प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 सेप्टेम्बर p. १२
  • घर-घरको साक्षीकार्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घर-घरको साक्षीकार्य
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • खुल्लमखुल्ला र घरघरमा सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • घर-घरको प्रचार—अहिले किन महत्त्वपूर्ण?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • ढिलासुस्ती नगरिकन घर घरको सेवकाई गर्ने
    हाम्रो राज्य सेवकाई—१९९४
  • साँझको प्रचारकार्यमा भाग लिन सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 सेप्टेम्बर p. १२

घर-घरको साक्षीकार्य

१. घर-घरको सेवकाईको सन्दर्भमा कस्तो प्रश्‍न उठ्‌न सक्छ र किन?

१ “सच्चाइबारे अरूलाई बताउने सबैभन्दा प्रभावकारी तरिका घर-घरको प्रचारकार्य नै हो भनी मिलेनियल डन (सहस्रवर्षीय प्रभात) पुस्तक वितरण गर्दा प्रमाणित भएको छ र यस कुरामा अन्य विभिन्‍न तरिका चलाएर सुसमाचार प्रचार गर्ने अनुभवी भाइबहिनीहरू पनि सहमत हुनेछन्‌।” जुलाई १, १८९३ अंकको जायन्स्‌ वाचटावर-मा भनिएको उक्‍त कुराले घर-घरको सेवकाईको महत्त्वलाई प्रकाश पार्छ। घर-घरको प्रचारकार्यलाई संसारभरिकै मानिसहरूले यहोवाका साक्षीहरूको चिनारीको रूपमा लिन्छन्‌। तर कतिपय मुलुकमा मानिसहरूलाई घरमा भेट्टाउन झन्‌ झनै गाह्रो हुँदै गएकोले यस्तो प्रश्‍न उठ्‌न सक्छ: घर-घरको साक्षीकार्य अझै प्रभावकारी छ र?

२. घर-घरको साक्षीकार्य पछाडि कस्तो धर्मशास्त्रीय आधार छ?

२ धर्मशास्त्रीय र महत्त्वपूर्ण: घर-घरको साक्षीकार्य गर्नु पछाडि धर्मशास्त्रीय आधार छ। येशूले आफ्ना ७० जना चेलाहरूलाई मानिसहरूको घरमा दुई-दुई जना गरी जान निर्देशन दिनुभयो। (लूका १०:५-७) येशूको मृत्यु भएको केही समय नबित्दै उहाँका चेलाहरूले के गरे, त्यसबारे बाइबलमा यसो भनिएको छ: “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरि. ५:४२) प्रेरित पावलले पनि जोसका साथ घर-घरमा गएर सिकाए।—प्रेरि. २०:२०.

३. घर-घरको साक्षीकार्यका केही फाइदाहरू बताउनुहोस्‌।

३ आजसम्म पनि घर-घरको साक्षीकार्य सुसमाचार फैलाउने एउटा महत्त्वपूर्ण तरिका हो। यस तरिका अपनाएर हामी योग्य व्यक्‍तिहरूलाई व्यवस्थित ढंगमा ‘खोज्न’ सक्छौं। (मत्ती १०:११, NRV) मानिसहरू घरैमा हुँदा अक्सर राम्रो मुडमा हुन्छन्‌। उनीहरूसित आमनेसामने कुरा गर्दा उनीहरूको सोर सुन्‍न सक्छौं, अनुहारको भाव पढ्‌न सक्छौं साथै वरपरको कुरा पनि याद गर्न सक्छौं जसले गर्दा हामी उनीहरूको चासो र चिन्ताको विषय थाह पाउन मदत पाउँछौं। यसो गर्दा अक्सर हामी लामो कुराकानी गर्ने मौका पाउँछौं।

४. घर-घरको साक्षीकार्य हामी कसरी अझै प्रभावकारी बनाउन सक्छौं?

४ छाँटकाँट गर्नुहोस्‌: प्रेरित पावल “सुसमाचारको खातिर” छाँटकाँटहरू गर्न इच्छुक थिए। (१ कोरि. ९:२३) मानिसहरूलाई भेट्‌न अक्सर उनीहरू घरमा हुने समय जस्तै: साँझपख, सप्ताहन्त वा छुट्टिको दिन प्रचारकार्यमा जान आफ्नो तालिकामा छाँटकाँट गर्न सक्छौं। घरमा नभेटिएकाहरूको रेकर्ड राख्नुहोस्‌ र हप्ताको कुनै अर्को दिन वा त्यही दिनको अर्को कुनै समयमा भेट्‌ने प्रयास गर्नुहोस्‌।

५. स्वास्थ्य समस्या भएकाहरूलाई घर-घरको साक्षीकार्यमा कसरी सामेल गराउन सकिन्छ?

५ स्वास्थ्य समस्या भएकाहरूले समेत घर-घरको प्रचारकार्यमा भाग लिन सक्छन्‌। स्वास्थ्य समस्या भएका भाइबहिनीहरूलाई उनीहरू जान सजिलो हुने घरहरूमा लान सकिन्छ र उनीहरूलाई छिट्‌छिटो हिंडाउनु हुँदैन, उनीहरूको अवस्थाअनुसार हिंड्‌न दिनुपर्छ। स्याँस्याँ हुने समस्या भएकी एउटी बहिनीले एउटा घरमा प्रचार गरेको आधा घण्टापछि मात्र अर्को घरमा प्रचार गर्न सक्थिन्‌। तैपनि, साक्षीकार्यमा तिनलाई पनि सामेल गरेकोमा तिनी अत्यन्तै हर्षित र सन्तुष्ट भइन्‌!

६. घर-घरको साक्षीकार्यलाई हामीले किन आफ्नो सेवकाईको एउटा नियमित भाग बनाउनुपर्छ?

६ घर-घरको साक्षीकार्यमा थुप्रै भेडाखाले व्यक्‍तिहरू भेटिरहेका छन्‌। एक जना प्रकाशकले एउटा घरको ढोका ढकढक्याउँदा भित्रबाट यस्तो भनेको सुनियो: “भित्रै आउनुस्‌। मलाई तपाईंहरू को हो थाह छ। मलाई मदत गर्न कोही पठाइदिनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गर्दै थिएँ। त्यति नै बेला ढोका ढकढक्याएको सुनें। उहाँले मेरो प्रार्थना सुन्‍नुभयो र तपाईंहरूलाई पठाउनुभयो।” यहोवाले घर-घरको प्रचारकार्यमा आशिष्‌ दिइरहनुभएको छ भनी प्राप्त नतिजाहरूबाट प्रमाणित हुन्छ। (मत्ती ११:१९) घर-घरको साक्षीकार्यलाई तपाईंको सेवकाईको एउटा नियमित भाग बनाउन कटिबद्ध हुनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने