हाम्रो सृजनहारको आदर गर्न अरूलाई मदत दिने
१ के हामी भजनरचयिताले जस्तै महसुस गर्छौं? उनले यसो भने: “हे परमप्रभु, . . . जीवनको मूल तपाईंसँग छ।” (भजन. ३६:५, ९) हामीले पनि कसरी अरूलाई यहोवाको उपासना र मूल्याङ्कन गर्न मदत दिन सक्छौं? जून महिनामा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष अथवा लाइफ—हाउ डिड इट गेट ह्यर? बाइ एभलुशन अर बाइ क्रिएशन? पुस्तक प्रस्तुत गरेर। यी पुस्तकहरू साँच्चै अनुपम छन्। कारण पहिलो पुस्तकले परमेश्वर र ख्रीष्टले हाम्रो निम्ति गरिदिनुभएका कुराहरूको निम्ति उहाँहरूमाथि विश्वास गर्नेहरूको मूल्याङ्कन अझ बढाउँछ भने दोश्रो पुस्तकले परमेश्वरको अस्तित्वको बलियो प्रमाण प्रदान गर्छ र विकासवाद किन सत्य हुन सक्दैन भनी स्पष्टसित देखाउँछ। तसर्थ दुवैले बाइबल, परमेश्वरको वचन हो भनी हाम्रो भरोसालाई बढाउँछ। येशूको जीवन तथा सेवकाईबाट परमेश्वरलाई चिन्न सकिन्छ साथै विकासवादले नभई सृष्टिले यहोवाको आदर गर्छ भनी सबैले थाहा पाएको हामी निस्सन्देह चाहन्छौं।
२ सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्न यहाँ एउटा सरल, सोझो प्रस्तुति छ।
घरधनीलाई अभिवादन गरिसकेपछि तपाईं सोध्न सक्नुहुन्छ:
▪“अधिकांश मानिसहरू जस्तै के तपाईं पनि येशू ख्रीष्ट एक ऐतिहासिक व्यक्ति र असल मानिस हुनुहुन्थ्यो भनी विश्वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने के तपाईं उहाँको जीवन र शिक्षाहरूबारे अझ बढी सिक्न चाहनुहुन्छ? येशूले सिकाउनुभएका र गर्नुभएका कामबारे बाइबलले के भन्छ, त्यो स्पष्ट अनि बुझ्न सकिने ढङ्गमा यस पुस्तकले वर्णन गर्छ। यो पुस्तक हामी चन्दास्वरूप रु. ४० मा मानिसहरूलाई दिंदैछौं।”
३ अथवा आफ्नो परिचय दिइसक्नुभएपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“येशू ख्रीष्टले सिकाउनुभएका कुराहरूबारे शायद तपाईंलाई केही थाहा छ होला। तर येशूको जीवन र सेवकाईलाई हामीले गहिरिएर हेर्नुपर्छ भनी बाइबलले सिकाउनाको कारण के तपाईंलाई थाहा थियो? [हिब्रू १२:२ पढ्नुहोस्।] किनभने पितासम्म पुग्ने एक मात्र बाटो उहाँ हुनुहुन्छ भनी येशू आफैले सिकाउनुभयो र उहाँ तथा उहाँको पिताबारे सही ज्ञान प्राप्त गरेर मात्र एक जना व्यक्तिले अनन्त जीवन पाउन सक्छ। [यूहन्ना १४:६ अथवा १७:३ देखाउनुहोस्।] त्यस्तो जीवनदायी ज्ञान प्राप्त गर्न तपाईंलाई यस पुस्तकले मदत दिनेछ।
४ क्रिएशन पुस्तक प्रस्तुत गर्दा तपाईं यसो भन्न सक्नुहुन्छ:
▪“तपाईंको विचारमा हाम्रा प्रथम पुर्खाहरूको रूप कस्तो थियो होला? [जवाफ दिन समय दिनुहोस्।] के तिनीहरू यो ‘वनमान्छे’ जस्तो देखिन्थे होला? [क्रिएशन पुस्तकको पृष्ठ ८३ पल्टाउनुहोस्।] बाइबलले प्रेरित १७:२६ मा के भन्छ हेर्नुहोस् त। [पढ्नुहोस्।] त्यसो भए, ‘वनमान्छेहरू’ का चित्रहरू कुन कुरामा आधारित छन्?” पृष्ठ ८९ को पृष्ठ मुनिको उपशीर्षकमा ध्यानाकर्षण गर्नुहोस्। पुस्तकबाट उपरोक्त प्रश्नको जवाफ पाएर लाभ उठाउन सक्नुहुन्छ भनी घरधनीलाई भन्नुहोस्।
५ अर्को तरिका “क्रिएशन” पुस्तकको आवरण पृष्ठ देखाएर यसो भन्न सक्नुहुन्छ:
▪“आज हामी आफ्ना छिमेकीहरूलाई यो प्रश्न गर्दैछौं, मानिस यहाँ कसरी आयो? विकासवाद अथवा सृष्टिबाट? तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] उच्च शिक्षा हासिल गर्ने धेरै व्यक्तिहरूले विकासवादलाई तथ्य भनी स्वीकारे तापनि अरू थुप्रै शिक्षित व्यक्तिहरू त्यसलाई विश्वास गर्दैनन्। एक भूतपूर्व अन्तरिक्ष यात्रीको निष्कर्षलाई ध्यान दिनुहोस्। [पृष्ठ १२२-३ का बुँदाहरू प्रकाश पार्नुहोस्।] विकासवाद अथवा सृष्टिमध्ये कुनमा विश्वास गर्ने हो भनी हामीले व्यक्तिगत तवरमा प्रमाणहरू जाँच गर्नुपर्छ।” घरधनीले पुस्तक स्वीकारेमा अर्को भेटमा जवाफ दिन एउटा प्रश्न सोध्नुहोस्।
६ हाम्रो सृष्टिकर्त्ता र आफ्नो सृष्टिप्रति उहाँको मायालु उद्देश्यबारे अद्भुत सत्यहरू अरूलाई सिक्ने मदत दिन के तपाईं तिर्सना गर्नुहुन्छ? सबैभन्दा महान पुरुष र क्रिएशन पुस्तकले त्यसो गर्न तपाईंलाई मदत दिन सक्छ। उहाँका कार्यहरूको गुनगान गाएर अनि आफ्नो नाउँ पवित्र पार्ने र ख्रीष्टको राज्यद्वारा मानवजातिलाई आशिष दिने उहाँको अद्भुत उद्देश्य प्रकट गरेर ती पुस्तकहरूले हाम्रो महान सृष्टिकर्त्ता, सर्वसत्ताधारी प्रभु यहोवाको आदर गर्छ।