प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. ३ pp. ४-५
  • लामो समयसम्म बाँच्ने चाहना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लामो समयसम्म बाँच्ने चाहना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बूढाबूढी हुनुको कारण
  • के विज्ञानले हाम्रो आयु लम्ब्याउन सक्छ?
  • “अमर” जीनको खोज
    ब्यूँझनुहोस्‌!—२०००
  • के विज्ञानले अनन्त जीवन दिनसक्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • दीर्घ जीवन कसरी पाउन सकिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • विश्‍वभरि वृद्धहरूको संख्या बढ्‌दैछ
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. ३ pp. ४-५
वैज्ञानिकहरू प्रयोगशालामा काम गर्दै

मानिसको जीनमा हेरफेर गरेर के हामी आयु लम्ब्याउन सक्छौँ?

लामो समयसम्म बाँच्ने चाहना

“मानिसलाई अलमल्याउन परमेश्‍वरले दिनुभएका सबै काम पनि मैले देखेँ। उहाँले जे-जे बनाउनुभयो, ती सबै आ-आफ्नो समयमा सुन्दर हुन्छन्‌। उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो।”—उपदेशक ३:१०, ११.

बुद्धिमान्‌ राजा सुलेमानको यो भनाइले मानिसहरूको भावना व्यक्‍त गर्छ। जीवन छोटो छ र मृत्युलाई कसैले टार्न सक्दैन। तर शताब्दियौँदेखि मानिसहरूको चाहना भने यही नै छ: लामो समयसम्म बाँच्ने। इतिहास केलाउने हो भने मानिसहरूले लामो समयसम्म बाँच्ने रहस्य पत्ता लगाउन थुप्रै प्रयास गरेको पाइन्छ।

उदाहरणको लागि, सुमेर सहरका राजा गिल्गामेशलाई विचार गरौँ। तिनको विषयमा थुप्रै दन्त्यकथा पाइन्छन्‌। तीमध्ये एउटा गिल्गामेशको महाकाव्यमा चर्चा गरिएको छ। त्यसमा बताइएअनुसार तिनी मृत्युदेखि बच्ने तरिका पत्ता लगाउन एउटा खतरनाक यात्रामा निस्कन्छन्‌। तर तिनको प्रयास व्यर्थ हुन्छ।

मध्यकालीन युरोपका एक वैद्य आफ्नो प्रयोगशालामा

मध्यकालीन युरोपका एक वैद्य आफ्नो प्रयोगशालामा

ईसापूर्व चौथो शताब्दीमा चिनियाँ वैद्यहरूले “अमृत” बनाउने कोसिस गरे। तिनीहरूले पारो र अरू विषालु पदार्थ मिसिएको झोल बनाए। तर त्यसले गर्दा थुप्रै चिनियाँ सम्राट्‌ले ज्यान गुमाए भन्‍ने धारणा छ। मध्यकालीन युरोपमा पनि केही वैद्यहरूले सुनलाई खान अनि पचाउन मिल्ने किसिममा परिणत गर्न खोजे। सुन कहिल्यै नाश नहुने भएकोले त्यो खाएमा मानिस लामो समयसम्म बाँच्न सक्छ भनेर तिनीहरू सोच्थे।

आज केही जीवशास्त्रीहरू र अणु वैज्ञानिकहरू बुढ्यौली हुनुको रहस्य खोज्न लागिपरेका छन्‌। तिनीहरूको अनुसन्धानबाट मानिसहरूको मनमा अझै पनि बुढ्यौली र मृत्युमाथि जित्ने आशा मरेको छैन भनेर स्पष्ट हुन्छ। त्यसोभए त्यस्तो अनुसन्धानबाट कस्तो नतिजा हासिल भएको छ?

परमेश्‍वरले “मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो।”—उपदेशक ३:१०, ११

बूढाबूढी हुनुको कारण

मानव कोषको अध्ययन गर्ने वैज्ञानिकहरूले हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ भन्‍ने सन्दर्भमा तीन सयभन्दा धेरै सिद्धान्त प्रतिपादन गरेका छन्‌। हालैका वर्षहरूमा वैज्ञानिकहरूले प्रयोगशालामा जनावर र मानव कोषको जीन र प्रोटिनमा हेरफेर गरेर उमेर ढल्कने प्रक्रियालाई केही हदसम्म सुस्त बनाउन सफल भएका छन्‌। यसले गर्दा धनीमानीहरू मृत्युको कारण पत्ता लगाउन आर्थिक सहयोग गर्न पनि जुर्मुरिएका छन्‌। त्यस्तो अनुसन्धानबाट के पत्ता लागेको छ?

आयु लम्ब्याउने प्रयास। हामी बूढाबूढी हुनुको रहस्य क्रोमोजोमको अन्तिम भागमा भएको टेलोमेयर्समा लुकेको छ भनेर केही जीवशास्त्रीहरू विश्‍वास गर्छन्‌। हाम्रो कोषहरू विभाजन हुँदा टेलोमेयर्सले वंशानुगत जानकारीको रक्षा गर्छ। तर हरेक पटक कोष विभाजन हुँदा टेलोमेयर्स छोटो हुँदै जान्छ। अन्ततः कोषहरू विभाजन हुन रोक्छ र हामी बूढाबूढी हुन्छौँ।

सन्‌ २००९ को नोबेल पुरस्कार विजेता एलिजाबेथ ब्ल्याकबर्न र तिनको समूहले एउटा यस्तो तत्त्व पत्ता लगाए, जसले टेलोमेयर्सलाई छिटो छोटो हुन दिँदैन। यसको परिणामस्वरूप कोषको आयु पनि लम्बिन्छ। तर उनीहरूले आफ्नो रिपोर्टमा टेलोमेयर्सले मानिसको आयुलाई चमत्कारी ढङ्‌गमा लम्ब्याउन सक्दैन भनेर मानिलिएको कुरा लेखे।

बुढ्यौलीपनका असरहरू रोक्ने एउटा तरिका भनेको कोषभित्र छाँटकाँट गरेर हो। हाम्रो शरीरका कोषहरूको आयु सकिएपछि तिनीहरू विभाजन हुन सक्दैनन्‌। त्यसले गर्दा ती कोषहरूले रोगसँग लड्‌ने अरू कोषहरूलाई गलत जानकारी पठाउन सक्छ। त्यसको नतिजास्वरूप हाम्रो शरीर सुन्‍निने, एकदमै दुख्ने र रोग लाग्ने सम्भावना हुन्छ। हालै फ्रान्सका वैज्ञानिकहरूले सय वर्षभन्दा बढी उमेरका केही वृद्धहरूको कोषमा छाँटकाँट गरेका छन्‌। त्यसरी छाँटकाँट गरेपछि कोषहरू फेरि विभाजन हुन थाले। तिनीहरूको अनुसन्धानबाट कोषहरूको ‘आयु अझ लम्बिएको’ देखियो भनेर त्यस अनुसन्धान समूहको नाइके प्रोफेसर जिनमार्क लिमेट्रीले बताए।

के विज्ञानले हाम्रो आयु लम्ब्याउन सक्छ?

विभिन्‍न उपचारविधिले मानिसको आयु केही हदसम्म लम्बिए पनि मानिसहरू जति बाच्नुपर्ने हो, त्योभन्दा लामो समय बाँच्दैनन्‌ भनेर थुप्रै वैज्ञानिक बताउने गर्छन्‌। हुनत हो उन्‍नाइसौँ शताब्दीदेखि मानिसहरूको औसत आयु बिस्तारै बढिरहेको छ। तर त्यसो हुनुको मुख्य कारण सफा सुग्घर रहेकोले र रोगबाट बच्ने उपचारविधि अनि औषधीहरूको प्रयोगले गर्दा हो। केही अणु वैज्ञानिकहरूका अनुसार मानिसहरूको आयु प्रकृतिले तोकेको सीमाभित्र मात्रै सीमित हुन्छ।

बाइबलका एक जना लेखक मोसाले तीन हजार पाँच सय वर्षअघि यस्तो लेखेका थिए: “हाम्रो आयु त केवल ७० वर्ष हुन्छ, जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला। तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्‌; ती चाँडै बित्छन्‌ र हामी बिलाइहाल्छौँ।” (भजन ९०:१०) हामीले आफ्नो आयु लम्ब्याउन जति नै प्रयास गरे पनि हाम्रो आयु मोसाले बताएजस्तै ७० वा ८० वर्षको मात्र हुन्छ।

तर कुनै-कुनै जीवहरू जस्तै, समुद्री अर्चिन वा कौडीको एउटा प्रजाति दुई सय वर्षभन्दा धेरै बाँच्न सक्छ। अझ सिकोया भनिने विशाल रूख त हजारौँ वर्ष बाँच्छ। यी र अन्य जीवहरूसित हाम्रो आयु तुलना गर्दा के हामी यस्तो सोच्न बाध्य हुँदैनौँ: “हाम्रो आयु चाहिँ किन ७०/८० वर्ष मात्रै? के जीवन यति नै हो?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने