ख्रिष्टियन जीवन
‘यहोवालाई भेटी चढाउनुहोस्’
हामी कसरी “आज यहोवा परमेश्वरलाई राजीखुसीले भेटी दिन” सक्छौँ? (१इ २९:५, ९, १४) यहोवाका साक्षीहरूले स्थानीय र विश्वव्यापी तवरमा गरिरहेको कार्यलाई टेवा पुऱ्याउन स्वैच्छिक अनुदान दिन सकिने थुप्रै तरिका तल दिइएका छन्।
अनलाइन दिइने वा अनुदान बाकसमा खसालिने अनुदानले निम्न कुराहरूलाई टेवा पुऱ्याउँछ:
विश्वव्यापी कार्य
शाखा कार्यालय तथा स-साना अनुवाद कार्यालयको निर्माण र सञ्चालनको लागि
विभिन्न ईश्वरतान्त्रिक स्कुलहरूका लागि
विशेष पूर्ण समय सेवकहरूका लागि
राहत कार्यका लागि
प्रकाशनहरू छाप्न, भिडियो बनाउन र प्रकाशनहरू डिजिटल फर्म्याटमा तयार पार्नको लागि
मण्डलीको खर्च
बिजुली, पानी जस्ता मण्डलीको खर्च र राज्यभवनको स्याहारसम्भारको लागि
मण्डलीले प्रस्तावना पारित गरेर निम्न कुराको लागि शाखा कार्यालयलाई रकम पठाउन:
विश्वव्यापी राज्यभवन र सम्मेलन भवन निर्माणकार्य
विश्वव्यापी सहयोग प्रबन्ध
अरू विश्वव्यापी कार्य
अधिवेशन र सम्मेलन
अधिवेशनमा प्राप्त हुने अनुदान विश्वव्यापी कार्यको लागि छुट्ट्याइएको कोषमा पठाइन्छ। पछि त्यही कोषबाटै अधिवेशन, विशेष अधिवेशन र अन्तरराष्ट्रिय अधिवेशनहरूको खर्च बेहोरिन्छ।
क्षेत्रले प्राप्त गरेको अनुदान सम्मेलन भवन भाडामा लिन, सञ्चालन गर्न अनि स्याहारसम्भार गर्न तथा क्षेत्रसित सम्बन्धित अरू खर्चहरू बेहोर्न प्रयोग गरिन्छ। क्षेत्रले बढी भएको अनुदान यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको लागि पठाउने प्रस्तावना पारित गर्न सक्छ।