प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जून p. ३
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जून p. ३

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

परमेश्‍वरको सङ्‌गठनबाट निर्देशन पाउँदा क्षेत्रीय निरीक्षक, एल्डर र अरू नियुक्‍त पुरुषहरूले के गर्नुपर्छ?

तिनीहरूले तुरुन्तै निर्देशन स्विकार्नुपर्छ। प्रत्येकले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नु राम्रो हो: ‘के म आफ्ना दाजुभाइ दिदीबहिनीको आध्यात्मिकतालाई अझ बलियो बनाउँछु? के म दिइएको निर्देशन तुरुन्तै स्विकार्छु अनि त्यसलाई समर्थन गरिहाल्छु?’—w१६.११, पृ. ११.

साँचो ख्रीष्टियनहरू कहिले बेबिलोनको कैदमा परे?

प्रेषितहरूको मृत्यु भएको केही समयपछि साँचो ख्रीष्टियनहरू बेबिलोनको कैदमा परे। बिस्तारै पादरीवर्ग देखा पर्न थाल्यो। धर्मत्यागी ख्रीष्टियन धर्मले रोम साम्राज्यको गैर-ख्रीष्टियन धार्मिक सङ्‌गठनहरूसित साठगाँठ गरिसकेको थियो। तिनीहरूले थोरै सङ्‌ख्यामा भएका गहुँरूपी अभिषिक्‍त ख्रीष्टियनहरूको कुरा सुनेनन्‌। सन्‌ १९१४ अघिका वर्षहरूतिर अभिषिक्‍त ख्रीष्टियनहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त हुन थाले।—w१६.११, पृ. २३-२५.

“शारीरिक इच्छाहरूमा मन लगाउनु” र “परमेश्‍वरका कुराहरूमा मन लगाउनु”-बीच कस्तो भिन्‍नता छ? (रोमी ८:६)

शारीरिक इच्छाहरूमा मन लगाउनेहरू आफ्नो पापपूर्ण स्वभावअनुसारै जिउँछन्‌। तिनीहरू शारीरिक इच्छासित सम्बन्धित विषयहरूमा मात्र कुरा गरिरहन्छन्‌ अनि त्यसैको वाहवाही गर्छन्‌। परमेश्‍वरको कुराहरूमा मन लगाउने मानिस पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्छन्‌ र त्यसैको अधीनमा बस्छन्‌ अनि परमेश्‍वर र उहाँको सोचाइअनुसार चल्छन्‌। शारीरिक इच्छाहरूमा मन लगाउनुको अर्थ मृत्यु हो तर परमेश्‍वरका कुराहरूमा मन लगाउनुको अर्थचाहिं जीवन अनि शान्ति हो।—w१६.१२, पृ. १५-१७.

चिन्ता कम गर्ने केही व्यावहारिक तरिका के-के हुन्‌?

प्राथमिकता तय गर्नुहोस्‌, आफूबाट बढ्‌ता माग नगर्नुहोस्‌, हरेक दिन आफ्नो लागि केही समय निकाल्नुहोस्‌, यहोवाको सृष्टि हेरेर रमाउनुहोस्‌, प्रसन्‍न रहनुहोस्‌, ज्यादै गम्भीर नहुनुहोस्‌, नियमित व्यायाम गर्नुहोस्‌ र पर्याप्त सुत्नुहोस्‌।—w१६.१२, पृ. २२-२३.

‘मृत्यु देख्न नपरोस्‌ भनेर हनोकलाई स्थानान्तरण गरियो।’ (हिब्रू ११:५) कसरी?

यहोवाले तिनको शरीरलाई स्थानान्तरण गर्नुभयो। उहाँले यो काम हनोकलाई तिनी मर्दै छन्‌ भन्‍ने कुरा थाह नदिई गर्नुभयो।—wp१७.१, पृ. १२-१३.

नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?

नम्र व्यक्‍तिले आफूलाई जति ठान्‍नुपर्ने हो, त्योभन्दा बढ्‌ता ठान्दैन र आफ्नो सीमितता राम्ररी बुझेको हुन्छ। नम्र व्यक्‍तिले आफ्नो सीमितता बुझेर अरूसित व्यवहार गर्छ अनि आफूलाई बढ्‌तै महत्त्वपूर्ण ठान्दैन।—w१७.०१, पृ. १८.

प्रथम शताब्दीको परिचालक निकायलाई परमेश्‍वरले डोऱ्‍याउनुभयो अनि आजको परिचालक निकायलाई पनि डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍न सक्ने कस्ता प्रमाणहरू छन्‌?

तिनीहरूलाई बाइबल सत्यहरू बुझ्न पवित्र शक्‍तिले मदत गरेको थियो। स्वर्गदूतहरूको मदत पाएर तिनीहरूले प्रचारकार्यको निरीक्षण गर्न सके। अनि तिनीहरू कुनै निर्णयहरू गर्नुपर्दा परमेश्‍वरको वचनमा भर पर्थे। आज पनि कुरा त्यही हो।—w१७.०२, पृ. २६-२८.

फिरौतीको बलिदानप्रति किन कृतज्ञ हुनुपर्छ?

हामीले यी चार वटा कारणमा मनन गर्नुपर्छ: फिरौतीको बलिदान कसले दिएको हो, किन दिइएको हो, फिरौतीको बलिदानको लागि कस्तो त्याग गरियो र त्यस बलिदानले मेरो कुन खास आवश्‍यकता पूरा गऱ्‍यो?—wp१७.२, पृ. ४-५.

के एक चोटि गरिसकेको निर्णय कहिल्यै बदल्नु हुँदैन?

हामीले आफ्नो वचन पूरा गर्न सक्दो गर्नुपर्छ। तर कुनै-कुनै अवस्थामा हामीले गरेको निर्णयबारे फेरि विचार गर्नु राम्रो हुन सक्छ। निनवेबासीहरूले पश्‍चात्ताप गरेको र आफ्नो मनोवृत्ति परिवर्तन गरेको देखेपछि यहोवाले आफ्नो निर्णय बदल्नुभयो। कहिलेकाहीं हाम्रो परिस्थिति परिवर्तन हुँदा वा कुनै नयाँ जानकारी पाउँदा हामीले आफ्नो निर्णय बदल्नुपर्ने हुन सक्छ।—w१७.०३, पृ. १६-१७.

हामीले किन अरूको कुरा काट्‌दै हिंड्‌नु हुँदैन?

हामी सही होऔं वा गलत, अरूको कुरा काट्‌दै हिंड्यौं भने परिस्थिति सुध्रनुको साटो झनै बिग्रन्छ।—w१७.०४, पृ. २१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने