प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 जुलाई p. १
  • ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • घर-घरको साक्षीकार्य
    हाम्रो राज्य सेवकाई—२००६
  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • ढिलासुस्ती नगरी सुसमाचार घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 जुलाई p. १

ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने

१ पुरातन इस्राएलमा दिनहुँ बलिहरू चढाइन्थे। (प्रस्थ. २९:३८-४२) वेदीको आगो बलिरहेको हुन्थ्यो; त्यसबाट माथि उड्‌ने धूवाँ, यहोवालाई आनन्दित तुल्याउने “मीठो बास्ना” थियो। (प्रस्थ. २९:१८) आज, हामीलाई “स्तुतिको बलिदान परमेश्‍वरलाई” चढाउन आग्रह गरिएको छ, “जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) व्यवस्थामा निर्दिष्ट गरिएका बलिदानहरूको सट्टा ढिलासुस्ती नगरिकन यहोवाको प्रशंसा गरेर हामी उहाँको उपासना गर्छौं।—यशै. ४३:२१; प्रे. ५:४२.

२ यस पृथ्वीमा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान साक्षी, येशू ख्रीष्टले प्रशंसाका बलिदानहरू चढाएर शुद्ध उपासना कसरी गर्नुपर्छ भनी हामीलाई सिकाउनुभयो। आफ्ना चेलाहरूले प्रचार गर्ने समाचारको महत्त्वबारे उहाँले सिकाउनुभयो। मानिसहरूलाई सुसमाचार सुनाउने सबैभन्दा प्रभावकारी तरिका तिनीहरूलाई घरमा भेटेर व्यक्‍तिगत तरिकामा कुरा गर्नु हो भनी उहाँलाई थाहा थियो। (मत्ती १०:७, १२) अतः घर घर गएर प्रचार गर्ने उहाँको ईश्‍वर प्रेरित निर्देशन प्रेरितहरूले पालन गरेको हामी पाउँछौं।—प्रे. २०:२०.

३ आज पनि त्यही कुरा लागू हुन्छ। येशूका चेलाहरू हुनाकारण साँचो मसीहीहरूले उहाँको उदाहरण अनुसरण गरेर घर घर गएर सुसमाचार सुनाइरहेका छन्‌। त्यसो गर्दा हाम्रो आलोचना गर्ने अथवा हामीलाई सतावट दिन सक्ने भए तापनि लाखौंले सत्य सिकिरहेका छन्‌ र वर्षेनी हजारौं नयाँ चेलाहरू ठूलो भीडमा सामेल भइरहेका छन्‌। यसले यहोवाको आफ्नो इच्छा पूरा गर्नुहुने तरिकाको प्रमाण दिन्छ। त्यसैकारण त हामी आफ्नो सेवकाईमा लागिरहन्छौं।

४ घर घर गएर प्रचार गर्नाको फाइदाहरू: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, . . . जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रे. १०:३४, ३५) हाम्रो इलाकाको प्रत्येक घरमा जानुले निष्पक्षता देखाउँछ र सबैले नियमित तवरमा राज्यको समाचार सुन्‍ने मौका पाउँछन्‌। त्यसले गर्दा ग्रहणशील मानिसहरूले आफ्नो व्यक्‍तिगत आवश्‍यकताअनुरूप वैयक्‍तिक मदत पाउँछन्‌।

५ जवानहरू, वृद्धहरू र नयाँ व्यक्‍तिहरू लगायत लगभग सबै प्रकाशकहरूले घर-घरको सेवामा भाग लिन सक्छन्‌। यसप्रकार हरेकले “मुक्‍तिको निम्ति जनसमक्ष घोषणा” गर्न सक्छन्‌। (रोमी १०:१०, न्यु व.) घर-घरको सेवकाईमा अरूसित भाग लिंदा हामी प्रेम र एकताको बन्धनमा बाँधिन्छौं। साथै, भावशून्यता अथवा विरोध सामना गर्नुपर्दा हामीले सहनशीलता देखाउने मौका पाउँछौं। विश्‍वासको आम प्रदर्शनको कारण हामी “तमाशा” बन्छौं जसले गर्दा बाइबल सिकाउने हाम्रो व्यवस्थित प्रबन्ध छ र तिनीहरूले पनि यसबाट लाभ उठाउन सक्छन्‌ भनेर सोझा व्यक्‍तिहरूले बुझ्न सक्छन्‌। (१ कोरि. ४:९) घर-घरको प्रचार कार्यलाई यहोवाले आशिष्‌ दिइरहनुभएको छ र उहाँको शुद्ध उपासनाको “भवन” मा ठूलो भीड जम्मा गर्न यो सेवकाई प्रयोग गरिरहनुभएको छ भनेर सबै कुराले स्पष्ट देखाउँछ।—यशै. २:२-४.

६ अहिले, मानिसहरूले राज्यको समाचार सुन्‍नु निकै महत्त्वपूर्ण छ। यहोवाले पुग्यो नभन्‍नु भएसम्म हामी ढिलासुस्ती नगरिकन घर-घर गएर प्रचार गरि नै रहौं। (यशै. ६:११) त्यसो गऱ्‍यौं भने, यस अन्तको समयमा महत्त्वपूर्ण र फाइदाजनक घर-घरको सेवकाईमा भाग लिंदा प्राप्त हुने आनन्दको आशिष्‌ उठाउनेछौं।—१ कोरि. १५:५८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने