प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. २ p. ३
  • भविष्यको अनुमान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यको अनुमान
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलका भविष्यवाणीमा तपाईं किन भरोसा गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • पूरा भएका भविष्यवाणीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • भरोसायोग्य पूर्वानुमानहरूको खोजमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के कसैले भविष्य देख्न सक्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. २ p. ३
एक पुरुष सात दिनको मौसम पूर्वानुमानबारे बताउँदै

भविष्यको अनुमान

आफू र आफ्नो परिवारको भविष्य कस्तो होला भनेर कहिल्यै सोच्नुभएको छ? धन कमाउन सकिएला वा गर्जो टार्नै गाह्रो पर्ला? परिवारमा मेलमिलाप होला कि नहोला? स्वास्थ्य राम्रो होला कि नहोला? हजारौँ वर्षदेखि मानिसहरू यस्तै विषयमा अनुमान गर्दै आएका छन्‌।

आज विज्ञहरू संसारका घटनाहरू अध्ययन गरेर भविष्यबारे अड्‌कल काट्‌छन्‌। उनीहरूको कतिपय अनुमान मिल्न गएको छ भने अरूचाहिँ नराम्ररी फेल खाएको छ। उदाहरणका लागि, सन्‌ १९१२ मा तारविहीन टेलिग्राफका आविष्कारक गुग्लिएल्मो मारकोनीले भविष्यबारे यस्तो अनुमान गरे: “तार प्रयोग गर्न नपर्ने जमाना आयो भने युद्ध नै हुनेछैन।” त्यसैगरि सन्‌ १९६२ मा गितार बजाउने समूह ‘द बिटल्स’-को गीत डेका रेकर्डिङ कम्पनीले रेकर्ड गर्न मानेन। किनभने त्यस कम्पनीको प्रतिनिधिले गितार बजाउनेहरूको कुनै भविष्य छैन भनेर अनुमान गरेका थिए।

मानिसहरू भविष्यबारे जान्‍न अलौकिक शक्‍तिको मदत लिन्छन्‌। कतिले ज्योतिषीहरूसित सल्लाह माग्छन्‌। कसै-कसैले चाहिँ पत्रिका र अखबारमा आउने राशिफल हेर्ने गर्छन्‌। अरू भने भावी बताउनेहरूको मदत लिन्छन्‌। भावी बताउनेहरूले तास (ट्‌यारोट कार्ड), अङ्‌कहरू वा हस्तरेखा हेरेर भविष्य “पढ्‌न” सक्ने दाबी गर्छन्‌।

भविष्यबारे थाह पाउन उहिले-उहिलेका केही मानिसहरू पुजारीकहाँ जान्थे। ती पुजारीहरू देवताको प्रतिनिधि भएको अनि तिनै देवताबाट जानकारी पाएको दाबी गर्थे। उदाहरणको लागि, लिडियाका राजा क्रिससले फारसका राजा कोरेसलाई आक्रमण गर्दा नतिजा कस्तो हुन्छ भनेर बुझ्न चाहन्थे। त्यसबारे थाह पाउन तिनले ग्रीसको डेल्फीमा बस्ने महिला पुजारीलाई ठूलो मूल्यको उपहार पठाए। क्रिससले कोरेसलाई आक्रमण गरे भने “महान्‌ सम्राज्य”-को पतन हुनेछ भनेर ती पुजारीले भविष्यवाणी गरिन्‌। त्यसैले क्रिसस ढुक्क भएर अघि बढे तर तिनको आफ्नै महान्‌ सम्राज्यको पतन भयो।

ती पुजारीले गरेको भविष्यवाणी बेकारको थियो। जुन पक्षले युद्ध जिते पनि यो भविष्यवाणी मिल्थ्यो। भविष्यवाणीअनुसार कदम चालेकाले क्रिससको पतन भयो र तिनले सबै कुरा गुमाए। आज पनि मानिसहरू भविष्यबारे जान्‍न लोकप्रिय तरिकाहरू अपनाउँछन्‌। नतिजा कस्तो भएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने