प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. १ pp. १४-१५
  • बाइबल र तपाईंको भविष्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल र तपाईंको भविष्य
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ जीवनको उद्देश्‍य
  • २ सृष्टिकर्तासितको मित्रता
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • जीवनको उद्देश्‍य के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. १ pp. १४-१५
एक महिला ट्रेनमा बसेर बाइबल पढ्‌दै

बाइबल र तपाईंको भविष्य

कल्पना गर्नुहोस्‌, तपाईं साँझपख अँध्यारो बाटोमा हिंड्‌दै हुनुहुन्छ। घाम अस्ताएको निक्कै बेर भइसक्यो। तैपनि तपाईंलाई बाटो बिराएको जस्तो लाग्दैन किनभने तपाईंको हातमा टर्चलाइट छ, जसको उज्यालो टाढा-टाढासम्म पुग्छ। तपाईं त्यो टर्चलाइट भुईंतिर देखाउनुहुँदा आफ्नो अगाडि जे छ, त्यो स्पष्टै देख्नुहुन्छ। त्यसैगरि त्यो अगाडितिर तेर्साउनुहुँदा त्यसको किरण छरिएर टाढा-टाढासम्मको बाटो देख्नुहुन्छ।

एक अर्थमा बाइबल पनि त्यो टर्चलाइटजस्तै हो। यसअघिका लेखहरूमा चर्चा गरिएझैं परमेश्‍वरको वचनले हाम्रो अगाडि भएका समस्याहरू अर्थात्‌ यस अस्थिर संसारमा हामीले दिनहुँ भोग्ने समस्याहरू सुल्झाउन मदत गर्छ। यति मात्र होइन, बाइबलले भविष्य उज्ज्वल छ भन्‍ने कुरा पनि स्पष्ट पार्छ, जसले गर्दा हामी आनन्द र सन्तुष्टिको बाटो भेट्टाउन सक्छौं अनि त्यसैमा हिंडिरहन सक्छौं। (भजन ११९:१०५) तर कसरी?

बाइबलले कसरी भविष्यको भरपर्दो आशा दिन्छ, दुइटा तरिका विचार गरौं: १ यसले जीवनको उद्देश्‍य थाह पाउन र त्यसअनुसार अर्थपूर्ण जीवन बिताउन मदत गर्छ र २ यसले हाम्रो सृष्टिकर्तासँग कसरी अटुट मित्रता गाँस्न सकिन्छ भनेर सिकाउँछ।

१ जीवनको उद्देश्‍य

बाइबलले हामीलाई समस्याहरूको सामना गर्न भरपर्दो सल्लाह दिन्छ। यो व्यक्‍तित्व विकास गर्ने किताबभन्दा कता हो कता उत्कृष्ट छ। आफ्नो चिन्ताको विषयमा मात्र ध्यान दिनुको सट्टा बाइबलले हामीलाई आफ्नो दृष्टिकोण अझ फराकिलो बनाउन सिकाउँछ। त्यसपछि बल्ल हाम्रो जीवन अर्थपूर्ण हुन्छ।

उदाहरणको लागि, बाइबलको यो सिद्धान्तलाई लिनुहोस्‌: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) तपाईंले खाँचोमा परेकालाई केही दिएर मदत गर्नुभएको क्षण सम्झन सक्नुहुन्छ कि? अथवा तपाईंको साथीले आफ्नो मनको बह पोख्दा ध्यान दिएर सुनिदिनुभएको कुनै क्षण छ कि? यसरी अरूलाई खुसी हुन मदत गर्दा आफूले केही हासिल गर्न सकेको पक्कै महसुस गर्नुभयो होला।

हामीले केही पाउने आस नगरी अरूलाई दिंदा असाध्यै आनन्दित हुन्छौं। एक लेखकले यस्तो लेखे: “सायद तपाईंले केही पाउने आस नगरीकन कसैलाई मदत गर्नुहोला। त्यसको साटो तपाईंले पनि केही न केही त अवश्‍यै पाउनुहुनेछ। यसो नहुने त विरलै होला।” हामीले अरूको लागि केही गरिदिंदा पक्कै इनाम पाउँछौं, विशेषगरि त्यस्ता व्यक्‍तिहरूलाई मदत गर्दा जसले हामीलाई केही दिन सक्दैनन्‌। यसरी हामीले जीवनमा अझ महत्त्वपूर्ण कुरामा ध्यान दिइरहेका हुन्छौं। वास्तवमा भन्‍नुपर्दा यो सृष्टिकर्तासँगै हातमा हात मिलाएर काम गर्ने मौका हो। हामीले अरूलाई दया देखाउँदा उहाँ आफूले सापटी लिएसरह ठान्‍नुहुन्छ। (हितोपदेश १९:१७, NRV) हामीले गरिबहरूलाई गरेको मदतको उहाँ साँच्चै कदर गर्नुहुन्छ र उहाँले हामीलाई सुन्दर बगैंचामा अर्थात्‌ प्रमोदवनमा अनन्त जीवन दिएर सबैभन्दा ठूलो इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। भविष्यको लागि कस्तो सानदार आशा!—भजन ३७:२९; लूका १४:१२-१४.a

सबैभन्दा महत्त्वपूर्ण कुरा, बाइबलले साँचो परमेश्‍वर यहोवाको उपासना गर्नु नै हाम्रो जीवनको साँचो उद्देश्‍य हो भनेर सिकाउँछ। परमेश्‍वरको वचनले उहाँको प्रशंसा र आदर गर्न अनि उहाँप्रति आज्ञाकारी हुन प्रोत्साहन दिन्छ किनकि उहाँ त्यसको योग्य हुनुहुन्छ। (उपदेशक १२:१३; प्रकाश ४:११) यसो गरेर हामीले अत्यन्तै महत्त्वपूर्ण काम गरिरहेका हुन्छौं: आफ्नो सृष्टिकर्तालाई खुसी बनाइरहेका हुन्छौं। वास्तवमा उहाँ हामीलाई यस्तो आग्रह गर्नुहुन्छ: ‘बुद्धिमान्‌ होओ, र मेरो हृदयलाई आनन्दित तुल्याओ।’ (हितोपदेश २७:११) यो कुरा विचार गर्नुहोस्‌: हामीले बाइबलको सिद्धान्तअनुरूप बुद्धिमानी निर्णय गर्दा स्वर्गमा बस्नुहुने हाम्रो मायालु बुबाको हृदयलाई आनन्दित तुल्याइरहेका हुन्छौं। किन? किनभने उहाँ हाम्रो ख्याल राख्नुहुन्छ र उहाँको निर्देशनअनुसार चलेर हाम्रो हित होस्‌ भन्‍ने चाहनुहुन्छ। (यशैया ४८:१७, १८) साँच्चै, ब्रह्‍माण्डको सार्वभौम परमेश्‍वरको उपासना गर्न पाउनु र उहाँको हृदयलाई आनन्दित तुल्याउने तरिकामा जीवन बिताउनुभन्दा ठूलो उद्देश्‍य अरू के नै हुन सक्छ र?

२ सृष्टिकर्तासितको मित्रता

बाइबलले हामीलाई कसरी सृष्टिकर्तासित मित्रता गाँस्ने भनेर पनि सिकाउँछ। बाइबल भन्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकूब ४:८) कहिलेकाहीं हामीलाई सर्वशक्‍तिमान्‌ सृष्टिकर्ताको साथी बन्‍न सम्भवै छैन जस्तो लाग्न सक्छ। तर यदि हामीले ‘परमेश्‍वरलाई खोज्यौं’ भने ‘उहाँलाई भेट्टाउन सक्छौं’ किनभने “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न” भनेर बाइबलले आश्‍वासन दिन्छ। (प्रेषित १७:२७) यसले परमेश्‍वरको साथी बन्‍न हामीलाई दिएको सल्लाह भविष्यको लागि साँच्चै व्यावहारिक छ। कुन अर्थमा?

विचार गर्नुहोस्‌: हामीले लाख कोसिस गरे तापनि हामीमध्ये कोही पनि अन्तिम शत्रु मृत्युको पन्जाबाट उम्कन सक्दैनौं। (१ कोरिन्थी १५:२६) तर परमेश्‍वर युगौंयुग रहनुहुन्छ। उहाँको कहिल्यै मृत्यु हुँदैन अनि आफ्ना साथीहरू पनि सधैंभरि बाँचेको चाहनुहुन्छ। बाइबलका यी साधारण तर सुन्दर शब्दहरूले यहोवालाई खोज्नेहरूको निम्ति उहाँ के चाहनुहुन्छ भनेर बताउँछ: “तिनीहरूको हृदय सदा जीवित रहोस्‌।”—भजन २२:२६.

तपाईं परमेश्‍वरसित त्यस्तो अटुट मित्रता कसरी गाँस्न सक्नुहुन्छ? उहाँको वचन बाइबल पढेर उहाँबारे सिकिरहनुहोस्‌। (यूहन्‍ना १७:३; २ तिमोथी ३:१६) धर्मशास्त्रको अर्थ राम्ररी बुझ्न उहाँसित मदत माग्नुहोस्‌। यदि हामीले निष्कपट भई परमेश्‍वरसित बुद्धि मागिरह्‍यौं भने उहाँले बुद्धि दिनुहुनेछ भनेर बाइबलले आश्‍वासन दिन्छ।b (याकूब १:५) तपाईंले सिक्नुभएको कुरा लागू गर्न भरमग्दुर प्रयास गर्नुहोस्‌ र परमेश्‍वरको वचनलाई अहिले अनि सधैंभरि आफ्नो “खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो” हुन दिनुहोस्‌।—भजन ११९:१०५.

a प्रमोदवनमा अनन्त जीवन दिने परमेश्‍वरको प्रतिज्ञाबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरू तपाईंलाई निश्‍शुल्क बाइबल अध्ययन गरेर धर्मशास्त्रबारे अझ राम्ररी बुझ्न निम्तो दिन्छन्‌। यसबारे थाह पाउन jw.org/ne मा गएर प्रकाशनहरू > भिडियोहरू अन्तर्गत बाइबल अध्ययन कसरी गरिन्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।

परमेश्‍वर युगौंयुग रहनुहुन्छ र आफ्ना साथीहरू पनि सधैंभरि बाँचेको चाहनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने