले आफ्नी श्रीमतीलाई यहोवालाई भन्दा बढी माया गरे। तिनले यहोवाको कुरा सुन्‍नुभन्दा हव्वाको कुरा सुन्‍न रुचाए।—उत्प. ३:६, १७.

१६. हामीले कसलाई सबैभन्दा धेरै माया गर्नुपर्छ? किन?

१६ के यसको अर्थ हामीमा परिवारका सदस्यहरूको लागि गहिरो माया हुनु नै हुँदैन भन्‍ने हो? त्यसो त होइन। तर हामीले परिवारलाई भन्दा यहोवालाई धेरै माया गर्नुपर्छ। (मत्ती २२:३७, ३८ पढ्‌नुहोस्‌) यसो गऱ्‍यौं भने परिवारका सदस्यहरूलाई पनि मदत गर्न सक्छौं, चाहे तिनीहरूले अहिले यहोवाको सेवा गरिरहेका होऊन्‌ या नहोऊन्‌। त्यसैले यहोवालाई अझ धेरै माया गर्ने र भरोसा गर्ने प्रयास गर्नुहोस्‌। परिवारमा कोही बहिष्कार भएकोले तपाईं चिन्तित हुनुहुन्छ भने प्रार्थना गरेर यहोवालाई आफ्नो मनको बह पोख्नुहोस्‌।e (रोमी १२:१२; फिलि. ४:६, ७) यस्तो अत्यन्तै दुःखद अवस्थालाई यहोवासित गाँसेको सम्बन्ध अझ बलियो बनाउने अवसरको रूपमा हेर्नुहोस्‌। यसो गर्नुभयो भने यहोवाले आफ्नो समयमा तपाईंको अवस्था सुधार्नुहुनेछ भनेर विश्‍वास गर्न सक्नुहुनेछ।

यहोवाको समय पर्खौं

दुई जना बहिनी घरघरको प्रचारमा भाग लिंदै

यहोवाको सेवामा व्यस्त रहेर उहाँमा भरोसा राखेको देखाउनुहोस्‌ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. प्रचारकार्यमा व्यस्त हुँदा यहोवालाई भरोसा गरिरहेका हुन्छौं, कसरी?

१७ पावललाई किन ‘सिंहको मुखबाट छुटाइयो?’ त्यसको कारण तिनी यसरी बताउँछन्‌, “ताकि मद्वारा प्रचारको काम राम्ररी पूरा होस्‌ अनि सबै जातिले यो सुनून्‌।” (२ तिमो. ४:१७) हामी पनि पावलजस्तै प्रचारकार्यमा व्यस्त भयौं भने हामीलाई आवश्‍यक परेको सबै कुरा यहोवाले ‘दिनुहुनेछ’ भनेर उहाँमा भरोसा राखिरहेका हुन्छौं। (मत्ती ६:३३) प्रचारकको हैसियतमा हामी “सुसमाचार सुम्पिन योग्य” ठहरिएका छौं अनि यहोवाले हामीलाई आफ्नो “सहकर्मी”-को रूपमा हेर्नुभएको छ। (१ थिस्स. २:४; १ कोरि. ३:९) यहोवाको सेवामा जति सक्रिय हुन्छौं, उहाँको मदत पाउने समय पर्खन हामीलाई त्यति नै सजिलो हुन्छ।

१८. हामीले यहोवामा राखेको भरोसा र उहाँसित गाँसेको सम्बन्ध कसरी बलियो बनाउन सक्छौं?

१८ हरेक दिन यहोवासित घनिष्ठ हुने प्रयास गरौं। कुनै कुराले गर्दा हामी चिन्तित छौं भने त्यसलाई यहोवासित अझ नजिक हुने मौकाको रूपमा हेरौं। यहोवाको वचन गहिरिएर अध्ययन गरौं, नियमित तवरमा प्रार्थना गरौं अनि यहोवासित अझ नजिक हुन मदत गर्ने गतिविधिहरूमा भाग लिइरहौं। यसो गऱ्‍यौं भने अहिले अनि भविष्यमा आइपर्ने जस्तोसुकै गाह्रो परिस्थितिमा पनि यहोवाले हामीलाई मदत गर्न सक्नुहुन्छ भनेर भरोसा गरिरहेका हुन्छौं।

a पावल साँच्चैको सिंहबाट अथवा अरू कुनै खतराबाट जोगिएका हुन सक्छन्‌।

b बिरामीलाई र बिरामीको स्याहारसुसार गर्नेहरूलाई मदतकारी हुने लेखहरू हाम्रा प्रकाशनहरूमा छापिएका छन्‌। मे १, २०१०; डिसेम्बर १५, २०११ र अप्रिल-जून, २०१३ अङ्‌कको प्रहरीधरहरा हेर्नुहोस्‌।

c नामहरू परिवर्तन गरिएका छन्‌।

d यसै अङ्‌कको “बहिष्कार—यो किन मायालु प्रबन्ध हो?” भन्‍ने लेख हेर्नुहोस्‌।

e परिवारमा कोही बहिष्कार हुँदा त्यस्तो दुःखद अवस्थाको सामना गर्न मदत गर्ने उद्देश्‍यले विभिन्‍न लेखहरू तयार पारिएका छन्‌। अक्टोबर १, २००१ को प्रहरीधरहरा, पृष्ठ १३-१८ र अगस्त २००२ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३-४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने