प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 मार्च p. ३
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९४
हाम्रो राज्य सेवकाई—१९९४
km94 मार्च p. ३

ईश्‍वरतान्त्रिक समाचार

बोलिभिया: अक्टोबर महिनामा ९,५८८ प्रकाशकहरूको एउटा नयाँ शिखर पुगेको समाचार शाखा-कार्यालयबाट आएको छ। गृह बाइबल अध्ययनहरू, पुनःभेटहरू, मण्डलीका प्रकाशकहरू, र नियमित अग्रगामीहरूको संख्याले पनि नयाँ शिखर छोएको छ। क्षेत्र-सेवकाईमा मण्डलीका प्रकाशकहरूले सरदर १४ घण्टा बिताए।

एस्टोनिया: सेप्टेम्बर महिनामा १,७५३ प्रकाशकहरूले सेवामा भाग लिएको रिपोर्ट गरे। गत वर्षको मासिक सरदरभन्दा २४-प्रतिशतको यो वृद्धि थियो।

भारत: दिसम्बर १९९३-को अन्तताका भारतमा आजसम्म आयोजित सम्मेलनहरूमध्ये सबैभन्दा ठूलो उपस्थिति भएको जिल्ला सम्मेलन कोट्ट्याममा सम्पन्‍न भयो। यसको उपस्थिति जम्मा ६,९६७ थियो र ३१४ जनाले बप्तिस्मा लिए। यसभन्दा अघि भारतमा एकै ठाउँमा गरिएको बप्तिस्माको सङ्‌खया भन्दा यो ६६% बढी थियो।

गतः १९९३-मा आयोजित १६ वटा “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनहरूमा जम्माजम्मी २१,३२० जना मानिसहरू उपस्थित थिए र यी सम्मेलनहरूमा ८२५ जनाले बप्तिस्मा लिए। उपरोक्‍त उपस्थिति भारतमा १९९२-मा आयोजित “ज्योति वाहक” जिल्ला सम्मेलनको उपस्थितिभन्दा ३ प्रतिशत बढी थियो। बप्तिस्मा लिनेहरूको संख्यामा चाहिं गत वर्षका सम्मेलनहरूमा बप्तिस्मा लिनेहरूको संख्याभन्दा १५%-वृद्धि देखिन्छ।

लिथुनिया: अक्टोबरको रिपोर्टले ८७१ जना प्रकाशकहरूको नयाँ शिखर देखाउँछ। अक्टोबर १९९२-को संख्याभन्दा यो ३९-प्रतिशत बढी हो।

टर्की: “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनको उपस्थिति १,५१०-थियो, र ४४ जनाले आफ्नो समर्पणा व्यक्‍त गरे। सम्मेलनबारे स्थानीय टेलिभिजनले राम्रो समाचार दिएको थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने