सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्
१ भक्तिहीनता तर्फ लैजानका लागि जोडतोडका साथ प्रयास गर्ने संसारमा हामी बाँचेका छौं। यस रीतिरिवाजको गुणस्तर झन झनै बिग्रन्दो छ। (२ तिमो० ३:३) मसीहीहरू भएर, हामीले असल कार्यको पक्ष लिनै पर्छ तथा यसो हामीले किन गरिरहनु पर्ने सो बुझ्नै पर्छ। तर यसका लागि के कस्ता निर्देशन् तथा मार्गदर्शन उपलब्ध छ? हामीले अनुसरण गर्नु पर्ने स्तर के के हुन्? अतः १९९३ सेवा वर्षका विशेष एक दिने सम्मेलनको उत्साहवर्धक ध्येय हो “सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्नु होस्।”—तित० २:१२.
२ भाषणहरू, प्रदर्शनहरू, तथा अनुभवहरूद्वारा अर्धमको विरोध हामी कसरी गर्न सक्छौं तथा सांसारिक आकाङक्षालाई परित्याग गरेर बलियो कसरी हुन सक्छौं भन्ने विषयहरू हामी सिक्ने छौं। साथै यो दुष्ट रीतिरिवाज बीच सफा अन्तस्करण र धार्मिकताका साथ बाँच्न कसरी सम्भव छ, यो पनि हामी हेर्ने छौं। हाम्रा मानसिक शक्तिको रक्षा गर्ने मद्दत दिनका लागि कस्ता कस्ता प्रबन्ध गरिएका छन्, तिनीहरूको पनि उल्लेख गरिने छ। (१ पत्रु० ४:७) आमा-बाबु तथा तरुणहरूले विशेष गरी अपरान्हको कार्यक्रममा हुने भाषणहरू र अन्तरवार्ताहरूमा ध्यान दिन मनपराउने छन्। आनन्दमय ईश्वरतन्त्रीय भविष्यको निर्माण गर्नका लागि संयुक्त रूपमा कार्य गर्ने तथा इश्वरीय ज्ञान एवं अनुभव प्राप्त गर्ने आवश्यकता माथि यिनीहरूले जोड दिने छन्।
३ हाम्रो वरिपरि अधर्मी संसार भए तापनि, परमेश्वरको वचनले हामीलाई सबैभन्दा उत्तम मार्गको विषयमा निर्देशन दिंदछ। “एउटा आनन्दहीन संसारको माझमा आफ्ना आशिषलाई कदर गर” भन्ने भाषणद्वारा बाइबलको सल्लाह मानेर त्यसबाट प्राप्त हुने लाभहरूलाई महत्त्व दिइने छ। त्यहाँ उपस्थित हुन जसै हामी तयारी गर्छौं, हामी यो कुरा मनमा राख्ने छौं कि कार्यक्रममा राम्ररी ध्यान दिनाले तथा यसका सल्लाहहरू प्रयोगमा ल्याउनाले यहोवाका सेवामा अझ प्रभावकारी हुने मद्दत हामीले पाउने छौं।—फिलि० ३:१५, १६.