प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 नोभेम्बर p. ३२
  • यहोवालाई हामी के उपहार दिन सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई हामी के उपहार दिन सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • ‘यहोवालाई भेटी चढाउनुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “दुई साना सिक्का”-को मोल
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • यहोवाका साक्षीहरूको खर्च कसरी बेहोरिन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • तपाईँहरूको प्रेमको लागि हामी यहोवालाई धन्यवाद चढाउँछौँ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 नोभेम्बर p. ३२
donate.jw.org

यहोवालाई हामी के उपहार दिन सक्छौँ?

येसुले एक चोटि यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषि. २०:३५) यो आधारभूत सत्य यहोवासितको हाम्रो सम्बन्धमा लागू हुन्छ। किन? यहोवाले हामीलाई धेरै उपहार दिनुभएको छ, जसले गर्दा हामी आनन्दित हुन सकेका छौँ। तर यहोवालाई उपहार दिएर हामी अझ धेरै आनन्दित हुन सक्छौँ। यहोवालाई हामी के उपहार दिन सक्छौँ? हितोपदेश ३:९ यसो भन्छ: “आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर।” हामीसित भएका “अनमोल कुराहरू” के-के हुन्‌? यसमा हाम्रो समय, सिप, बल अनि भौतिक सम्पत्तिहरू पर्छन्‌। साँचो उपासनालाई अघि बढाउन हामीले यस्ता स्रोतसाधनहरूको प्रयोग गर्दा हामीले यहोवालाई उपहार दिइरहेका हुन्छौँ अनि यसले हामीलाई अपार आनन्द दिन्छ।

हाम्रो भौतिक सरसम्पत्तिबाट यहोवालाई उपहार दिन नबिर्सनको लागि हामी के गर्न सक्छौँ? प्रेषित पावलले कोरिन्थीहरूलाई अनुदान दिन “केही छुट्ट्याएर राख्नू” भन्‍ने सल्लाह दिए। (१ कोरि. १६:२) तपाईँको इलाकामा अनुदान दिन सक्ने तरिकाहरूबारे थप जानकारी पाउन चाहनुहुन्छ भने के गर्न सक्नुहुन्छ? कृपया तल दिइएको पेटी हेर्नुहोस्‌।

सबै देशमा अनलाइन अनुदान दिने सुविधा छैन। तर अनुदानको वेबपेजमा अनुदान दिन सकिने अन्य तरिकाबारे जानकारी पाउन सक्नुहुन्छ। कुनै-कुनै देशको वेबपेजमा अनुदानसम्बन्धी अक्सर सोधिने प्रश्‍नहरूको जवाफ दिने लेख पनि पाउन सक्नुहुन्छ।

अनलाइन अनुदान दिन सकिने सजिलो तरिका

भेट्टाउन सजिलो

  • वेब ब्राउजर

    वेब ब्राउजरमा donate.jw.org टाइप गर्नुहोस्‌

  • JW लाइब्रेरी

    JW लाइब्रेरी-को गृह पृष्ठमा “अनुदान” लिङ्‌कमा थिच्नुहोस्‌

चलाउन सजिलो

एक पटकको लागि अनुदान दिने वा नियमित रूपमा अनुदान दिने भनेर रोज्नुहोस्‌:

  • विश्‍वव्यापी कार्यको लागि

  • तपाईँको मण्डलीको लागि

  • अधिवेशनको लागि

  • सम्मेलनको लागि

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने