तपाईंको प्रथम भेटमै पूर्वाधार स्थापित गर्नु होस्
१ प्रथम भेटमै राम्रो पूर्वाधार स्थापित गर्दा पुनःभेट गर्न धेरै सजिलो हुन्छ। सो गर्न हामीलाई री’जनीङ्ग [Reasoning, नेपालीमा उपलब्ध छैन] पुस्तकले मद्दत दिन सक्छ।
२ निम्नलिखित प्रस्तुतीकरण री’जनीङ्ग पुस्तकको पाना १०-को “बाइबल/परमेश्वर” शीर्षकमनि पाइने दोस्रो परिचयमा आधारित छ।
एउटा मित्रैलो अभिवादनपछि, तपाईं यसो भन्न सक्नु हुन्छ:
◼ “बढदो दैनिक समस्याहरूका लागि व्यावहारिक समाधान कहाँ पाउन सकिन्छ? यसबारे आज धेरै मानिसहरू अनिश्चित छन्। के तपाईंलाई पनि यस्तै लाग्छ? [प्रत्युत्तरका लागि एक छिन पर्खनु होस्।] कुनै यस्तो पनि समय थियो जब मानिसहरूले मद्दतका लागि बाइबलतर्फ हेर्ने गर्द थिए। तर आज भने यस विषयमा धेरैले शङ्का व्यक्त गर्दछन्। बाइबलबारे तपाईंको विचार के छ?” घरपट्टीले बाइबलको सत्यताबारे शङ्का व्यक्त गरेमा Why You Can Trust the Bible निकालेर पाना २-को दोस्रो र तेस्रो अनुच्छेद पढनु होस्। बाइबल परमेश्वरको वचन हो भनेर घरपट्टिले सहमति जनाउँदछ भने चाहिं पाना २-को दोस्रो अनुच्छेदमा उल्लेखित पद्यहरू बाइबलबाट पढनु होस् र उनीसित छोटकरीमा छलफल गर्नु होस्।
३ तपाईंको इलाकाका धेरै मानिसहरूले अविश्वास व्यक्त गर्दछन् भने तिनीहरूमा चासो जगाउनका लागि री’जनीङ्ग पुस्तकको पाना १०-मा दिइएको पाँचौं परिचय प्रयोगमा ल्याउने कोशिश गर्नु होस्।
तपाईंले यसो भन्न सक्नु हुन्छ:
◼ “संसारमा चलिरहेका जम्मै द्वन्दहरूको कारण, थुप्रै निष्कपट मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न गाह्रो लाग्छ। अथवा, उनीहरूले उहाँमाथि विश्वास गरे तापनि, हामीले सामना गरिरहेका समस्याहरूलाई उहाँले समाधान गर्न सक्नु हुन्छ भन्ने कुरामाथि चाहिं विश्वास गर्दैनन्। यसमा तपाईंको के विचार छ? [प्रत्युत्तरका लागि पर्खनु होस्।] हेर्नु होस् न, मानिस, विज्ञान र बाइबलबारे यस पर्चाले के भन्दछ।” यसपछि, Why You Can Trust the Bible -को तेस्रो पानाको पाँचौं अनुच्छेद पढन थाल्नु होस्।
४ अर्को पटक आउने बाटो तयार पार्नका लागि पर्चामा आधारित प्रश्नहरू उठाउनुहोस्: तपाईंको यो प्रथम भेट अन्य फलदायी भेटहरूको एउटा सुरु मात्र होस भन्ने योजना बनाउनु होस्। अहिले नै धेरै कुरा गरी हाल्न आवश्यक नठान्नु होस्; तर एक्कासि कुरा टुङ्गयाउने पनि नगर्नु होस्। नत्र भने घरपट्टिमा तपाईंको कुनै खास चासो छैन भन्ने आभास तिनलाई हुन सक्छ। पर्चाबाट एक वा दुई अनुच्छेदहरू पढनु भएपछि, एउटा प्रश्न उठाउनुहोस् जसलाई पछि फर्केर आउनु हुँदा छलफल गर्न सकिन्छ।
५ उदाहरणका लागि, तपाईंले पाना ४-को तेस्रो अनुच्छेद तर्फ ध्यान आकर्षित गर्दै सोध्न सक्नु हुन्छ: “बाइबलले भविष्यबारे भनेका कुराहरू माथि विश्वास गर्नका लागि, के हामीले त्यसमा यथेष्ट प्रमाण पाउँन सक्छौं? यसबारे तपाईंको के विचार छ?” पुनःभेटमा छलफल गर्ने यो एउटा विषय हुन सक्तछ र त्यस बेला तपाईंले हाम्रा समसयाहरू ब्रोश्यरको पाना ५-मा उल्लेखित कुरालाई विचार गर्न सक्नु हुनेछ।
६ घरपट्टिले हाम्रो खबरमा चासो चाहिं व्यक्त गर्छन् तर कुनै प्रकाशन लिन हिचकिचाउँछ भने, यो प्रथम भेटमै हाम्रा समस्याहरू ब्रोश्यर नदिनु भए पनि हुन्छ। तापनि, पाना ४-को अनुच्छेद २-मा उल्लेखित धेरै जसो मानिसहरूले सामना गर्नु परेका समस्याहरू देखाउनु हुँदै, घरपट्टिमा चासो भने जगाउनु होस्। यसपछि, पाना ५-मा मास्टरजीको प्रत्युत्तरलाई औंल्याउनु होस्, जसमा हाम्रा समस्याहरूको समाधान गर्न परमेश्वरले कदम चाल्नु हुनेछ भन्ने आशा दिइएको छ। यसो गर्नु भयो भने, तपाईंले घरपट्टिलाई फेरि भेट्नु हुँदा, रु३-को चन्दा लिएर यो ब्रोश्यर प्रस्तुत गर्न सक्नु हुनेछ।
७ प्रत्येक घरपट्टीलाई हामीले एक जना सम्भाव्य चेला ठान्ने गर्यौं भने, हामीले कुरा टुङ्ग्याउने बेलामा एउटा पुनःभेटका लागि पूर्वाधार स्थापित गर्ने कोशिश गर्नेछौं।