चासोलाई जगाउने प्रस्तुतीकरणहरू
१ क्षेत्र सेवकाईमा भेट हुने मानिसहरू प्रति हामीले सधैं नै एउटा न्यानो, व्यक्तिगत चासो प्रकट गर्नु पर्छ। कुनै पनि विषय बारे तिनीहरूको विचार सोध्दा हामीले तिनीहरूको दृष्टिकोणको कदर गरेको हुनेछ। हामीले प्रस्तुत गर्ने विषयहरू र उठाएका प्रश्नहरूले तिनीहरूलाई उत्प्रेरित पार्न सक्छ तथा परमेश्वर र मानवजातिको लागि उहाँको उद्धेश्यको विषयमा अझ सिक्ने इच्छा तिनीहरूमा जगाउन सक्छ।
२ जीवन—यहाँ कसरी आयो? विकास अथवा सृष्टिद्वारा? [Life—How Did It Get Here? By Evolution or by Creation? नेपालीमा उपलब्ध छैन।] पुस्तक हामीले अक्टोबर महिनामा प्रस्तुत गर्ने छौं र सृष्टिको सत्यता तर्फ मानिसहरूको ध्यान आकर्षित गर्ने छौं। व्यक्तिगत रूपमा यो प्रकाशनको पुनःरावलोकन गर्नु होस्। साथै, समय लगाएर खास-खास बुँदाहरू रोज्नु होस् जसलाई तपाईंले विशेष महत्त्व दिन सक्नु हुने छ। सृष्टि पुस्तकमा दिइएको जानकारीको छलफल गर्नु हुँदा, यसलाई खोलेर घरपट्टीको हातमा थमाइ दिनु होस्। खास-खास विषयहरू तथा चित्रहरूलाई औंलाउनु होस्। यो आकर्षक प्रकाशनको अभिमोललाई उत्साहका साथ प्रदर्शित गर्नु होस्।
३ आफ्नो परिचय न्यानो भाव साथ दिएपछि, तपाईं यसो भन्न सक्नु हुन्छ:
◼ “यो आधुनिक र वैज्ञानीक संसारमा, हामीलाई तथा हामी बसिरहेका यो सुन्दर पृथ्वी बनाउनु हुने एक जना परमेश्वर हुनु हुन्छ भनी विश्वास गर्नु के तर्कयुक्त छ र? [प्रत्युत्तर दिने समय दिनु होस्।] यो पृथ्वी र सम्पूर्ण ब्रह्माण्डको विशालता एवं विचित्रतालाई विचार गर्दा, हामी यसमा भएको व्यवस्था र सौन्दर्य देखेर प्रभावित हुन्छौं। सृष्टिकर्ताको अस्तित्वबारे यो नै एउटा प्रमाण हो। होइन र? यस विषयमा बाइबलको तर्कमाथि ध्यान दिनु होस्। [हिब्रु ३:४ पढी दिनु होस्।] निश्चय नै, प्रत्येक भवनको एउटा नक्शाकार तथा निर्माणकर्ता हुन्छ। [सृष्टि पुस्तक झिक्नु होस् तथा पृष्ट ११४-को चित्र पल्टाउनु होस्।] हाम्रो ब्रह्माण्डले हामीमा कस्तो भय र श्रद्धाको भाव जगाउँदछ! तपाईंको विचारमा के यो आफसे आफ बन्न सक्यो होला?” तब पृष्ठ १२२ पल्टाउनु होस् तथा एउटा घडीको चित्रमनि दिएको शीर्षक पढी दिनु होस्। पृष्ठ १२७-को चित्र तथा शास्त्रपद्यलाई पनि उपयोग गर्न सकिन्छ। रीʹजनइङ् पुस्तकको पृष्ठ ८४-८ मा अरू थप मद्दतकारी बुँदाहरू पाउन सकिन्छन्।
४ अथवा तपाईं भन्न सक्नु हुन्छ:
◼ “मानवजातिलाई यस पृथ्वीमा साँचो सुख र शान्ति प्राप्त गर्नका लागि, तपाईंको विचारमा कुन कुरा आवश्यक छ? [प्रत्युत्तर दिने समय दिनु होस्।] बाइबल भन्दछ कि हामीले परमेश्वरको डर मान्नु पर्छ तथा उहाँलाई स्वर्ग र पृथ्वीका सृष्टिकर्ता स्वीकार्नु पर्छ।” प्रकाश १४:७ पढेर सृष्टि पुस्तकको पृष्ठ १४० र १४१ पल्टाउनु होस्, र सम्भवतः २४ र २५ अनुच्छेदहरू पढनु होस्। यो पृथ्वी मानवलाई बसोबासो गर्नका निम्ति बनाइएको हो भन्ने विवरण यी अनुच्छेदहरूमा दिएको छ। घरपट्टीको चासोबाट अझ कुराकानी गर्न मनासिब देखिन्छ भने अध्याय १९ पल्टाउनु होस् र यो पार्थिव प्रमोदवन अब चाँडै नै एउटा वास्तविकता कसरी हुने छ भनेर व्याख्या गर्नु होस्।
५ एक जना सृष्टिकर्ताको अस्तित्व बारे घरपट्टीले सन्देह व्यक्त गर्छन् भने, तपाईं भन्न सक्नु हुन्छ:
◼ विशेष गरी, संसारमा भइरहेको दुःख कष्टलाई हेर्दा, धेरै मानिसहरूले तपाईंले झैं विचार गर्दछन्। एक जना परमेश्वर हुनु हुन्छ भने, उहाँले दुःखकष्टलाई किन रही रहन दिनु हुन्छ? के यसको कुनै जायज कारण हुन सक्छ होला कि?” तपाईंले छलफल जारी राख्नका लागि सृष्टि पुस्तकको अध्याय १६-लाई प्रयोग गर्न सक्नु हुन्छ। तर यो तिनको प्रत्युत्तरमा भर पर्ने छ। वा तिनले सीमित चासो देखाएर मात्र सुन्छन् भने, सेप्टेम्बर् १५, १९९२ प्रहरीधरहरा-को अङ्ग्रेजी संस्करणबाट “असल मानिसहरूलाई दुःखकष्ट किन भोग्नु परेको?” भन्ने लेखमा उल्लेखित् एक दुइवटा विशेष बुँदाहरू माथि ध्यान केन्द्रित गर्नु होस्। यस प्रश्नको लागि थप मद्दतकारी उत्तरहरू रीʹजनइङ् पुस्तकको पृष्ठ ३९९-४०० मा पाउन सकिन्छ। कहिले काहीं त बाइबलमा तपाईं किन विश्वास गर्न सक्नु हुन्छ? पर्चा छोडेर जानु पनि उचितै हुन सक्छ।
६ हाम्रो उद्देश्य राज्य समाचारमा चासो जगाउनु मात्र नभएर बाइबल अध्ययनहरू थाल्नु पनि हो। सृष्टिको सत्यताको विषयमा स्पष्टिकरण दिने तथा हाम्रा महान सृष्टिकर्ताको आदर गर्ने यो सुन्दर र विवरणयुक्त पुस्तक पाएकोमा हामी धेरै नै प्रसन्न छौं! हामीले अक्टोबरको महिनामा निष्कपट-हृदयका जत्ति पनि मानिसहरू सित भेट गर्ने छौं, ती सबैमा चासो जगाउनका लागि यो पुस्तकलाई हामी सम्पूर्णतया प्रयोग गरौं।