प्रश्न पेटी
▪ मण्डली समक्ष प्रस्ताव प्रस्तुत गर्दा कुन कार्यप्रणाली अपनाउँनु पर्छ?
मण्डलीलाई प्रभावपार्ने प्रकारका अनेकन् मामिलाहरुबारे मण्डलीका स्थानीय प्राचीन समूहलाई फैसला गर्नु पर्छ। कुनै पनि फैसला लिइंदा, ती जिम्मेवाल भाइहरु बाइबल सिद्धान्तहरु लगायत सोसाइटीले उपलब्ध गराई दिएका सुझावहरु वा निर्देशन अनुसार चल्छन्। तथापि, केहि केहि यस्ता निर्णयहरू छन् जसमा मण्डलीले भाग लिने गर्दछ, अख्तियारनामाको लागि। यी मामिलाहरुमा सभाको निमित्त अझ असल ठाऊँको प्राप्ति, चल-अचल सम्पत्तिको किनमेल, राज्य सभागृहको निर्माण वा त्यसलाई नौंलो बाँन्की दिने, राज्यको कार्यहरुलाई अरु विस्तृत पार्नका लागि सोसाईटिमा अनुदानहरु पठाउँने, तथा यस्तैयस्तै प्रकारका कुरोहरु समावेश हुनेछन्। सामान्य रुपमा सञ्चालन हुने कार्यहरुको लागि प्रस्तावको आवश्यकता पर्दैन्, तर साधारण-भन्दा-बाहिरको व्यय अथवा महत्त्वपूर्ण कुरोको लागि प्रस्तावको रुपमा मण्डलीबाट स्वीकृती लिनु पर्छ।
प्रस्तावलाई तयार तथा त्यसलाई प्रस्तुत कसरी गरिन्छ? मण्डलीका लागि तथा राज्य कार्यको लागि कुन कुरो उपयुक्त हुनेछ भन्ने विषयलाई ध्यानमा राख्दै, त्यो मामिलाबारे प्राचीन समूहले पूरापूर छलफल गर्दछन्। सबैजना एकै मतको भएपछि, एक जना प्राचीनले, हुनः सक्छ भने मण्डलीका सेवा समितिका एक जना सदस्यले, एउटा लिखित प्रस्ताव तयार गर्नेछन् जसमा प्राचीनहरुको सिफारिस सुस्पष्ट व्यक्त गरिनेछ। कुनै सेवा सभा दौरान सम्बन्धित तथ्यहरु तथा प्रस्तावित प्रस्तावमाथि छलफल गरिनेछ। यदि कुनै कुरो स्पष्ट छैन भने, मामिलाको हेरविचार गर्ने प्राचीनले मण्डलीका सदस्यलाई प्रश्नहरु सोध्ने अवसर दिने छन्। यदि महत्त्वपूर्ण फैसला बिथोलित छ भने, मतदान गर्न अगावै प्राचीनहरुले मण्डलीलाई विचार गर्नका लागि एक साता जति दिन सक्छन्। यदि मण्डलीले त्यो प्रस्तावलाई अरु कुनै छलफल विनै प्रस्तावित रुपमा स्वीकार गर्न चाहन्छन् भने, अध्यक्षद्वारा प्रस्तावका पक्षावलम्बिहरुलाई हात उठाउँन आग्रह गरिनेछ र तत्पश्चात विपक्षका लाई पनि सोहि गर्न लगाइनेछ। यदि अधिकांश समर्पित र बप्तिस्माप्राप्त प्रकाशकहरु प्रस्तावित कार्यक्रमको पक्षमा छन् भने, जे जत्ति स्वीकारिएको छ त्यसलाई लिएर तिनीहरु अधि बढ्न सक्छन्।
कानून अनुसारका शर्तहरुको माग हुने मामिलाहरु बाहेक, प्रस्तावित प्रस्तुत मामिलाहरुमा सबै समर्पित तथा बप्तिस्माप्राप्त प्रकाशकहरुलाई मतदान गर्ने अनुमति हुनेछ।
निगम सम्बन्धी मामिलाहरु, राज्य सभाको ऋण, तथा यस्तैयस्तै मामिलाहरु माथि विचारविमर्श गर्दा, निगमका उपनियमहरु तथा कानूनी शर्तहरु अपनाउँनु अनुसार तामेल गर्नकालागि संसदीय कार्यप्रणाली अपनाउन आवश्यक पर्न सक्छ। (भारतमा यो कुरो ती ठाउँहरुमा मात्र लागु हुन्छन् जुन ठाँऊका मण्डलीहरुले राज्य सभागृहहरु, जग्गाजमिनको स्वामित्व, आदि जस्ता मामिलाहरुको लागि वैध स्थानीय संस्थानहरु गठन गरेका छन्।) उदाहरणका लागि, कहिले काहीं प्रस्तावलाई स्वीकार गर्न प्रस्ताव राख्ने भाइको तथा त्यो प्रस्तावलाई समर्थन गर्ने भाइको नाउँलाई, र साथै यसको पक्ष वा विपक्षमा मतदान गर्नेहरूको सङ्खया पनि दर्ता गर्नु आवश्यक पर्छ। यदि यस प्रकारका संसदीय कार्यप्रणाली प्रत्यक्ष रुपमा आवश्यक छैनन् भने, मण्डलीले सो मामिलावारे विचारविमर्श गरिसिद्धाए पछि मतदान गर्नको लागि आह्वान गर्नु पर्याप्त हुनेछ। स्वीकृत गरिएका जुनसुकै लिखित प्रस्तावलाई मण्डलीको रेकर्डमा राख्न अगावै जिम्मेवाल प्राचीनहरुले यसमा सही गरेर मिति भर्नु पर्छ।