प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. २ pp. १०-११
  • गम्भीर रोग लाग्दा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गम्भीर रोग लाग्दा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी सहन सक्छौँ
  • किन यस्तो बिसञ्चो हुनुपरेको होला?
    ब्यूँझनुहोस्‌!—१९९७
  • परिवारमा कोही बिरामी हुँदा
    पारिवारिक आनन्दको रहस्य
  • यहोवा तपाईँलाई माया गर्नुहुन्छ र अनमोल ठान्‍नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • प्रार्थना गर्दा तपाईँलाई कस्तो फाइदा हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. २ pp. १०-११

गम्भीर रोग लाग्दा

“मेरो फोक्सो र आन्द्रामा क्यान्सर भएको थाह पाउँदा मलाई मृत्युदण्ड पाएको जस्तो लाग्यो। तर घर पुगेपछि मैले यसरी सोचेँ: ‘हुनत मैले यस्तो होला भनेर कहिल्यै सोचेकी थिइनँ। तर जसरी भए पनि मैले सहनुपर्छ।’”—७१ वर्षीया लिन्डा

“मलाई नसासम्बन्धी एउटा रोग लाग्यो। यसले मेरो अनुहारको देब्रे भागमा असर गऱ्‍यो। एकदमै पीडाको कारण म निराश हुने गर्थेँ। मैले धेरै पटक एक्लो महसुस गरेँ। अनि आत्महत्या गर्ने कोसिस समेत गरेँ।”—४९ वर्षीया एलिस

ह्विलचियामा भएको बिरामी व्यक्‍तिको वरिपरि तिनका आफन्तहरू

आफूलाई वा आफूले माया गरेको व्यक्‍तिलाई गम्भीर रोग लाग्दा एकदमै पीडा हुन्छ। रोगले दिने पीडाको साथसाथै त्यसले गर्दा हुने चिन्ता, फिक्रीसित पनि हामी जुझ्नुपर्ने हुन्छ। साथै उपचार पाउन पनि गाह्रो अनि पाइहाले पनि महङ्‌गो अनि बारम्बार अस्पताल धाउनुपर्ने र औषधीले गर्ने नराम्रो असर त छँदै छ। यी सब कुराबारे सोच्दा झन्‌ दिक्क लाग्छ। गम्भीर रोग लाग्दा शारीरिक पीडाको साथसाथै मानसिक तनाव पनि धेरै हुन्छ।

हामी कहाँ मदत पाउन सक्छौँ? परमेश्‍वरलाई प्रार्थना गर्दा र बाइबलबाट सान्त्वनादायी शब्दहरू पढ्‌दा हामीले निकै सान्त्वना पाउन सक्छौँ। साथै परिवार अनि साथीको माया र सहयोगबाट पनि हामीले धेरै मदत पाउन सक्छौँ।

हामी कसरी सहन सक्छौँ

अन्ठाउन्‍न वर्ष पुगेका रोबर्ट यसो भन्छन्‌: “परमेश्‍वरमा भरोसा गर्नुहोस्‌। अनि उहाँले तपाईँलाई पीडा सहने बल दिनुहुन्छ। यहोवालाई प्रार्थना गर्नुहोस्‌। आफ्नो पीर व्यथा परमेश्‍वरमा बिसाउनुहोस्‌। उहाँसँग पवित्र शक्‍ति माग्नुहोस्‌। गाह्रो अवस्थामा पनि सकारात्मक भइरहन सकूँ र आफ्नो कारणले परिवारका सदस्यहरूलाई निराशा होइन प्रोत्साहन मिलोस्‌ भनेर परमेश्‍वरलाई बिन्ती गर्नुहोस्‌।”

रोबर्ट अझ यसो भन्छन्‌: “परिवारका सदस्यहरूले भावनात्मक रूपमा मदत गर्दा निकै प्रोत्साहन मिल्छ। तिनीहरूले मलाई हरेक दिन फोन गरेर ‘तपाईँलाई कस्तो छ?’ भनेर सोध्थे। अनि विभिन्‍न ठाउँका साथीहरूबाट मैले निकै प्रोत्साहन पाएँ। यसले मलाई सकारात्मक हुन र जीवनदेखि हरेस नखान बल दियो।”

यदि तपाईँ बिरामीलाई भेट्‌न जाँदै हुनुहुन्छ भने लिन्डाले भनेको कुरा मनमा राख्नुहोस्‌। तिनले यसो भनिन्‌: “बिरामी व्यक्‍ति आफ्नो पहिलेको दिनचर्यामा फर्कन चाहन्छन्‌ अनि सधैँ रोगको विषयमा मात्र कुरा गर्न मन पराउँदैनन्‌। त्यसैले सामान्य कुराकानी गर्नुहोस्‌।”

गम्भीर रोग लाग्दा समेत परमेश्‍वरले दिनुहुने बल, बाइबलबाट पाइने सान्त्वना अनि परिवार र साथीभाइको सहयोगले हाम्रो जीवनलाई अझ अर्थपूर्ण बनाउन मदत गर्छ।

बाइबलमा पाइने मदतकारी सल्लाह

परमेश्‍वरमा भरोसा गर्नुहोस्‌।

“मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो। उहाँले मेरा सबै डर हटाइदिनुभयो। यस दुःखीले यहोवालाई पुकाऱ्‍यो र उहाँले सुन्‍नुभयो।”—भजन ३४:४, ६.

लिन्डा यसो भन्छिन्‌: “मैले कहिल्यै ‘मेरो अवस्था सुधारिदिनुहोस्‌’ भनेर प्रार्थना गरिनँ। बरु ‘बलियो हुन र सहन बल दिनुहोस्‌’ भनेर प्रार्थना गरेँ।”

परमेश्‍वरको वचनबाट बल पाउनुहोस्‌।

“त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा मनन गर्नुहोस्‌। यसले तपाईँलाई आशा दिनेछ र तपाईँले सहने बल पाउनुहुनेछ।

परिवार र साथीभाइको मदत स्विकार्नुहोस्‌।

“साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

एलिस यसो भन्छिन्‌: “आफूलाई एक्लो नबनाउनुहोस्‌। साथीहरूको मदत स्विकार्नुहोस्‌। कहिलेकाहीँ एक्लो महसुस हुन सक्छ अनि परमेश्‍वरलाई पनि वास्ता छैन जस्तो लाग्न सक्छ। तैपनि आफूलाई कहिल्यै एक्लो नबनाउनुहोस्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने