प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 नोभेम्बर pp. १८-१९
  • “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • “यो काम महान्‌ छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 नोभेम्बर pp. १८-१९
बालक शमूएललाई हन्‍ना बासस्थानमा ल्याउँछिन्‌

“उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ”

बलिदान चढाउनु पुरातन समयदेखि नै साँचो उपासनाको अभिन्‍न भाग बन्दै आएको छ। इस्राएलीहरू जनावरको बलिदान चढाउँथे; ख्रीष्टियनहरू पनि “प्रशंसाको बलिदान” चढाउने व्यक्‍ति भनेर चिनिंदै आएका छन्‌। तर यहोवालाई खुसी बनाउन हामीले चढाउन सक्ने अरू बलिदानहरू पनि छन्‌। (हिब्रू १३:१५, १६) यस्ता बलिदान चढाउँदा हामी आनन्दित हुन्छौं अनि यहोवाबाट आशिष्‌ पनि पाउँछौं। यो कुरा निम्न उदाहरणहरूबाट बुझ्न सक्छौं।

यहोवाप्रति वफादार स्त्री हन्‍नालाई विचार गरौं। उनी एउटा छोरा चाहन्थिन्‌ तर उनी बाँझी थिइन्‌। यहोवालाई प्रार्थना गर्दा उनले आफ्नो छोरा भएमा “त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु” भनेर भाकल गरिन्‌। (१ शमू. १:१०, ११) पछि हन्‍ना गर्भवती भइन्‌ अनि शमूएललाई जन्माइन्‌। शमूएललाई दूध छुटाएपछि हन्‍नाले आफूले भाकल गरेअनुसारै बासस्थानमा लगिन्‌। उनको आत्मत्यागी मनोवृत्ति देखेर यहोवाले उनलाई आशिष्‌ दिनुभयो। उनले अरू पाँच जना छोराछोरी पनि जन्माइन्‌। पछि गएर शमूएल एक भविष्यवक्‍ता भए अनि उनले बाइबलका केही पुस्तक पनि लेखे।—१ शमू. २:२१.

हन्‍ना अनि शमूएलजस्तै आज ख्रीष्टियनहरूले पनि सृष्टिकर्ता यहोवाको सेवा गर्ने सुअवसर पाएका छन्‌। यहोवाको उपासना गर्न हामी जे-जति त्याग गर्छौं, त्यसको लागि प्रशस्तै आशिष्‌ पाउनेछौं भनेर येशूले प्रतिज्ञा गर्नुभयो।—मर्कू. १०:२८-३०.

प्रथम शताब्दीकी तबीतालाई विचार गरौं। उनी मण्डलीका सदस्यहरूलाई मदत गर्न “थुप्रै असल काम र दानपुण्य गर्थिन्‌।” तर दुःखको कुरा, “उनी बिरामी परिन्‌ र मरिन्‌,” जसले गर्दा मण्डलीका सबै जना शोकमा परे। पत्रुस त्यही इलाकामा छन्‌ भन्‍ने सुनेपछि चेलाहरूले तिनलाई झट्टै आइहाल्न बिन्ती गरे। पत्रुसले आएर तबीतालाई पुनर्जीवित गरेपछि सबै जना कत्ति आनन्दित भए होलान्‌, कल्पना गर्नुहोस्‌ त! कुनै प्रेषितले कसैलाई पुनर्जीवित गरेको यो पहिलो पटक थियो। (प्रेषि. ९:३६-४१) परमेश्‍वरले तबीताले चढाएका बलिदानहरू बिर्सनुभएको थिएन। (हिब्रू ६:१०) हामीले उनको राम्रो उदाहरण पछ्याउन सकोस्‌ भनेर यहोवाले उनले देखाएको उदारताको विवरण आफ्नो वचन बाइबलमा लेख्न लगाउनुभएको छ।

उदार मनको भएर अरूलाई चासो देखाउने अनि समय दिने सन्दर्भमा प्रेषित पावलले पनि एकदम राम्रो उदाहरण बसालेका छन्‌। तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई यस्तो लेखे: “म तिमीहरूका निम्ति हाँसी-खुसी खर्च गर्छु र आफू पनि पूरै खर्चिन्छु।” (२ कोरि. १२:१५) अरूको खातिर त्यागहरू गर्दा आफू सन्तुष्ट हुने मात्र होइन तर अझ महत्त्वपूर्ण कुरा, यहोवाको अनुमोदन अनि आशिष्‌ पनि पाउँछौं। यो कुरा पावल आफैले अनुभव गरेका थिए।—प्रेषि. २०:२४, ३५.

हो, हामीले आफ्नो समय अनि शक्‍ति राज्य गतिविधिलाई अघि बढाउन र भाइबहिनीलाई मदत गर्न प्रयोग गर्दा यहोवा खुसी हुनुहुन्छ। राज्यको सुसमाचार सुनाउने काममा सघाउन हामीले गर्न सक्ने अरू कुरा पनि छन्‌ कि? पक्कै छन्‌! यहोवाको सेवामा आफ्नो समय र शक्‍ति खर्च गर्नुको अलावा हामी स्वैच्छिक अनुदान दिएर पनि परमेश्‍वरको महिमा गर्न सक्छौं। ती अनुदान विश्‍वव्यापी प्रचारकार्यको लागि प्रयोग गरिन्छ। यसमा मिसनरीलगायत अरू विशेष पूर्ण-समय सेवकहरूको आवश्‍यकता पूरा गर्नु समावेश छ। साथै, प्रकाशन तथा भिडियोहरू तयार पार्न अनि अनुवाद गर्न, प्राकृतिक प्रकोप आइपर्दा राहतकार्यको प्रबन्ध गर्न अनि राज्यभवनहरू बनाउन पनि ती अनुदानहरू प्रयोग गरिन्छ। “उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ” भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। त्यति मात्र होइन, आफ्नो धन-सम्पत्ति यहोवाको सेवामा अर्पण गर्दा हामीले उहाँको महिमा गरिरहेका हुन्छौं।—हितो. ३:९; २२:९, NRV.

विश्‍वव्यापी कार्यका लागि अनुदान दिने तरिकाहरू

प्रेषित पावलको समयमा जस्तै आज थुप्रैले “केही” पैसा ‘छुट्ट्याएर राख्छन्‌’ अनि “विश्‍वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्‌। (१ कोरि. १६:२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ। तपाईंको देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थाको नाम थाह पाउन शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌। ठेगानाको लागि www.jw.org/ne हेर्नुहोस्‌। तपाईंले सीधै पठाउन सक्ने अनुदान यसप्रकार छन्‌:

सर्त नराखी दिइने अनुदान

  • इलेक्ट्रोनिक बैंक ट्रान्सफर, डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल मनी ट्रान्सफरद्वारा अनुदान पठाउन सकिन्छ। कुनै-कुनै शाखामा jw.org वा अरू वेबसाइटमार्फत पनि अनुदान पठाइन्छ।

  • नगद, गरगहना तथा अन्य बहुमूल्य निजी सम्पत्ति। यस्तो नगद वा सामग्री पठाउँदा त्यो सर्त नराखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

सर्त राखी दिइने अनुदान

  • अनुदान दिने व्यक्‍तिलाई आवश्‍यक परेमा फिर्ता गर्ने गरी दिइने नगद अनुदान।

  • उक्‍त अनुदान सर्त राखी दिइएको अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

परोपकारी योजना

नगद, बहुमूल्य निजी सम्पत्ति र अन्य कुरा दिएर पनि परमेश्‍वरको राज्यसम्बन्धी कामलाई टेवा पुऱ्‍याउन सकिन्छ। ती तल सूचीमा दिइएका छन्‌। तीमध्ये जुनसुकै तरिका प्रयोग गरे तापनि पहिला आफ्नो देशको शाखा कार्यालयसित सम्पर्क गरेर उपलब्ध तरिका पत्ता लगाउनुहोस्‌। हरेक देशको कानुनी आवश्‍यकता र करसम्बन्धी नियम फरक हुन्छ। त्यसैले अनुदान दिने सबैभन्दा उपयुक्‍त तरिका छान्‍नुअघि कर तथा कानुनसम्बन्धी जानकार परामर्शदाताहरूको सल्लाह लिनु महत्त्वपूर्ण छ।

बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खाता स्थानीय बैंकको नियमअनुसार यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

घर तथा जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई सर्त नराखी दानको रूपमा दिन सकिन्छ वा दाताले उपभोग गरिरहेको घर-जग्गाचाहिं तिनी बाँचुन्जेल तिनले नै प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ।

इच्छा पत्र तथा कोष: जायजेथा वा पैसालाई कानुनी इच्छा पत्रद्वारा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्न सकिन्छ अथवा उक्‍त संस्थालाई कोषको हकदार बनाउन सकिन्छ। यस प्रबन्धले गर्दा करसम्बन्धी केही छुट पाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिबाट यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी अनुदानका केही तरिकाद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउन चाहने व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिश भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड पुस्तिका तयार पारिएको छ। कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकामा कसरी दान दिन सक्छ भन्‍ने जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। आफ्नो देशको करसम्बन्धी नियम वा अन्य कानुनी नियमहरूले गर्दा यस पुस्तिकामा भएको जानकारी तपाईंको अवस्थासित हुबहु नमिल्न सक्छ। परोपकारी अनुदान दिने यस्ता तरिकाहरू प्रयोग गरेर धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गरेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पाएका छन्‌। तपाईंको देशमा यो पुस्तिका उपलब्ध छ भने आफ्नो मण्डलीको सचिवबाट एक प्रति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि jw.org/ne को गृहपृष्ठको तलतिर “हाम्रो कामको लागि अनुदान दिने” लिङ्‌क क्लिक गर्नुहोस्‌ वा शाखा कार्यालयसित सम्पर्क गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने