प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. ३ pp. १०-११
  • दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले दुःखकष्टबारे के सिकाउँछ?
  • कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • दुःखकष्टको चपेटामा परेकाहरूलाई सान्त्वना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • रोगबिमार मुक्‍त संसार!
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. ३ pp. १०-११
येसुले ठिटोलाई निको पार्नुहुन्छ अनि उसका आमाबुबा र मानिसहरू खुसी हुन्छन्‌

दुःखकष्ट—के ईश्‍वरले दिनुभएको सजाय हो?

सोनिका बायाँ खुट्टा खोच्याएर हिँड्‌छिन्‌। सानी छँदा उनलाई पोलियोमाइलेटिस अर्थात्‌ पोलियो लागेको थियो। यो अत्यन्तै सङ्‌क्रामक रोग हो र यसले स्नायुप्रणालीमा असर गर्छ। सोह्र वर्षको हुँदा उनकी मालिक्नीले यसो भनिन्‌: “ईश्‍वरले तिमीलाई यस्तो रोग दिएर सजाय दिनुभएको हो। तिमी अटेरी भएकीले र आमासित राम्रो व्यवहार नगरेकीले तिमीलाई पक्षाघात भएको हो।” यो कुराले उनको मन छियाछिया पारेको थियो। उनले यो बिर्सनै सकिनन्‌।

प्रगतिलाई मस्तिष्क क्यान्सर भएको पत्ता लागेपछि उनको बुबाले यसो भने: “तिमीले के गऱ्‍यौ? पक्कै कुनै नराम्रो काम गऱ्‍यौ होला। त्यसैले त यस्तो रोग लागेको हो। यो ईश्‍वरकै सजाय हो।” बुबाका कुरा सुनेर उनको मनै भाँचियो।

रोगबिमार ईश्‍वरले दिनुभएको सजाय हो भन्‍ने सोचाइ प्राचीनकालदेखि नै छ। बाइबलकालीन समयका देशहरूको रहनसहन र रीतिथिति (अङ्‌ग्रेजी) किताबअनुसार येसु ख्रिष्टको समयमा थुप्रै मानिसले “बिरामी परेको व्यक्‍ति वा उसको नातेदारले पाप गरेकोले रोगबिमार लागेको हो अनि त्यस पापको सजाय दिन ईश्‍वरले रोगले प्रहार गर्नुभएको हो” भनी विश्‍वास गर्थे। मध्यकालीन युगको चिकित्सा र महामारी (अङ्‌ग्रेजी) किताबले मध्ययुगका “केही मानिसहरूले ईश्‍वरले पापको सजाय दिन तिनीहरूमाथि महामारीले प्रहार गर्नुभएको हो भनी विश्‍वास गर्थे।” चौधौँ शताब्दीतिर युरोपमा लाखौँ मानिस महामारीले मरे। के यो दुष्टहरूमाथि ईश्‍वरको न्यायदण्ड थियो? अथवा चिकित्सा क्षेत्रको अनुसन्धानकर्ताहरूले पत्ता लगाएझैँ ब्याक्टेरियाको सङ्‌क्रमणले फैलिएको महामारी मात्र थियो? कसै-कसैलाई यस्तो लाग्न सक्छ: ‘के ईश्‍वरले पापको सजाय दिन रोगले प्रहार गर्नुहुन्छ र?’a

विचार गर्नुहोस्‌: यदि रोगबिमार र दुःखकष्ट ईश्‍वरले दिनुभएको सजाय हो भने उहाँको छोरा येसुले किन बिरामीहरूलाई निको पार्नुहुन्थ्यो र? यसो गर्दा उहाँ ईश्‍वरको न्यायदण्ड र धार्मिकताविरुद्ध गइरहनुभएको हुन्थ्यो नि, होइन र? (मत्ति ४:२३, २४) येसु कहिल्यै पनि ईश्‍वरको निर्णय विपरीत चल्नुहुने थिएन। उहाँले यसो भन्‍नुभयो: “म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु” र “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु।”—युहन्‍ना ८:२९; १४:३१.

बाइबलले स्पष्टै यहोवाले “कहिल्यै अन्याय गर्नुहुन्‍न” भन्छ। (व्यवस्था ३२:४) उदाहरणको लागि, विमानमा यात्रा गरिरहेको एक जनालाई सजाय दिन त्यस विमानको दुर्घटना गराएर सयौँ निर्दोष मानिसको ज्यान गएको उहाँ कहिल्यै चाहनुहुन्‍न। यहोवाको वफादार सेवक अब्राहाम, जो उहाँको नजरमा धर्मी थिए, तिनले उहाँले कहिल्यै “धर्मी मानिसलाई . . . दुष्टसँगसँगै नाश” गर्नुहुन्‍न भनी बताए। तिनले उहाँबाट अन्याय “कहिल्यै हुन सक्दैन” पनि भने। (उत्पत्ति १८:२३, २५) “परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न” र “कसैको हानि” गर्नुहुन्‍न भनेर पनि बाइबल बताउँछ।—अय्युब ३४:१०-१२.

बाइबलले दुःखकष्टबारे के सिकाउँछ?

हामीले भोग्ने दुःखकष्ट पापको लागि ईश्‍वरले दिनुभएको सजाय होइन। यो कुरामा येसु विश्‍वस्त हुनुहुन्थ्यो। यसको प्रमाण जन्मैदेखि अन्धा मानिससँगको उहाँ र चेलाहरूको भेट भएको विवरणबाट थाह पाउन सक्छौँ। बाइबल भन्छ: “चेलाहरूले उहाँलाई सोधे: ‘रब्बी, कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?’ येसुले जवाफ दिनुभयो: ‘न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले; तर यस मानिसको मामिलामा परमेश्‍वरका कामहरू प्रकट होऊन्‌ भनेर यसो भएको हो।’”—युहन्‍ना ९:१-३.

त्यतिबेलाका मानिसहरूको विचारमा रोगबिमार लाग्नुको कारण पापको सजाय थियो। तर येसुले त्यो मानिस अन्धो हुनुको कारण उसले वा उसको आमाबुबाले पाप गरेकोले होइन भनेर स्पष्ट पार्नुभयो। यो कुरा सुनेर चेलाहरू छक्कै परे होलान्‌। येसुले त्यस मानिसलाई निको पार्नुभयो अनि मानिसहरूको गलत सोचाइलाई पनि सच्याइदिनुभयो। (युहन्‍ना ९:६, ७) आज गम्भीर स्वास्थ्य समस्या भएकाहरूले पनि ईश्‍वरले गर्दा बिमारी परेको होइन भनी थाह पाउँदा सान्त्वना पाउँछन्‌।

यदि ईश्‍वरले मानिसहरूलाई सजाय दिन रोगबिमारले प्रहार गर्नुभएको थियो भने येसुले किन बिरामीहरूलाई निको पार्नुभयो?

धर्मशास्त्रले यस्तो आश्‍वासन दिन्छ:

  • “कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।” (याकुब १:१३) वास्तवमा सयौँ वर्षदेखि मानिसहरूले भोग्दै आएको रोगबिमार, पीडा र मृत्युजस्ता “दुष्ट कुरा”-को छिट्टै अन्त हुँदै छ।

  • येसु ख्रिष्टले “बिरामीहरूजति सबैलाई निको पार्नुभयो।” (मत्ति ८:१६) येसुले बिरामीहरूलाई निको पार्नुभएको कुराले ईश्‍वरको राज्यले संसारभरि नै व्यापक रूपमा रोगबिमार निको पार्नेछ भनेर देखाउँछ।

  • “उहाँले [ईश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३-५.

कसले गर्दा दुःखकष्ट भोग्नुपरेको हो?

त्यसोभए मानिसजातिले किन यति धेरै पीडा र दुःखकष्ट भोग्दै छन्‌? मानिसहरूले यस प्रश्‍नबारे सोचेको सयौँ वर्ष भइसक्यो। यदि ईश्‍वर दोषी हुनुहुन्‍न भने को दोषी छ? यस प्रश्‍नको जवाफ अर्को लेखमा पाउनेछौँ।

a हुनत प्राचीनकालमा यहोवाले कुनै-कुनै पापको सजाय दिनुभएको विवरण पाइन्छ। तर अहिलेको समयमा उहाँले मानिसहरूलाई पापको सजाय दिन रोगबिमार वा दुःखकष्ट जस्ता कुराहरू पठाउनुहुन्छ भनेर बाइबल बताउँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने