प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जून p. २१
  • “तिम्रो बुद्धि धन्यको हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रो बुद्धि धन्यको हो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • अबीगेल र दाऊद
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • विवेकी स्त्रीले विपत्ति रोकिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • कसै-कसैको सम्झना कसरी गरिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जून p. २१
अबीगेल

“तिम्रो बुद्धि धन्यको हो”

माथिका शब्दहरू पुरातन इस्राएलका दाऊदले एउटी स्त्रीको प्रशंसा गर्दा भनेका हुन्‌। उनको नाम अबीगेल हो। दाऊदले किन उनको प्रशंसा गरे? उनको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

राजा शाऊलदेखि भाग्दै गर्दा दाऊदले ती विवाहित स्त्रीलाई भेटेका थिए। अबीगेलका पति नाबाल थिए। तिनी असाध्यै धनी थिए। दक्षिणी यहूदाको पहाडी इलाकामा तिनको धेरै वस्तुभाउ थियो। दाऊद र उनका मानिसहरू “पर्खालजस्तै” भएर नाबालका गोठालाहरू र भेडा-बाख्राहरूको रक्षा गर्थे। एक दिन दाऊदले सन्देशवाहकहरू पठाएर आफू र आफ्ना मानिसहरूको लागि नाबालसँग “जे दिनसक्नुहुन्छ दिनुहोस्‌” भनेर खानेकुरा माग्न पठाए। (१ शमू. २५:८, १५, १६) दाऊद र उनका मानिसहरूले नाबालको वस्तुभाउ र गोठालाहरूलाई सुरक्षा दिएको कुरा विचार गर्दा उनले खानेकुराको माग गर्नु जायजै थियो।

नाबाल नामको अर्थ “मूर्ख” हो। हुन पनि तिनले त्यस्तै व्यवहार देखाए। दाऊदले गरेको आग्रहलाई तिनले ठाडै इन्कार गरे। त्यसैले नाबालको त्यस्तो रुखो अनि अपमानजनक व्यवहारको लागि सजाय दिन दाऊद तम्सिए। नाबालको मूर्खतापूर्ण व्यवहारले गर्दा तिनी र तिनको पूरै परिवारले ठूलो मोल चुकाउनुपर्ने भयो।—१ शमू. २५:२-१३, २१, २२.

आफ्नो परिवारमाथि आउन लागेको विपत्तिबारे सुनेपछि अबीगेल साहसी हुँदै दाऊदलाई भेट्‌न गइन्‌। अबीगेलले दाऊदसित आदर देखाउँदै कुरा गरिन्‌ अनि तिनले चाल्ने कदमले यहोवासितको सम्बन्धमा कस्तो असर पार्ला भनेर सोच्न लगाइन्‌। उनले भावी राजा दाऊद र तिनका मानिसहरूको लागि प्रशस्त खानेकुरा दिइन्‌। दाऊदले यहोवासामु दोषी ठहरिने काम गर्न लागेका थिए। आफूलाई त्यस्तो काम गर्नदेखि रोक्न परमेश्‍वरले नै अबीगेललाई पठाउनुभएको हो भनेर दाऊदले बुझे। दाऊदले उनलाई यसो भने: “तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।”—१ शमू. २५:१८, १९, २३-३५.

असल कुराहरूको कदर नगर्ने नाबालजस्तो हामी कहिल्यै हुन चाहँदैनौं। साथै कुनै गलत कुरा हुन लागेको छ भन्‍ने कुरा याद गऱ्‍यौं भने त्यसलाई रोक्न हामीले सक्दो गर्नुपर्छ। हामी पनि भजनरचयिताको भनाइसित सहमत छौं, जसले परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्‌।”—भज. ११९:६६, NRV.

हाम्रो काममा बुद्धि झल्केको अरूले याद गर्न सक्छन्‌। तिनीहरूले त्यो कुरा शब्दमा व्यक्‍त गरून्‌ या नगरून्‌, तिनीहरूले दाऊदले जस्तै यस्तो महसुस गर्न सक्छन्‌: “तिम्रो बुद्धि धन्यको हो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने