पत्रिकाहरू राज्य घोषणा गर्छन्
१ यहोवाका साक्षीहरूको हैसियतमा परमेश्वरको राज्यको जोसिलो प्रचारकार्यका लागि हामीहरू चिरपरिचित छौं। हामीले वितरण गर्ने प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूले करोडौं मानिसहरूलाई परमेश्वरका उद्देश्यहरू सिक्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यी पत्रिकामा भएका खबरहरू वास्तवमा सुसमाचारै हुन् किनभने यिनीहरूले परमेश्वरको राज्यलाई मानिसजातिको एक मात्र आशाको रूपमा घोषणा गर्छन्।
२ यी पत्रिकाहरू मानिसहरूका सही आवश्यकताहरू अर्थात् भावनात्मक, सामाजिक अनि आध्यात्मिक विषयहरूसँग गाँसिएका हुन्छन्। जताततै नैतिक तथा पारिवारिक मूल्यहरू खस्किरहेको हुँदा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-ले बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्ने तरिका देखाइदिएर मानिसहरूको जीवनस्तर उकास्न मदत गर्छन्। अतः अप्रिल र मे महिनामा यीनै पत्रिकाहरूको ग्राहक बन्ने आग्रह गर्न पाउनु हाम्रोलागि आनन्दको कुरा हुनेछ।
३ साँच्चै आकर्षक छन्: प्रहरीधरहरा र ब्यूँझनुहोस्! झन्डै झन्डै संसारका सबै मानिसहरूका भाषामा उपलब्ध छन्। यसैकारण पनि हाम्रा पत्रिकाहरू चिरपरिचित छन्। मानिसहरू यी पत्रिकाप्रति आकर्षित हुनाका केही कारणहरू तल दिइएका छन्:
▪ निष्ठा अनि सत्यमा आधारित पत्रिका भएकोले यिनीहरूले असल र खराबबीचको भिन्नता छर्लंग्याउँछन्।
▪ पृथ्वीलाई परमेश्वरको राज्यको अधीनमा ल्याउने उहाँको प्रतिज्ञाअनुरूप आउन लागेको धार्मिक प्रमोदवनको आशा प्रदान गर्छन्।
▪ हर पृष्ठभूमि र संस्कृतिका मानिसहरूको ध्यान खिच्ने समयसापेक्ष विविध विषयहरू प्रस्तुत गर्छन्।
▪ लेखहरू छोटा, शिक्षामूलक, वास्तविक अनि पूर्वाग्रह तथा अन्तरविश्वासरहीत हुन्छन्।
▪ मनमोहक चित्रहरूले तुरुन्तै मानिसहरूको चासो जागिहाल्छ र लेखन शैली स्पष्ट भएकोले पत्रिका पढ्न सजिलो लाग्छ।
४ प्रशस्त वितरण गर्नुहोस्: प्रस्तुति तयार गर्न, समय तालिका मिलाउन अनि प्रचार क्रियाकलापलाई व्यवस्थित पार्न हामीले गरेको मेहनतमा नै धेरै हदसम्म प्रभावकारी पत्रिका वितरण भर पर्छ। सम्बन्धित व्यवहारिक सल्लाहहरू हाम्रो राज्य सेवकाई १९९६, जनवरी र अक्टोबरमा दिइएको थियो। त्यसलाई पुनरावलोकन गर्नु र व्यवहारमा उतार्नु बेस होला।
५ पत्रिकाहरूसँग राम्ररी अभ्यस्त हुनुहोस्: प्रत्येक अंक पढ्नुहुँदा, त्यस प्रतिले कस्ता मानिसहरूको चासो जगाउनसक्ला, सो ध्यानमा राखेर पढ्नुहोस्। आफ्नो प्रस्तुतिमा चलाउन सकिने खास बुँदा अथवा पदहरू खोज्नुहोस्। वार्तालाप सुरु गर्न र उक्त विषयमा चासो जगाउन सोध्न मिल्ने प्रश्नहरू विचार गर्नुहोस्।
६ व्यक्तिअनुसार प्रस्तुति मिलाउनुहोस्: सरल अनि लचकदार प्रस्तुति तयार गर्नुहोस् ताकि छाँटकाँट गरेर लोग्नेमान्छे, आइमाई, बूढाबूढी अथवा जवान अनि परिचित वा अपरिचित सबै व्यक्तिसित कुरा गर्दा त्यो चलाउन सकियोस्।
७ मौका पाउनेबित्तिकै प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गर्न तयार रहनुहोस्: पत्रिकाहरू ब्रिफकेस, ह्यान्डब्याग अथवा कोटको खल्तीमा पनि सजिलै अट्ने हुनाले यात्रा गर्दा वा किनमेल गर्न जाँदा केही प्रति साथमा बोक्नसक्छौं। नातेदार, छिमेकी, सहकर्मी, सहपाठी अथवा शिक्षकहरूसँग कुरा गर्दा यी पत्रिकाहरू दिनुहोस्। प्रत्येक हप्ता एक दिन पत्रिका वितरणको लागि छुट्याउनुहोस्।
८ यी पत्रिकाहरूको मूल्यांकन गर्नुहोस्: तिनीहरूको उपयोगिता कहिल्यै कम हुँदैन। अलि पुराना भए तापनि यी पत्रिकामा भएका खबर कम महत्त्वको हुँदैनन्। यदि हामीले पाएकाजति सबै पत्रिकाहरू वितरण गर्ने विशेष प्रयत्न गऱ्यौं भने पुराना अंकहरू पक्कै पनि थन्काएर राख्नुपर्नेछैन।
९ सडक साक्षी प्रभावकारी हुन्छ: धेरैभन्दा धेरै मानिसहरूलाई पत्रिकाहरू प्रस्तुत गर्ने यो एउटा उत्तम तरिका हो। केही प्रकाशकहरू किनमेल गर्ने दिनमा व्यस्त सडकहरूमा केही समयको अन्तरालमा आई नियमित तवरमा यो काम गर्छन्।
१० व्यापारिक इलाका फलदायी हुन्छ: पसल-पसलमा साक्षी दिन जाँदा प्रायः सबैलाई भेटिन्छ। प्रायजसो व्यवसायीहरू शिष्ट हुन्छन् र धेरैले खुसीसाथ पत्रिकाहरू र ग्राहक बन्ने अनुरोध स्वीकार्छन्। भेटिएका व्यवसायी हेरेर मिल्दा लेखहरू प्रस्तुत गर्नुहोस्।
११ पत्रिका रुटहरू पनि फलदायी हुनसक्छन्: यदि कुनै व्यक्ति ग्राहक बन्न चाहँदैन तर पत्रिकाका एक/दुई प्रतिहरू चाहिं अप्ठ्यारो नमानी लिन्छ भने उसलाई पत्रिकाका अरू अंकहरू प्रस्तुत गर्न भेट गर्नु नै सर्वोत्तम तरिका हो। पत्रिकाहरू दिने मात्र होइन बाइबलप्रति उक्त व्यक्तिको चासो बढाउने उद्देश्यसहित हामीले नियमित तवरमा पुनःभेट गर्नुपर्छ। प्रभावकारी बाइबल अध्ययनहरूका लागि पत्रिका रुटहरू फलदायी क्षेत्र हुनसक्छन्।
१२ अप्रिल र मे महिनाको पूरापूर फाइदा उठाउनुहोस्: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-ले आफ्ना करोडौं प्रशंसकहरूको विश्वास जितेका छन्। यी पत्रिकाहरू परमेश्वरको राज्यको घोषणा गर्न एकदमै प्रभावकारी छन् त्यसैले हर अवसरमा प्रस्तुत गर्न सधैं साथमा राख्नुपर्छ। अप्रिल र मे ग्राहक बनाउने र पत्रिका वितरण गर्ने विशेष महिनाहरू साबित होऊन्!