प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 डिसेम्बर p. १३
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • यहोवामा शरण लिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 डिसेम्बर p. १३

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

आप्रवासी आमाबाबुले छोराछोरीलाई आध्यात्मिक मदत दिने सन्दर्भमा किन भाषाको कुरा विचार गर्नुपर्छ?

तपाईंको छोराछोरीले स्कुल वा अरू मानिसहरूबाट स्थानीय भाषा सिक्छन्‌होला। तपाईंका छोराछोरीले दुइटा भाषा जानेका छन्‌ भने त्यो तिनीहरूको लागि उपयोगी हुन्छ। स्थानीय भाषाको मण्डली र आमाबाबुको भाषाको मण्डलीमध्ये कुनमा उपस्थित हुँदा छोराछोरीले सत्यलाई राम्रोसँग बुझेर आध्यात्मिक उन्‍नति गर्न सक्छन्‌ भनी आमाबाबुले विचार गर्नुपर्छ। ख्रीष्टियन आमाबाबु आफ्नो रुचिलाई भन्दा छोराछोरीको आध्यात्मिक हितलाई पहिलो स्थान दिन्छन्‌।—w१७.०५, पृ. ९-११.

“के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?” भनेर येशूले पत्रुसलाई सोध्नुहुँदा उहाँले “यिनीहरू” भनेर कुन कुरालाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो? (यूह. २१:१५)

येशूले अगाडि भएको माछालाई र/वा माछा मार्ने व्यवसायलाई सङ्‌केत गर्दै यो प्रश्‍न सोध्नुभएको थियो जस्तो देखिन्छ। येशूको मृत्युपछि पत्रुस आफ्नो पहिलेकै पेसा अर्थात्‌ माछा मार्ने काममा फर्किए। आफ्नो कामलाई कत्तिको महत्त्व दिइरहेको छु भनेर प्रत्येक ख्रीष्टियनले जाँच्नु आवश्‍यक छ।—w१७.०५, पृ. २२-२३.

अब्राहामले किन आफ्नी पत्नीलाई “म तिनको बहिनी हुँ” भन्‍न लगाए? (उत्प. १२:१०-१३)

सारा वास्तवमै अब्राहामकी सौतेनी बहिनी थिइन्‌। साराले आफू अब्राहामकी पत्नी हुँ भनेकी भए अब्राहामको ज्यान पनि जान सक्थ्यो। त्यसो भएमा परमेश्‍वरले तिनलाई प्रतिज्ञा गर्नुभएको सन्तान जन्मन सम्भव हुने थिएन।—wp१७.३, पृ. १४-१५.

हिब्रू भाषा सिक्न चाहनेहरूको लागि एलियास हुटरले कस्तो तरिका प्रयोग गरे?

तिनी आफ्ना विद्यार्थीहरूले बाइबलमा प्रयोग गरिएका हिब्रू शब्दहरूको मूल शब्द अनि प्रत्यय र उपसर्ग छुट्ट्याउन सकून्‌ भन्‍ने चाहन्थे। त्यसैले तिनले मूल शब्द गाढा अक्षरमा अनि प्रत्यय र उपसर्गलाई पातलो अक्षरमा छापे। अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद—सन्दर्भसहित बाइबलको फुटनोटमा यस्तै शैली प्रयोग गरिएको छ।—wp१७.४, पृ. ११-१२.

आत्मरक्षाको लागि हतियार राख्ने सन्दर्भमा ख्रीष्टियनहरूले कस्ता कुराहरू विचार गर्नुपर्छ?

विचार गर्नुपर्ने केही कुराहरू हुन्‌: परमेश्‍वरको नजरमा जीवन पवित्र छ। येशूले आफ्ना चेलाहरूलाई आत्मरक्षाको लागि तरबार बोक भन्‍नुभएको थिएन। (लूका २२:३६, ३८) हामीले तरबार पिटेर हलोको फाली बनाउनुपर्छ। भौतिक कुराभन्दा जीवन मूल्यवान्‌ छ। हामी अरूको अन्तस्करणको आदर गर्छौं र उदाहरणीय हुन चाहन्छौं। (२ कोरि. ४:२)—w१७.०७, पृ. ३१-३२.

येशूको जन्म अनि बाल्यकालबारे मत्ती र लूकाले लेखेको विवरण किन फरक-फरक छ?

मत्तीको विवरणमा यूसुफसित सम्बन्धित घटनाहरू धेरै पाइन्छन्‌। जस्तै: मरियम गर्भवती हुँदा यूसुफले देखाएको प्रतिक्रिया अनि स्वर्गदूतले यूसुफलाई सपनामा मिश्र भाग्न र पछि इस्राएल फर्कन दिएको निर्देशन। लूकाको विवरणमा भने मरियमसित सम्बन्धित घटनाहरू धेरै पाइन्छन्‌। जस्तै: तिनी आफ्नो नातेदार इलीशिबालाई भेट्‌न गएको विवरण अनि बालक येशू मन्दिरमा फेला पर्नुहुँदा तिनले देखाएको प्रतिक्रिया।—w१७.०८, पृ. ३२.

परमेश्‍वरको वचन के-कस्ता अवस्थाहरूमा अटल रहँदै आएको छ?

समय बित्दै जाँदा बाइबलमा प्रयोग गरिएका शब्द र अभिव्यक्‍तिको अर्थ परिवर्तन भएको छ। राजनैतिक परिवर्तनले मानिसहरूको भाषामा असर पारेको छ। बाइबललाई आम मानिसको भाषामा अनुवाद गर्ने काममा अवरोधहरूको सामना गर्नुपरेको छ।—w१७.०९, पृ. १९-२१.

के प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ?

छैन। आफ्ना चेलाहरूको रखवाली गर्ने स्वर्गदूतहरूले परमेश्‍वरको मुहार हेरिरहेका हुन्छन्‌ भनेर येशूले भन्‍नुभयो। (मत्ती १८:१०) उहाँले आफ्नो प्रत्येक चेलाको रक्षा गर्न स्वर्गदूतहरू खटाइएका छन्‌ भन्‍न खोजिरहनुभएको थिएन बरु आफ्ना चेलाहरूको कामकुरामा स्वर्गदूतहरूले पनि चासो राख्छन्‌ भनेर बताउँदै हुनुहुन्थ्यो।—wp१७.५, पृ. ५.

सबैभन्दा उत्तम किसिमको प्रेम कुन हो?

सही सिद्धान्तमा आधारित अगापे प्रेम सबैभन्दा उत्तम किसिमको प्रेम हो। यसमा स्नेह र न्यानो भावना मुछिएको हुन्छ। यस्तो प्रेमले अरूको हित हुने निःस्वार्थ व्यवहार गर्न उत्प्रेरित गर्छ।—w१७.१०, पृ. ७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने