प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ६०
  • अबीगेल र दाऊद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अबीगेल र दाऊद
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • तिनले बुद्धिमानी कदम चालिन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • “तिम्रो बुद्धि धन्यको हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • विवेकी स्त्रीले विपत्ति रोकिन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पतिको अधीनमा बस्नु—यसको अर्थ के हो?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ६०
अबीगेलले दाऊद र तिनका मानिसहरूका लागि खानेकुरा लिएर आउँछन्‌

कथा ६०

अबीगेल र दाऊद

दाऊदलाई भेट्‌न आइरहेकी त्यो सुन्दरी को हो, तिमीलाई थाह छ? उसको नाउँ अबीगेल हो। ऊ बुद्धिमती छे र उसले दाऊदलाई एउटा खराब काम गर्नबाट रोक्छे। तर पहिला हामी दाऊदलाई के हुन्छ, थाह लगाऔं।

शाऊलदेखि भागेर दाऊद ओढारमा लुक्छ। उसका दाइहरू अनि अरू सबै परिवार दाऊद लुकेको ओढारमा आउँछन्‌। जम्माजम्मी ४०० जति मान्छे दाऊदकहाँ आउँछन्‌ र दाऊद उनीहरूको नाइके बन्छ। त्यसपछि दाऊद मोआबको राजाकहाँ गएर यसो भन्छ: ‘मलाई के हुन्छ, थाह नलागुन्जेल, कृपया मेरो बुबा र आमालाई तपाईंकहाँ बस्न दिनुहोस्‌।’ यसपछि, दाऊद र उसका मान्छेहरू डाँडाहरूतिर लुक्न थाल्छन्‌।

यसको केही समयपछि दाऊद र अबीगेलको भेट हुन्छ। अबीगेलको पति नाबाल धनी जमिनदार थियो। उसका ३,००० भेडा र १,००० बाख्राहरू थिए। तर नाबाल निष्ठूर अनि नीच स्वभावको मान्छे थियो। उसकी पत्नी अबीगेल असाध्यै सुन्दरी थिई। ऊ बुद्धिमती पनि थिई। एक पटक उसले आफ्नो परिवारको ज्यानसमेत बचाउँछे। कसरी, हामी हेरौं।

दाऊद र उसका मान्छेले नाबालका भेडा-बाख्राहरूको हेरचाह गरेका हुन्छन्‌। यसकारण एकदिन दाऊदले आफ्ना मान्छेहरूलाई नाबालकहाँ मदत माग्न पठाउँछ। नाबाल आफ्ना मान्छेहरूसित मिलेर भेडाको ऊन खौरिरहेको बेला दाऊदका मान्छेहरू आइपुग्छन्‌। त्यतिखेर नाबालको घरमा भोज भइरहेको हुन्छ र त्यहाँ थुप्रै मीठा-मीठा खानेकुरा पाकिरहेको हुन्छ। दाऊदका मान्छेहरूले नाबाललाई यसो भन्छन्‌: ‘हामीले तपाईंका मान्छेहरूसित राम्रो व्यवहार गऱ्‍यौं। तपाईंको एउटा पनि भेडा चोरेनौं। बरु उल्टो तिनीहरूको राम्ररी हेरचाह गरिदियौं। त्यसकारण कृपया हामीलाई अलिकता खानेकुरा दिनुहोस्‌।’

तर नाबालले यस्तो जवाफ दिन्छ: ‘तिमीहरू जस्तो काम न धामका मान्छेहरूलाई म खानेकुरा दिन्‍नँ।’ उसले असाध्यै छुच्चो भएर दाऊदको विषयमा नराम्रो कुरा बोल्छ। दाऊदका मान्छेहरू फर्केर आएपछि दाऊदलाई सबै कुरा बताउँछन्‌। उनीहरूको कुरा सुनेर दाऊद असाध्यै रिसाउँछ। उसले आफ्ना मान्छेहरूलाई यसो भन्छ: ‘सबैले आ-आफ्नो तरबार भिर!’ अनि उनीहरू सबै जना नाबाल र उसका मान्छेहरूलाई मार्न हिंड्‌छन्‌।

नाबालले छुच्चो कुरा गरेको सुन्‍ने एक जना मान्छेले अबीगेललाई गएर सबै बताउँछ। अबीगेल तुरुन्तै खानेकुरा तयार पार्छे र गधामाथि राखेर दाऊदलाई भेट्‌न जान्छे। दाऊदलाई भेटेपछि ऊ गधाबाट ओर्लिन्छे, दण्डवत्‌ गर्छे र भन्छे: ‘हजुर, मेरो पति नाबालको कुरालाई ध्यान नदिनुहोस्‌। ऊ मूर्ख छ र मूर्ख काम गर्छ। मैले तपाईंका लागि उपहार ल्याएकी छु। कृपया स्वीकार्नुहोस्‌ र जे भयो, त्यसका लागि हामीलाई माफी दिनुहोस्‌।’

दाऊद यसो भन्छ: ‘तिमी बुद्धिमती रहिछौ। नाबालसित खराबीको बदला लिन र उसको हत्या गर्नदेखि तिमीले मलाई रोक्यौ। अब ढुक्क भएर घर फर्क।’ पछि नाबाल मर्छ र दाऊदले अबीगेललाई पनि बिहे गर्छ।

१ शमूएल २२:१-४; २५:१-४३.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने