प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 अक्टोबर
  • गृह बाइबल अध्ययन सञ्चालन गर्न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गृह बाइबल अध्ययन सञ्चालन गर्न
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग २
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • बाइबल विद्यार्थीलाई बप्तिस्मा गरेर चेला बन्‍न मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • सिकाउनको लागि राम्ररी तयारी गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००९
  • बाइबल विद्यार्थीलाई बप्तिस्मासम्म पुग्न कसरी मदत गर्न सकिन्छ?—भाग १
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 अक्टोबर

गृह बाइबल अध्ययन सञ्चालन गर्न

१ एउटा प्रभावकारी गृह बाइबल अध्ययन कसरी सञ्चालन गरिन्छ? हामीले कुन आदर्शलाई पछ्याउनु पर्छ? अध्ययन सामग्रीमा दिइएका शास्त्रपदहरूमाथि कसरी विचार गर्न सकिन्छ? अनुच्छेदहरू कसले पढ्‌नु पर्छ? विद्यार्थीलाई सच्चाइ अपनाउने मदत दिनका निम्ति मौलिक अध्ययन प्रणालीबाहेक अरू कुनकुन कुरा चाहिन्छ? कुनकुन खतराहरूबाट जोगिनु पर्छ?

२ अध्ययन कसरी सञ्चालन गर्ने: साधारणतया गृह बाइबल अध्ययन मण्डली प्रहरीधरहरा अध्ययन जस्तैगरी सञ्चालन गरिन्छ। प्रथमतः, छलफल गरिने अनुच्छेद पढिन्छ। अनि अध्ययन सञ्चालकले त्यस अनुच्छेदका लागि छापिएको प्रश्‍न सोध्छन्‌ र विद्यार्थीलाई प्रश्‍नको जवाफ दिने मौका दिन्छन्‌। विद्यार्थी जवाफ दिन अकमकाएमा उनलाई विषय सामग्रीमाथि तर्कानुसार विचार गर्न र सही निष्कर्षमा पुग्न मदत दिने थप प्रश्‍नहरू सोध्न सञ्चालक तयार रहनु पर्छ।

३ अनुच्छेदमा दिएको विषय सामग्रीसित उल्लिखित शास्त्रपदहरूको के सम्बन्ध छ, सो विचार गर्नु होस्‌। विद्यार्थीलाई उद्धृत शास्त्रपदहरू चिन्‍ने मदत दिनु होस्‌ र ती शास्त्रपदहरू हाम्रो विषयसित कसरी सम्बन्धित छन्‌, सो तार्किक छलफलद्वारा बुझाउनु होस्‌। शास्त्रपदहरू उद्धृत नभएर उल्लिखित मात्र छन्‌ र ती धेरै लामो पनि छैनन्‌ भने बाइबल खोलेर विद्यार्थीलाई ती पढ्‌न लगाउनु बेस हुनेछ। यसपछि ती पदहरूले अनुच्छेदको विषयलाई कसरी समर्थन गर्छन्‌ वा स्पष्ट पार्छन्‌ भन्‍ने विषयमा विद्यार्थीलाई नै पढ्‌ने र टिप्पणी गर्ने मौका दिनुहोस्‌।

४ विद्यार्थीलाई सच्चाइ अपनाउने मदत दिनुहोस्‌: विद्यार्थीहरूलाई अध्ययनका लागि राम्ररी तयारी गर्ने प्रोत्साहन दिनुहोस्‌। सिक्नका लागि पढ्‌नु आवश्‍यक छ भन्‍ने विषयमा जोर दिनुहोस्‌। विद्यार्थीले जति बढी अध्ययन सामग्री पढ्‌ने र तिनमा मनन गर्ने गर्छन्‌ उति नै राम्रो हुन्छ। कुनै कुनै सञ्चालकहरूले बाइबल अध्ययनको दौडान सबै अनुच्छेदहरू विद्यार्थीलाई नै पढ्‌न लाउँछन्‌। केही सञ्चालकहरूले चाहिं विद्यार्थीसित पालै पालो पढ्‌ने गर्छन्‌। विद्यार्थीको आध्यात्मिक प्रगतिलाई ध्यानमा राख्दै सञ्चालकले यी फैसलाहरू सोच पुऱ्‍याएर गर्नु आवश्‍यक छ।

५ अध्ययन सामग्रीको छलफल व्यावहारिक हुनुको सट्टा सैद्धान्तिक मात्र भयो भने विद्यार्थीले ज्ञान त प्राप्त गर्लान्‌ तर सिकेका कुराहरूमा के उनले विश्‍वास गर्नेछन्‌? उनले सच्चाइ अपनाउने हो भने, छलफलको विषय-वस्तु उनको व्यक्‍तिगत जीवनसित कसरी सम्बन्धित छ, सो उनले बुझ्नै पर्छ। सिक्दै गरेका कुराहरूबारे उनको के विचार छ? सिकेका कुराहरूलाई उनले कसरी प्रयोगमा ल्याउन सक्छन्‌? यस्ता हृदय-स्पर्शी प्रश्‍नहरूको प्रयोग गर्दै विद्यार्थीको हृदयसम्म पुग्ने कोशिश गर्नुहोस्‌।

६ खतराहरूबाट जोगिनुहोस्‌: गृह बाइबल अध्ययन सञ्चालन गर्दा केही खतराहरूबाट जोगिनु आवश्‍यक छ। छलफलको विषय-वस्तुसित सम्बन्ध नराख्ने विषयहरू उठेको खण्डमा तीबारे अध्ययनको अन्तमा अथवा अरू कुनै बेला विचार गर्नु बेस हुनेछ। साथै, विद्यार्थीले जवाफ दिंदा किताबमा लेखिएको कुरा पढेर सुनाउनुको सट्टा आफ्नै शब्दहरूमा उत्तर दिनु अत्यावश्‍यक छ। यसो गरेमा, विद्यार्थीले कुरा बुझेका छन्‌ कि छैनन्‌ भन्‍ने कुरा तपाईं सञ्चालकलाई ठम्याउन सजिलो हुनेछ।

७ कमसेकम एउटा गृह बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य किन राख्नु हुन्‍न? यहोवामाथि भरोसा राख्दै मण्डली प्रहरीधरहरा अध्ययन प्रणालीअनुसार चल्नु भयो भने त्यो कुनै गाह्रो काम हुनेछैन। अरूहरूलाई सच्चाइ सिकाउने र चेला बनाउने सबैभन्दा प्रभावकारी ढङ्‌ग एउटा गृह बाइबल अध्ययन सञ्चालन गर्नु हो। यसो गर्नु भयो भने मत्ती २८:१९, २०-मा उल्लिखित येशूको आज्ञा सम्पूर्ण रूपमा पालन गर्दा प्राप्त हुने आनन्द तपाईंले पनि अनुभव गर्न सक्नु हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने