ईश्वरतान्त्रिक समाचार
नोभेम्बर महिनामा निम्न देशहरूमा उल्लेखनीय बाइबल अध्ययनहरू भएको रिपोर्ट गरिएको थियो जहाँ भर्खरै मात्र हाम्रो कामले कानुनी मान्यता पाएका छन्:
अल्बेनिया: ९९ प्रकाशकहरूले २१०-वटा बाइबल अध्ययनहरू सञ्चालन गरे।
बाल्टिक राज्यहरू: सब जोडेर यी देशहरूले २,११९ जना प्रकाशकहरू र ४,६३२ वटा बाइबल अध्यननहरूको रिपोर्ट गरे।
बुल्गेरिया: २९६ जना प्रकाशकहरूले ६५७-वटा बाइबल अध्ययनको रिपोर्ट दिए।
अफ्रिकाबाट पनि थुप्रै प्रोत्साहक रिपोर्टहरू आएका छन्:
सेन्ट्रल अफ्रिकन रिपब्लिक: अक्टोबर महिनामा प्रकाशकहरूको नयाँ अधिकतम सङ्खया १,६०० पुगेको थियो र तिनीहरूले २,९६६-वटा बाइबल अध्ययनहरू सञ्चालन गरे।
चाड: अक्टोबर महिनामा ३४५ जना प्रकाशकहरू भए तापनि तिनीहरूको छ वटा विशेष सम्मेलनहरूमा उपस्थिति सङ्खया ६५४ थियो।
रुवान्डा: नोभेम्बर महिनामा १,७६२ जना रिपोर्ट दिने प्रकाशकहरूले ६,२७०-वटा गृह बाइबल अध्ययन सञ्चालन गरेका थिए।
हाम्रो दिनमा तेजीका साथ जम्मा गर्ने कामलाई गरिने छ भन्ने प्रतिज्ञालाई यहोवाले अहिले पूरा गर्नु हुँदैछ भन्ने कुराको ज्वलन्त प्रमाण यो मिस्रित रिपोर्टहरूले दिन्छ।—यशै० ६०:२२.