सरल तथा प्रभावकारी पुनःभेटहरू
१ के तपाईं नियमित तवरमा पुनःभेट गर्न जानु हुन्छ? अथवा भेट गर्दा के भन्ने हो, सो थाह नभएर के तपाईंलाई पुनःभेट गर्न साधारणतया गाह्रो लाग्छ? तर, वास्तवमा यसरी भयभीत हुने खाँचो छैन। तीनवटा कुराले तपाईंलाई सफल हुने मदत दिनेछ: (१) राम्रो तयारी; (२) बाइबलमा आधारित एक वा दुईवटा सरल विषयहरूमा छलफल गर्ने योग्यता; (३) घरधनीको दृष्टिकोणलाई सुनी दिने प्रवृत्ति।
२ पुनःभेटका लागि तयारी गर्दा घरधनीसित कुन चाँहि विषयमा कुरा गर्नु उचित हुनेछ, सो राम्ररी विचार गर्नु होस्। के ती घरधनी एक जना विद्यार्थी हुन्? सम्भवतः यस महिनामा थुप्रै विद्यार्थीहरूले आफ्नो जाँचको लागि तयारी गर्ने बिदा पाएका हुन्छन्। अतः तिनीहरू स्कूलमा हुनुको सट्टा घरमा हुन सक्छन्। स्कूलको पढाइबाट आराम लिइरहेको बेलामा तिनीहरूसित बाइबलको कुनै एउटा विषयमाथि तपाईंले छलफल गर्न सक्नुहुन्छ। तिनीहरूमध्ये केहीले राज्यको सन्देशलाई ध्यान दिन सक्छन्। अघिल्लो भेटको अन्तमा के तपाईंले कुनै एउटा प्रश्न उठाउनु भएको थियो? अथवा घरधनीले कुनै खास विषयमा रुचि देखाएका थिए कि? आफ्नो टिपोट हेरेर पता लाउनु होस्। यसपछि, प्रभावकारी पुनःभेट गर्नका लागि आवश्यक जानकारी रीजनिङ्ग पुस्तकबाट लिनु होस्। पुनःभेट गर्न जानु हुँदा मिलनसार र मित्रैलो हुनु होस्। घरधनीलाई उनको नाउँ लिएर सम्बोधन गर्नु होस्।
३ तपाईंले घरधनीसित प्रहरीधरहरा र अवेक! पत्रिकाहरू छाड्नु भएको थियो भने तपाईंले पत्रिकाबाट टिप्नु भएको एक वा दुई बुँदाहरूमा आधारित कुराकानी शुरु गर्न सक्नुहुन्छ। प्रथम भेटमा तपाईंले पर्चा छाडनु भएको थियो भने चाहिं अहिले पनि त्यस पर्चाबारे नै टिप्पणी गर्न सकिन्छ। होइन भने कुनै पत्रिका वा ब्रोश्यरमा भएको उपयुक्त बुँदालाई छुन सक्नुहुन्छ।
४ छलफलको दौडान घरधनीले थुप्रै यस्ता विचारहरू व्यक्त गर्लान् जो सही नहोलान्। यस्तो हुँदा उनले भनेको प्रत्येक कुरा टिपेर बहस शुरु गर्नु पर्दैन। बरु, छलफलको विषय मै लागी रहनु होस्। उनको कुनै विचार शास्त्रसित मिल्दैन भने त्यसलाई पछि बाट गरिने भेटहरूमा सच्याउन सकिन्छ।
५ यस महिनाभरि पुनःभेट गर्न जानु हुँदा मानिसहरूलाई मार्च २६ तारिख ख्रीष्टको मृत्युको स्मरणार्थका लागि बारम्बार निम्त्याउन नबिर्सनु होस्। उपलक्ष्य स्थल र समय पनि तिनीहरूलाई बताइ रहनु होस्। यस घटनाको महत्त्व र भेला हुने आदेश पालन गर्ने आवश्यकताबारे तिनीहरूसित दोहोऱ्याइ दोहोऱ्याइ कुरा गर्नु होस्। हो, चासो व्यक्त गर्ने सबै कहाँ फर्केर जाँदै मार्च महिनाभरि सरल र प्रभावकारी पुनःभेटहरू गर्नु होस्।