प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जुलाई p. ३१-p. ३२ par. ५
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मैले आत्मरक्षाका जुक्‍तिहरू सिके कसो होला?
    ब्यूँझनुहोस्‌!—१९९५
  • ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवाका साक्षीहरू किन युद्धमा भाग लिंदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जुलाई p. ३१-p. ३२ par. ५

पाठकहरूको प्रश्‍न

ख्रीष्टियनहरूले आत्मरक्षाको लागि बन्दुकजस्ता हतियार राख्नु उचित हो?

आत्मरक्षाको लागि के गर्ने भनेर निर्णय गर्न ख्रीष्टियनहरू बाइबलका सिद्धान्तहरूमा भर पर्छन्‌। ती सिद्धान्त विचार गर्दा ख्रीष्टियनहरूले कुनै पनि प्रकारको बन्दुक आफूसित राख्नु हुँदैन भनेर प्रस्ट हुन्छ। आउनुहोस्‌, केही सिद्धान्त विचार गरौं:

यहोवाको नजरमा मानिसको जीवन पवित्र छ। भजनरचयिता दाऊदले यहोवाबारे यस्तो लेखे: “जीवनको मूल तपाईंसँग छ।” (भज. ३६:९) त्यसैले यदि कुनै ख्रीष्टियनले आत्मरक्षा गर्न वा सरसम्पत्ति जोगाउन आक्रमणकारीको प्रतिकार गर्ने निर्णय गर्छन्‌ भने पनि तिनले आफ्नो हातबाट कसैको ज्यान जान नदिन सकेजति गर्नुपर्छ।—व्यव. २२:८; भज. ५१:१४.

आत्मरक्षाको लागि जुनसुकै हतियार प्रयोग गरिए तापनि त्यसबाट मानिसको ज्यान जान सक्ने खतरा त हुन्छ। तर बन्दुक हो भने त्यसबाट ज्यान जान सक्ने सम्भावना अझ प्रबल हुन्छ, चाहे त्यो अनजानमा होस्‌ वा जानाजानी।a अर्को कुरा, आक्रमणकारी पहिल्यै हडबडाइरहेको हुन सक्छ। त्यसमाथि उसले अर्को व्यक्‍तिसित बन्दुक देख्यो भने परिस्थिति झनै तनावपूर्ण हुन सक्छ अनि कसैको ज्यान जान सक्छ।

येशूले आफ्नो जीवनको अन्तिम रात चेलाहरूलाई तरबार बोक्न भन्‍नुभयो। तर आत्मरक्षाको लागि भनेर उहाँले त्यो तरबार बोक भन्‍नुभएको थिएन। (लूका २२:३६, ३८) आत्मरक्षा गर्न हिंसा गर्नु हुँदैन, यहाँसम्म कि हतियारधारी भीडको सामना गर्नुपर्दा समेत हिंसा गर्नु हुँदैन भनेर बुझाउन येशू त्यो तरबार उदाहरणको रूपमा प्रयोग गर्न चाहनुहुन्थ्यो। (लूका २२:५२) पत्रुसले प्रधान पुजारीको दासलाई तरबारले हानेपछि येशूले पत्रुसलाई यस्तो आदेश दिनुभयो: “तिम्रो तरबार म्यानमै राख।” त्यसपछि येशूले आज हामी सबैलाई लागू हुने महत्त्वपूर्ण सिद्धान्त बताउनुभयो: “तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।”—मत्ती २६:५१, ५२.

परमेश्‍वरका जनहरू मीका ४:३ मा बताइएअनुसार ‘आफ्नो तरवार पिटेर हलोको फाली र भालाहरू चाहिं हँसिया बनाउँछन्‌।’ साँचो ख्रीष्टियनहरू शान्तिप्रिय मानिस भनेर चिनिन्छन्‌। तिनीहरू प्रेषित पावलले दिएको यो सल्लाहअनुसार चल्छन्‌: “कसैलाई खराबीको बदला खराबी नगर। . . . सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर।” (रोमी १२:१७, १८) हुन त पावलले “डाँकुहरूको खतरा” अनि अरू थुप्रै कठिनाइ भोगेका थिए। तर आफ्नो ज्यानै खतरामा पर्दा समेत तिनी आफ्नो वचनअनुसारै चले। तिनले आत्मरक्षाको लागि कहिल्यै बाइबलको सिद्धान्तविपरीत काम गरेनन्‌। (२ कोरि. ११:२६) बरु तिनी परमेश्‍वर र उहाँको वचनमा पाइने बुद्धिमा भर परे, जुन “युद्धका हातहतियारभन्दा . . . असल हो।”—उप. ९:१८.

ख्रीष्टियनहरू भौतिक कुरालाई भन्दा जीवनलाई मूल्यवान्‌ ठान्छन्‌। “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिंदैन।” (लूका १२:१५) त्यसैले हतियारधारी लुटेरासित शान्तपूर्वक कुरा गर्दा पनि परिस्थिति साम्य हुन सकेन भने ख्रीष्टियनहरूले येशूको यो सल्लाह पालन गर्नु बुद्धिमानी हुन्छ: “दुष्टको प्रतिकार नगर।” त्यसैले तपाईंले आफ्नो वा अरूको ज्यान जोगाउन तिनीहरूको प्रतिकार गर्नुको साटो तिनीहरू जे चाहन्छन्‌, त्यो तिनीहरूलाई दिनुपर्ने हुन सक्छ। (मत्ती ५:३९, ४०; लूका ६:२९)b रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भनेजस्तै हामी पनि त्यस्तो खतरामा नपर्न पहिल्यै सचेत हुनु राम्रो हो। यदि हामी “भड्‌किलो जीवनशैली” बिताउँदैनौं अनि छिमेकीहरूको नजरमा शान्तिप्रिय मानिसको रूपमा चिनिएका छौं भने अपराधीहरूको तारो हुनदेखि जोगिन सक्छौं।—१ यूह. २:१६, फुटनोट; हितो. १८:१०.

ख्रीष्टियनहरू अरूको अन्तस्करणको आदर गर्छन्‌। (रोमी १४:२१) यदि मण्डलीको कुनै सदस्यले आत्मरक्षाको लागि बन्दुक राखेको छ भनेर सङ्‌गी भाइबहिनीले थाह पाए भने तिनीहरू चकित हुन सक्छन्‌ अथवा ठक्करसमेत खान सक्छन्‌। भाइबहिनीप्रतिको प्रेमले हामीलाई आफ्नो भन्दा तिनीहरूको भलाइलाई पहिलो स्थान दिन उत्प्रेरित गर्छ, चाहे हामीले कानुनी अधिकार नै पाएका किन नहोऔं।—१ कोरि. १०:३२, ३३; १३:४, ५.

ख्रीष्टियनहरू उदाहरणीय हुन अथक प्रयास गर्छन्‌। (२ कोरि. ४:२; १ पत्रु. ५:२, ३) यदि कुनै ख्रीष्टियनले आत्मरक्षाको लागि बन्दुक राखेका छन्‌ भने एल्डरहरूले तिनलाई बाइबलमा आधारित सल्लाह दिनेछन्‌। तर तिनले त्यो सल्लाह स्विकारेनन्‌ भने तिनलाई उदाहरणीय ख्रीष्टियन मानिनेछैन। तिनी मण्डलीमा कुनै जिम्मेवारी वा विशेष सुअवसर पाउन योग्य हुनेछैनन्‌। यही सिद्धान्त बन्दुक बोक्नुपर्ने काम गर्ने ख्रीष्टियनलाई पनि लागू हुन्छ। त्यसैले बन्दुक बोक्नु नपर्ने अरू नै काम खोज्नु बेस हुन्छ।c

आफू र आफ्नो परिवार अनि सरसम्पत्तिको रक्षा कसरी गर्ने अथवा कस्तो जागिर खाने भन्‍ने कुरा व्यक्‍तिगत कुरा हो। तर त्यस्ता निर्णय गर्दा ख्रीष्टियनहरूले बाइबलका सिद्धान्तहरू विचार गर्नुपर्छ। यहोवा बुद्धिमान्‌ परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई माया गरेर ती सिद्धान्त दिनुभएको हो। त्यसैले यहोवासित बलियो सम्बन्ध भएका ख्रीष्टियनहरू आत्मरक्षाको लागि आफूसित बन्दुक राख्दैनन्‌। परमेश्‍वरमाथि भरोसा राख्दा अनि बाइबलको सिद्धान्तअनुरूप जीवन बिताउँदा साँचो अनि चिरस्थायी सुरक्षा पाइन्छ भन्‍ने कुरामा तिनीहरू विश्‍वस्त छन्‌।—भज. ९७:१०; हितो. १:३३; २:६, ७.

महासङ्‌कष्टको दौडान ख्रीष्टियनहरूले आक्रमणकारीहरूको प्रतिकार गर्नेछैनन्‌ बरु तिनीहरू यहोवामाथि भर पर्नेछन्‌

महासङ्‌कष्टको दौडान ख्रीष्टियनहरूले आक्रमणकारीहरूको प्रतिकार गर्नेछैनन्‌ बरु तिनीहरू यहोवामाथि भर पर्नेछन्‌

a कुनै ख्रीष्टियनले खानेकुराको लागि जनावरको सिकार गर्न वा जङ्‌गली जनावरबाट बच्न आफूसित बन्दुक राख्ने निर्णय गर्न सक्छन्‌। तर बन्दुक प्रयोग नहुने अवस्थामा त्यसलाई गोली नभरीकन अथवा पार्टपुर्जा छुट्ट्याएर सुरक्षित ठाउँमा राख्नु बेस हुन्छ। कुनै देशमा बन्दुक राख्नु गैर-कानुनी मानिन्छ, त्यो राख्न प्रतिबन्ध लगाइएको छ वा त्यसबारे कुनै नियम-कानुन छ भने त्यो पालन गर्नुपर्छ।—रोमी १३:१.

b सन्‌ १९९३ मा पुस्तिकाको रूपमा प्रकाशित ब्यूँझनुहोस्‌! पत्रिकाको “बलात्कारदेखि कसरी बच्ने” भन्‍ने लेख हेर्नुहोस्‌।

c हातहतियार बोक्नुपर्ने जागिर खाने कि नखाने भन्‍नेबारे थप जानकारीको लागि प्रहरीधरहरा, नोभेम्बर १, २००५, पृष्ठ ३१ अनि जुलाई १५, १९८३, पृष्ठ २५-२६ (अङ्‌ग्रेजी) हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने