प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अप्रिल p. ३०-p. ३१ par. ३
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो आधिकारिक वेब साइट—प्रयोग गर्न सजिलो नयाँ डिजाइन
    हाम्रो राज्य सेवा—२०१२
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मदत उपलब्ध छ
    ब्यूँझनुहोस्‌!—२०२०
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अप्रिल p. ३०-p. ३१ par. ३
प्रतिलिपि अधिकारद्वारा सुरक्षित यहोवाका साक्षीहरूको प्रकाशन व्यक्‍तिगत वेबसाइटहरूमा राख्न निषेध छ

पाठकहरूको प्रश्‍न

यहोवाका साक्षीहरूको प्रकाशन कुनै पनि वेबसाइट वा सामाजिक सञ्जालमा राख्न किन निषेध छ?

हाम्रा सबै बाइबलआधारित सामग्रीहरू निश्‍शुल्क उपलब्ध हुने भएकोले त्यसलाई कपी गरेर अन्य वेबसाइटहरूमा राख्न वा सामाजिक सञ्जालमा पोस्ट गर्न सकिन्छ भन्‍ने कसै-कसैलाई लागेको छ। तर त्यसो गर्दा हाम्रो वेबसाइटको “प्रयोगका सर्तहरू”a उल्लङ्‌घन हुन्छ, जसले गर्दा गम्भीर समस्याहरू उत्पन्‍न भएका छन्‌। ती सर्तहरूमा स्पष्ट बताइएझैँ “यस वेबसाइटमा भएका चित्र, इलेक्ट्रोनिक प्रकाशन, ट्रेडमार्क, सङ्‌गीत, तस्बिर, लेख अथवा भिडियो इन्टरनेटमा (जुनसुकै वेबसाइट, फाइल सेयरिङ साइट, भिडियो सेयरिङ साइट अथवा सोसियल नेटवर्कमा) पोस्ट गर्न निषेध गरिएको छ।” यस्ता गतिविधिलाई निषेध गर्नु किन आवश्‍यक छ?

प्रतिलिपि अधिकारद्वारा सुरक्षित यहोवाका साक्षीहरूको प्रकाशन व्यक्‍तिगत वेबसाइटहरूमा राख्न निषेध छ

प्रतिलिपि अधिकारद्वारा सुरक्षित हाम्रा प्रकाशनहरू अन्य वेबसाइटहरूमा राख्न निषेध गरिएको छ

हाम्रा वेबसाइटहरूमा उपलब्ध सबै सामग्री प्रतिलिपि अधिकारद्वारा सुरक्षित छन्‌। धर्मत्यागीहरू र अन्य विरोधीहरूले यहोवाका साक्षीहरू र अरू मानिसहरूलाई आकर्षित गर्न आफ्ना वेबसाइटहरूमा हाम्रा प्रकाशनहरूको प्रयोग गर्ने गर्छन्‌। त्यस्ता वेबसाइटहरूमा पाठकहरूको मनमा शङ्‌का जगाउने किसिमका सामग्रीहरू सुटुक्क राखिएका हुन्छन्‌। (भज. २६:४; हितो. २२:५) कोही-कोहीले भने हाम्रा प्रकाशनहरूमा उपलब्ध सामग्रीहरू वा jw.org को लोगोलाई विज्ञापनहरूमा, बेच्न राखिएका सामानहरूमा वा मोबाइल एप्लिकेसनहरूमा प्रयोग गरेका छन्‌। प्रतिलिपि अधिकार र ट्रेडमार्क हामीसित कानुनी रूपमा सुरक्षित भएकोले त्यसरी दुरुपयोग हुन नदिने कानुनी आधार हामीसित छ। (हितो. २७:१२) तर हामीले जानाजानी मानिसहरूलाई वा हाम्रा भाइबहिनीहरूलाई हाम्रा इलेक्ट्रोनिक प्रकाशन अरू वेबसाइटमा राख्न दियौँ वा बेच्न राखिएका सामानहरूमा jw.org ट्रेडमार्क प्रयोग गर्न दियौँ भने हामीले विरोधीहरू वा व्यापारिक सङ्‌गठनहरूको त्यस्तो काममा रोक लगाउन जतिसुकै प्रयास गरे पनि अदालतहरूले हामीलाई साथ दिनेछैनन्‌।

यहोवाका साक्षीहरूको आधिकारिक वेबसाइट र एपहरू

jw.org बाहेक अन्य स्रोतबाट हाम्रा प्रकाशनहरू डाउनलोड गर्नु हानिकारक हुन सक्छ। आध्यात्मिक आहार बाँड्‌ने जिम्मेवारी यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई मात्र दिनुभएको छ। (मत्ती २४:४५) त्यस “दास”-ले आध्यात्मिक आहार बाँड्‌न आफ्ना आधिकारिक वेबसाइटहरू मात्र प्रयोग गर्छ। ती वेबसाइटहरू www.jw.org, tv.jw.org र wol.jw.org हुन्‌। साथै इलेक्ट्रोनिक साधनहरूमा चलाउनको लागि तीनवटा आधिकारिक एपहरू उपलब्ध छन्‌। ती हुन्‌: JW ल्याङ्‌ग्वेज, JW लाइब्रेरी र साङ्‌केतिक भाषा-को jw लाइब्रेरी। यी माध्यमहरूमा कुनै विज्ञापन छैन अनि यसमा सैतानको संसारको कुनै पनि अशुद्ध कुरा छैन भनेर हामी ढुक्क हुन सक्छौँ। यीबाहेक अन्य कुनै माध्यमबाट आएको आध्यात्मिक आहार पूर्णतया भरपर्दो नहुन पनि सक्छ वा कुनै कुराबाट अशुद्ध भएको हुन सक्छ।—भज. १८:२६, NRV; १९:८.

त्यसबाहेक, पाठकहरूले टिप्पणी गर्न मिल्ने किसिमका वेबसाइटहरूमा हाम्रा प्रकाशनहरू राख्दा त्यहाँ धर्मत्यागीहरूले पनि आफ्नो टिप्पणी लेख्न सक्छन्‌ र त्यसले गर्दा यहोवाको सङ्‌गठनप्रति मानिसहरूको मनमा शङ्‌का उत्पन्‍न हुन सक्छ। केही भाइहरू अनलाइन वादविवादमा समेत मुछिन पुगेका छन्‌ र यसले गर्दा यहोवाको नामको बदनाम भएको छ। ‘सल्लाह सुन्‍न अस्वीकार गर्नेहरूलाई नम्र भएर सम्झाउने’ उपयुक्‍त ठाउँ अनलाइन फोरम होइन। (२ तिमो. २:२३-२५; १ तिमो. ६:३-५) साथै सङ्‌गठन, परिचालक निकाय र यसका सदस्यहरूको नाममा नक्कली वेबसाइटहरू बनाइएको अनि सामाजिक सञ्जालहरूमा नक्कली खाताहरू खोलिएको पाइएको छ। तर परिचालक निकायको कुनै पनि सदस्यले आफ्नो छुट्टै वेबसाइट बनाएका छैनन्‌ वा सामाजिक सञ्जालमा खाता खोलेका छैनन्‌।

मानिसहरूलाई jw.org तर्फ डोऱ्‍याउँदा यसले “सुसमाचार” फैलाउन मदत गर्छ। (मत्ती २४:१४) सेवाको काममा चलाउन उपलब्ध गराइएका इलेक्ट्रोनिक माध्यमहरू दिनप्रतिदिन अझ राम्रो हुँदै गइरहेका छन्‌। त्यसबाट सबैले लाभ उठाऊन्‌ भन्‍ने हामी चाहन्छौँ। त्यसैले “प्रयोगका सर्तहरू”-मा बताइएझैं हामी इलेक्ट्रोनिक प्रकाशनहरू अरूलाई इमेलमार्फत पठाउन सक्छौँ वा jw.org मा उपलब्ध कुनै पनि सामग्रीको लिङ्‌क अरूलाई पठाउन सक्छौँ। चासो दिने व्यक्‍तिहरूलाई हाम्रा आधिकारिक वेबसाइटहरूबारे बताउँदा हामीले तिनीहरूलाई आध्यात्मिक आहारको एक मात्र भरपर्दो स्रोत “विश्‍वासी र बुद्धिमान्‌ दास”-तर्फ डोऱ्‍याइरहेका हुनेछौँ।

a “प्रयोगका सर्तहरू” jw.org को गृहपृष्ठको अन्तमा पाउन सकिन्छ। त्यहाँ निषेध गरिएका कुराहरू हाम्रा बेवसाइटहरूमा उपलब्ध सबै सामग्रीहरूमा लागू हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने