ईश्वरशासित समाचार
घाना: यस देशमा हाम्रो कार्यमाथि लागेको प्रतिबन्ध अब उठाइएको छ। यसले हाम्रा भाइहरुलाई धेरै हर्ष ल्याएको छ, किनकि तिनीहरुका अधिराज्य सभाहरु पुनः खोलिएका छन् र वर्तमान ऐनबमोजिम रेजिसट्रेशनको लागि निवेदन दिने अनुमति प्राप्त भएको छ।
लाइबेरिया: गृह युद्धले गर्दा कैयन् महिना देखि बन्द भएका, लाइबेरियामा भएको शाखा कार्यालय अब पुनः खोलिएको छ। यस शाखामा सेवा गर्नको लागि चारजना मिसनरीहरु अब फर्केर गएका छन्, र भाइहरु एकअर्का सँग स्वतन्त्रतापूर्वक संगतीगर्न पाएकोमा खुशी छन्।